सुन्दरीघाटबाट पुनः पानी वितरण थालियो - Chaitanya News
  • 2026-05-04
  • 03:36:32
  • आइतबार,बैशाख २०, २०८३
  • सुन्दरीघाटबाट पुनः पानी वितरण थालियो

    सुन्दरीघाटबाट पुनः पानी वितरण थालियो

    काठमाडौँ– खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनपश्चात् काठमाडौँको कीर्तिपुरस्थित सुन्दरीघाटबाट आजदेखि खानेपानी वितरण पुनः को छ।

    गत असोज ११ र १२ गतेको अविरल वर्षासँगैको आएको बाढीका कारण मुहानसहित पाइपलाइन बगाएपछि खानेपानी वितरण कार्य अवरुद्ध बनेको थियो।

    ललितपुरको नख्खु खोलाको पानी बिहीबार सुन्दरीघाटको पानी प्रशोधन केन्द्रमा ल्याइएपछि आजदेखि पुनः खानेपानी वितरण कार्य सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेल०का त्रिपुरेश्वर शाखाले जनाएको छ।

    उक्त पानी आजदेखि बल्खु, टेकु, सबल बहाललगायतका क्षेत्रमा वितरण गरिने छ।

    केयुकेएलका अनुसार शनिबारदेखि तोकिएको तालिकाअनुसार पानी वितरण हुने छ। गत असोज दोस्रो साता आएको बाढी तथा पहिरोले मुलुकभर पाँच सय २५ खानेपानी आयोजनामा क्षति पुर्‍याएको थियो।