काठमाडौँ– अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैँको टीकाको साइत सार्वजनिक गरेको छ ।
विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीबाट विजया दशमी टीकाको साइतबारे जिज्ञासा राखिएकाले विजया दशमी २०८१ को शुभसाइत सार्वजनिक गरिएको समितिका सदस्य सचिव लक्ष्मण पन्थीले जानकारी दिए ।
समितिले दिएको साइतअनुसार नेपालको काठमाडौँका लागि असोज २६ गते बिहान ११ः ३६ बजेको साइत शुभ रहेको छ । यसैगरी देहली भारतका लागि १२ अक्टोबर बिहान ११ः४२, न्यूयोर्क अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः ०१, फ्याङ्कफर्ट केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः ३९, वोवेन्स्वोरोक, केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान ०९ः ४५, टेक्सास, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः ०५, वासिङ्टन डिसी, अमेरिकाका लागि ०९ः ५५, क्यालिफोर्निया, अमेरिकाका लागि ०९ः ३९ बजेको समय शुभ रहेको समितिले जनाएको छ ।
यसैगरी टोरन्टो, क्यानडाका लागि १२ अक्टोबर बिहान १०ः १५, भ्यानकुभर, क्यानडाका लागि १२ अक्टोबर बिहान १०ः २७ बजेको साइत उत्तम रहेको सदस्य सचिव पन्थीले बताए । टोकियो, जापानका लागि १३ अक्टोबर बिहान ११ः ३५, सिड्नी, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः २१, मेलबर्न अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः २७, ब्रिसवेन, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः २९, क्याबेरा, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः १५, वेलिङ्टन, न्युजिल्याण्डका लागि १३ अक्टोबर ११ः २५ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष डा माधव भट्टराईले जानकारी दिए ।
लिस्बन, पोर्चुगलका लागि १२ अक्टोबर बिहान १०ः २४, लण्डन, बेलायतका लागि १२ अक्टोबर बिहान १०ः २१, पेरिस, फ्रान्सका लागि १२ अक्टोबर बिहान १०ः २३, ओस्लो, नर्वेका लागि १२ अक्टोबर बिहान १०ः १९, क्वालालम्पुर, मलेसियाका लागि १२ अक्टोबर बिहान ११ः ५७, अबुधावी, युनाइटेड अरब इमिरेट्सका लागि १२ अक्टोबर बिहान ११ः ४५, दोहा, कतारका लागि १२ अक्टोबर बिहान ११ः ०५, बैंकक, थाइल्याण्डका लागि १२ अक्टोबर बिहान ११ः २१, सियोल, दक्षिण कोरियाका लागि १३ अक्टोबर बिहान ०९ः १५, तेल अभिभ इजरायलका लागि १२ अक्टोबर बिहान ०९ः १६, सिङ्गापुरका लागि १२ अक्टोबर बिहान ११ः४५, हङ्कङ्का लागि १३ अक्टोबर बिहान ११ः ४३, साउदी अरेबियाका लागि १२ अक्टोबर बिहान ११ः २३, याङ्गुन, म्यानमारका लागि १२ अक्टोबर बिहान ११ः२१, जेनेभा, स्वीट्जरल्याण्ड १२ अक्टोबर बिहान ११ः ५५ र माल्टामा १२ अक्टोबर बिहान १०ः ४५ बजे विजयादशमीको टीका लगाउन उत्तम रहेको समितिका सभापति भट्टराईले बताए ।
वैदिक सनातन हिन्दू धर्मावलम्बी विश्वभर फैलिएका र ती देशमा नेपालीको सङ्ख्या पनि बढेर दसैँको साइत माग भएपछि समितिले निर्णय गरेको उनले बताए ।