1. सुर्यबाट नजिक रहेको ग्रह बुध हो भने । पृथ्वीको सबैभन्दा नजिकको ग्रह कुन हो ?
A. वरुण B. वृहस्पति C. शुक्र D. शनि
2. उल्का र उल्कापिण्डका सम्बन्धमा तलका भनाईहरु विचार गर्नुहोस् ।
१. उल्का वायुमण्डलमा नै विलिन हुन्छ ।
२. उल्का पिण्ड पृथ्वीको सतह सम्मै आईपुग्छ ।
३. उल्का सानो र उल्का पिण्ड ठुलो हुन्छ ।
४. उल्का पिण्ड ३ प्रकारको हुन्छन ।
उपरोक्त भनाई मध्ये सही भनाई कुन हो ।
A. १ र २ ठिक B. ३ र ४ ठिक C. १ र ४ ठिक D. सबै ठिक
3.RIBA International Prize निम्न मध्ये कुन सँग सम्बन्धित छ ?
A. ईन्जिनियरिङ B. खेलकुद C. साहित्य D. संगीत
4. प्रसिद्ध वैज्ञानिक अल्वर्ट आईन्सटाईनका सम्बन्धमा तलका भनाई विचार गर्नुहोस् ।
१. जन्म फ्रान्समा भएको हो ।
२. सन् १९२१ मा नोबेल पुरस्कार पाएका थिए ।
३. मुत्यु संयुक्त राज्य अमेरिकामा भएको थियो ।
माथिका भनाई मध्ये सही भनाई कुन हो ।
A. सबै ठिक B. १ र २ मात्र C. २ र ३ मात्र D. १ र ३ मात्र
5. जोडा मिलाउनुहोस् ।
a. वायरलेस 1. जोन.जे.लाउड
b. पोलियो भ्याक्सियन 2. जे.प्रिष्ट
c. अक्सिजन 3. गुलिल्मो मार्कोनी
d. डटपेन 4. जोनास साल्क
A) a3,b4,c1,d2 B) a3,b4,c2,d1 C) a4,b3,c2,d1 D) a2,b1,c4,d2
6. मानव विकास प्रतिवेदन सन् २०२३/०२४ मा नेपाल कति औ स्थानमा रहेको छ ?
A. १४० औ B. १४२ औ C. १५० औ D. १४६ औ
7. बेलायतको पोलिटिकल अफ पब्लिक लाईफ अवार्ड २०२४ अन्तर्गत International मियर अवार्ड रेणु दाहाललाई कहिले प्रदान गरियो ?
A. सन् २०२४ मार्च ७ B. सन् २०२४ मार्च ६ C. सन् २०२४ मार्च ९ D. सन् २०२४ मार्च ११
8. कुनै विधयक अर्थ विधयक हो होईन भनी प्रश्न उठेमा त्यसको अन्तिम निर्णय कसले गर्दछ ?
A. राष्ट्रपति B. प्रधानमन्त्री C. सभामुख D. प्रधानन्यायधिश
9. समुह I र समूह II मा जोडा मिलाउनुहोस् र कोडबाट सहि उत्तर छान्नुहोस् ।
राजा काम
a. जगज्योती मल्ल 1. बज्रयोगिनीको रथ चलाउने
b. भूपतिन्द्र मल्ल 2. पञ्चाग्नी तापेर तपश्या गर्ने
c. सिद्धिनरसिंह मल्ल 3. तलेजु भवानी सँग पासा खेल्ने
d. सुर्य मल्ल 4. न्यातपोल मन्दिर निर्माण
A) a4,b1,c2,d3 B) a3,b4,c1,d2 C) a2,b3,c4,d1 D) a3,b4,c2,d1
10. निम्न मध्ये कुन नदिको पौराणिक नाम हेमगंगा हो ?
a. मस्र्याङदी b. त्रिशुली c. लिखु d. दुधकोशी
11. तलका भनाईहरु विचार गर्नुहोस् ।
१. सबैभन्दा होचो उपत्यका अरुण उपत्यका हो ।
२. गौरीशंकर हिमालको उचाई ७१३४ मिटर रहेको छ ।
३. अपि हिमालबाट उत्पति भएको नदी महाकाली हो ।
४. नेपालको सबैभन्दा लामो हिमनदी लाङटाङ हो ।
A. १ र २ ठिक B. ३ र ४ ठिक C. २ र ३ ठिक D. सबै ठिक
12. युरो मुद्रा प्रयोग नगर्ने यूरोपियन युनियनको सदस्य राष्ट्र कुन हो ?
A. बुल्गेरिया B. ग्रीस C. आयरल्याण्ड D. इटाली
13. काठमाडौँ डिल्लीबजारमा रहेको पाँचखाल अड्डा कसको पालामा स्थापना भएको थियो ?
A. भीमशमशेर B. पद्मशमशेर C. चन्द्रशमशेर D. देवशमशेर
14. हिन्दु, बौद्ध र इस्लाम धर्मवलम्बीको आस्थाको केन्द्र एडम्स पिक कुन देशमा छ ?
. जापान b. श्रीलंका c. इण्डोनेसिया d. भियतनाम
15. निम्न मध्ये कुन आयोजना जापानी सहयोगबाट बनेको होईन ?
A. काठमाडौँ बस टर्मिनल B. हेटौडा डिजेल पावर प्लान्ट
C. कान्ति बाल अस्पताल D. उद्यपुर सिमेन्ट कारखाना
16. कुसवाडिया जातिको मुल थलो तलका मध्ये कुन कुन जिल्ला हुन ?
A. मकवानपुर र चितवन B. बाँके र मकवानपुर
C. बाँके र बर्दिया D. बाँके र चितवन
17. नेपालको प्रमुख पदयात्रा मार्गहरुलाई पश्चिमदेखि पूर्वतर्फ मिलाउँदा तलका मध्ये कुन क्रम सही हुन्छ ।
1, मनास्लु सर्किट ट्रेक
2, अप्पर मुस्ताङ ट्रेक
3, लाङटाङ उपत्यका ट्रेक
4, अन्नपुर्ण सर्किट ट्रेक
A, 3-1-2-4 B) 3-1-4-2 C) 1-2-3-4 D) 4-2-1-3
18. टाईटनिक पानी जहाज सन् १९१२ मा कुन महासागरमा डुबेको थियो ?
A. प्रशान्त B. हिन्द C. आन्ध्र D. उत्तरी ध्रुवीय
19. जोडा मिलाउनुहोस् ।
देश राजधानी
a. अष्ट्रिया 1. जाग्रेव
b. क्रोसिया 2. दोहा
c. कम्बोडिया 3. न्होम्पेन्ह
d. कतार 4. भियना
A) a4,b3,c1,d2 B) a3,b1,c4,d2 C) a4,b1,c3,d2 D) a2,b1,c4,d3
20. स्टेप्स घाँसे मैदान कुन महादेशमा अवस्थित छ ?
a. उत्तर अमेरिका B. दक्षिण अमेरिका C. अफ्रिका महादेश D. युरोप
उत्तरहरुः
1. C 11. D
2. D 12. A
3. A 13. A
4. C 14. B
5. B 15. B
6. D 16. C
7. A 17. B
8. C 18. C
9. D 19. C
10. C 20. D
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100