प्रदेश सभाको १०० मत पत्र भेटिएकोले उदयपुर–१ मा मतगणना रोकियो - Chaitanya News
  • 2026-04-27
  • 09:20:31
  • सोमबार,बैशाख १४, २०८३
  • प्रदेश सभाको १०० मत पत्र भेटिएकोले उदयपुर–१ मा मतगणना रोकियो

    उदयपुर– उदयपुर १ को मतगणना रोकिएको छ। गणनाको क्रममा पछिल्लो पटक खोलिएको १० वटा मतपेटिकामा उदयपुर १ (२) प्रदेश सभाको १०० मत पत्र भेटिएकोले गणना रोकिएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए।

    उनका अुनसार ६३ हजार ८० मत गणना भैइसकेपछि थप गणनाको लागि १० वटा मतपेटिका खोल्दा प्रदेशसभाको मतपेटिका भेटिएपछि दलहरुले गणना रोक्न माग गर्दै अवरुद्ध गरेका हुन्।

    उनले दिउँसो सवा ४ बजे सर्वदलीय बैठकपछि मतगणना सुरू हुने बताए।

    कुल ७६ हजार ७५६ मत खसे उदयपुर(१ मा ६३ हजार ८० मत गणना भैइसकेको छ। गणना भैइसकेकोमा काग्रेसका डाक्टर नारायण खडकाले १ हजा ८२५ मतले अग्रता लिएका छ्न्।

    खडकाले २७ हजार ४८४ मत प्राप्त पाएका छन् भने एमालेकी मन्जु कुमारी चौधरिले २५ हजार ६५९ ल्‍याएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ।

    हेर्नुहोस् मुख्‍य निर्वाचन कार्यालयको सूचना