विजयादशमीको कुँन – कुँन प्रदेशमा छ वर्षाको सम्भावना - Chaitanya News
  • 2026-05-04
  • 04:24:52
  • आइतबार,बैशाख २०, २०८३
  • विजयादशमीको कुँन – कुँन प्रदेशमा छ वर्षाको सम्भावना

    विजयादशमीको कुँन – कुँन प्रदेशमा छ वर्षाको सम्भावना

    काठमाडौँ– आज कोशी प्रदेश लगायत मधेस प्रदेशको अधिकांश भू–भाग र बागमती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ। देशको बाँकी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

    कोशी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।