आज पाँच प्रदेशका पहाडी भागका केही स्थानमा वर्षा हुने - Chaitanya News
  • 2026-11-20
  • 08:03:14
  • शुक्रबार,मंसिर ०५, २०८३
  • आज पाँच प्रदेशका पहाडी भागका केही स्थानमा वर्षा हुने

    आज पाँच प्रदेशका पहाडी भागका केही स्थानमा वर्षा हुने

    काठमाडौँ– हाल देशभर पश्चिमी वायु र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मधेसका साथै लुम्बिनी प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रहेको बताएको छ। देशका बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ।

    विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा आंशिक बदली हुने छ। गण्डकी, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    त्यसैगरी आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भेगमा मौसम सफा रहने छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।