काठमाडौं– जापान, अमेरिका र दक्षिण कोरियाका विदेशमन्त्रीहरूले उत्तर कोरियाको पूर्ण आणविक निशस्त्रीकरणप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्। जापानी विदेशमन्त्री तोशिमित्सु मोतेगी, अमेरिकी विदेशमन्त्री मार्को रुबियो र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनले सोमबार न्युयोर्कमा भेटवार्ता गर्दै आ–आफ्ना प्रतिबद्धता दोहोर्याएका हुन्। संयुक्त राष्ट्रसंघको महासभा बैठक चलिरहेका बेला उनीहरूबीच भेटवार्ता भएको थियो। सो भेटमा उनीहरुले तीन देशबीचको सहकार्यलाई थप…