फूलपातीदेखि विजयादशमीसम्मको मौसम,कहाँ–कहाँ छ वर्षाको सम्भावना ? - Chaitanya News
  • 2026-05-04
  • 04:24:53
  • आइतबार,बैशाख २०, २०८३
  • फूलपातीदेखि विजयादशमीसम्मको मौसम,कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

    फूलपातीदेखि विजयादशमीसम्मको मौसम,कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

    काठमाडौँ– जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले फूलपातीदेखि विजयादशमीसम्मको तीन दिनको मौसम पूर्वानुमान गरेको छ।

    बुधबार मध्याह्न १२ बजे दसैँ विशेष बुलेटिन जारी गर्दै महाशाखाले असोज २४ गते फूलपाती, २५ गते नवमी र २६ गते विजयादशमीका दिन कोशी प्रदेश र मधेस प्रदेशसहित बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने जनाएको छ।

    यस्तै कोशी प्रदेश र मधेस प्रदेशका थोरै स्थानहरूका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने जनाएको छ।

    बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ। साथै उक्त दिनहरूमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्यूनतम तापक्रम सरदर भन्दा थोरै घट्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

    महाशाखाले यससम्बन्धी आवश्यक जानकारी क्रमशः अद्यावधिक गरिँदै जाने पनि बुलेटिनमा उल्लेख गरेको छ।