काठमाडौँ– नेपालको राष्ट्रिय पहिचान भनेको झन्डा हो। हरेक सरकारी कार्यालयमा झन्डा फहराउने गरिन्छ। झन्डा सफा सुग्घर राख्नु सबैको कर्तव्य हुन्छ।
च्यात्तिएको झन्डा राख्न पाइँदैन। तर, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भने च्यात्तिएकै झन्डा राखिएको छ। पुरानो भएर झन्डाको रङ्ग समेत खुइलिएको छ भने झन्डाको किनारा सबै च्यात्तिएको छ। तर पनि मन्त्रालयले झन्डा फेर्न सकेको छैन । सिंहदरबारभित्र श्रम मन्त्रालयको बिच भागमा राखिएको झन्डा टाढैबाट प्रस्टै देखिन्छ।
तर, मन्त्री, सचिव लगायतका कर्मचारीले भने च्यात्तिएको झन्डा फेर्न भने सकेका छैनन्। मन्त्रालय प्रवेश गर्दा टाढैबाट च्यात्तिएको झन्डा प्रस्ट देखिन्छ। दिनमा सयौँ पटक ओहोरदोहोर गर्ने मन्त्रालयका अधिकारीहरूले झन्डा च्यात्तिएको देखेका छैनन्।