चुनाव जितेपछि मतदातालाई धन्यवाद दिन घरघरमा पुगे नवराज लामिछाने - Chaitanya News
  • 2026-06-15
  • 02:26:52
  • आइतबार,जेठ ३१, २०८३
  • चुनाव जितेपछि मतदातालाई धन्यवाद दिन घरघरमा पुगे नवराज लामिछाने

    चुनाव जितेपछि मतदातालाई धन्यवाद दिन घरघरमा पुगे नवराज लामिछाने

    कपिलवस्तु– कपिलवस्तु–२ (१) बाट प्रदेश सभा सदस्य निर्वाचित नेकपा एमालेका नवराज लामिछाने (भुपाल) मतदातालाई धन्यवाद दिन पुगेका छन। निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन लामिछाने गाउँगाउँमा पुगेका छन।

    उनी आफ्नो निर्वाचन क्षेत्रका विभिन्न गाउँमा पुग्दै आफुलाई विश्वास गरेर विजयी बनाएकोमा धन्यवाद दिएका छन। साथै उनले चुनाव प्रचारका क्रममा गरेका प्रतिवद्धता पूरा गर्ने बताए। उनले चुनाव प्रचारका क्रममा मतदाता संग बोलेको कुरा पूरा गर्न पछि नहट्ने प्रतिवद्धता गर्दै सधैभर जनताको सेवामा तत्पर रहेने बताए।