1. एक गाउँ पोखरी अभियान कुन प्रदेशले सञ्चालन गरेको अभियान हो ?
A. मद्येश प्रदेश B. बागमती प्रदेश C. गण्डकी प्रदेश D. लुम्बिनी प्रदेश
2. मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना कुन जिल्लामा सञ्चालित छ ?
A. ललितपुर B. काभ्रेपलाञ्चोक C. सिन्धुपाल्चोक D. रसुवा
3. देहायका भनाई विचार गर्नुहोस् ।
१. नेपाल पछिल्लो पटक UNO को आर्थिक तथा सामाजिक परिषद् अंगको सदस्यतामा निर्वाचित भएको छ ।
२. भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने उर्जा सम्झौता २०२३ डिसेम्बर १८ मा गरेको हो ।
A. १ मात्र ठिक B. दुबै ठिक C. २ मात्र ठिक D. दुबै बेठिक
4. गिजाबाट रगत आउने समस्या कुन भिटामिनको कमिले हुन्छ ?
A) Vitamin ‘A’ B) Vitamin ‘B’ C) Vitamin ‘C’ D) Vitamin ‘D’
5. नेपालमा प्रतिव्यक्ति आय कति अमेरिकी डलर पुगेको छ
A. १४५६ अमेरिकी डलर B.१५५६ अमेरिकी डलर
C. १३५६ अमेरिकी डलर D.१२५६ अमेरिकी डलर
6. गजलकार प्रकट पङ्गेनीको निधन कहिले भयो ?
A. वि.सं. २०८१ जेठ ४ B. वि.सं. २०८१ जेठ १०
C. वि.सं. २०८१ बैशाख १० D. वि.सं. २०८१ बैशाख ४
7.Rule of Law Index 2023 मा नेपालको स्थान कतिमा रहेको छ ?
A) 71th B) 72th C) 36th D) 100th
8. आर्थिक वर्ष २०८१/८२ को बजेटले वित्तिय व्यवस्थातर्फ कति प्रतिशत रकम छुट्टाएको छ ?
A) 18.10% B) 18.94% C) 61.39 % D) 19.74%
9. देहायका भनाई विचार गर्नुहोस् ।
१.बेलायतका प्रथम अन्तरिक्ष यात्री एरियल हुन ।
२.पृथ्वीको सबैभन्दा नजिकको ग्रह शुक्र हो ।
३.प्रकाशको गति पत्ता लगाउने रोमर हुन ।
४.एक्सप्लोर – १ यान सन् १९५८ जनवरी ३१ मा अमेरिकाले पठाएको यान हो ।
माथि दिइएका भनाई कुन कुन ठिक छन ।
A. १ र २ मात्र B. २ र ३ मात्र C. १ र ३ मात्र D. सबै ठिक
10. एक अर्कोको ऐनामा देखिने प्रतिबिम्ब हुने आकार भएका महादेशहरु कुन कुन हुन ?
A. उत्तर अमेरिका र दक्षिण अफ्रिका B. एशिया र अफ्रिका
C. एशिया र युरोप D. अफ्रिका र दक्षिण अमेरिका
11.Morning and Evening star भनेर कुन ग्रहलाई चिनिन्छ ?
A. बृहस्पति B. बुध C. शुक्र D. शनि
12. नेपाली साहित्यमा धेरै श्लोक भएको ग्रन्थ चन्द्र युगु का लेखक को हुन ?
A. चन्द्र सायमी B. चन्द्र प्रपन्नाचार्य C. सुन्दरानन्द बाँडा D. चन्द्र प्रकाश न्यापाने
13. राष्ट्रिय जनगणना २०७८ प्रतिवेदन अनुसार सबैभन्दा कम जनसंख्या वृद्धिदर भएको जिल्ला कुन हो ?
A. भक्तपुर B. गोर्खा C. रामेछाप D. झापा
14. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
पर्वतमाला महादेश
a. आल्पस 1. युरोप
b. एण्डिज 2. अन्टर्कटिका
c. एट्लस 3. दक्षिण
d. एल्सवर्थ पर्वत 4. अफ्रिका
A) a1,b2,c3,d4 B) a1,b3,c4,d2 C) a1,b4,c3,d2 D) a2,b3,c4,d1
15. एशियामा १२ देश भूपरिवेष्ठित रहेका छन भने दक्षिण अमेरिकामा कति वटा देश भूपरिवेष्ठित छन ?
A. २ B. ५ C. ३ D. ६
16.’Land of first fir’ भनेर कुन टापुलाई चिनिन्छ ?
ब्A. ग्रीनल्याण्ड B. आईसल्याण्ड C. मडागास्कर D. न्यु फाउण्डल्याण्ड
17. निम्न देशहरु बारे विचार गर्नुहोस् ।
१. अष्टे«लिया २. ब्राजिल ३. चिली ४. नामिबिया
माथि उल्लेखित देश मध्ये कुन कुन देशलाई मकर रेखाले छोएर जान्छ ।
A. १ र २ मात्र B. ३ र २ मात्र C. सबै सहि D. १,२ र ४ मात्र
18. निम्नलिखित कथनहरुको बारेमा विचार गर्नुहोस् ।
१. बाझ,फ्लाट वनस्पति लेकाली जंगलमा पाईन्छ ।
२. चिलाउने, कटुसको वनस्पति समशितोष्ण पतझर जंगलमा पाईन्छ ।
३. काई र लेउ बिरुवाहरु टुण्ड्रा वनस्पति वनमा पाईन्छ ।
A. १ र २ मात्र ठिक B. २ मात्र ठिक C. २ र ३ मात्र ठिक D. सबै ठिक
19. भूगोलको ईतिहासमा नयाँ खोजको युगु भनी कुन शताब्दीलाई मानिन्छ ?
A. २१ औ शताब्दी B. २० औ शताब्दी C. १९ औ शताब्दी D. १८ औ शताब्दी
20. नेपालको पहिलो विशेष आर्थिक क्षेत्र (SEZ) कुन जिल्लामा सञ्चालनमा छ ?
A. मोरङ B. पर्सा C. बाँके D. रुपेन्दही
उत्तरहरुः
1. C 11. C
2. D 12. D
3. C 13. C
4. B 14. B
5. A 15. A
6. D 16. B
7. A 17. C
8. D 18. C
9. D 19. D
10. D 20. D
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100