आजदेखि मनसुन पुनः सक्रिय, यी २७ जिल्ला उच्च जोखिममा - Chaitanya News
  • 2026-07-17
  • 09:24:15
  • शुक्रबार,साउन ०१, २०८३
  • आजदेखि मनसुन पुनः सक्रिय, यी २७ जिल्ला उच्च जोखिममा

    आजदेखि मनसुन पुनः सक्रिय, यी २७ जिल्ला उच्च जोखिममा

    काठमाडौँ– आजदेखि मनसुन पुनः सक्रिय भएको छ । पूर्वदेखि पश्चिमसम्मै ठाउँ–ठाउँमा वर्षा गराउने बादल विकसित भइरहेकाले अबको केही दिन देशभर भारी वर्षा हुने संकेत देखिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    असोज १० गतेदेखि १२ गतेसम्म पूर्वदेखि पश्चिमसम्मका सबै जिल्ला वर्षाबाट प्रभावित हुनेछन्। सबैभन्दा बढी प्रभाव गण्डकी प्रदेशदेखि सुदूरपश्चिमसम्मका जिल्लामा पर्ने छ।

    महाशाखा अनुसार कोशी प्रदेशका इलाम र पाँचथर, गण्डकी प्रदेशका तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दी उच्च जोखिमको रेड जोनमा परेका छन्।

    यसैगरी लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुम पूर्व, रोल्पा, दाङ, बर्दिया र बाँकेलाई पनि उच्च जोखिमको सूचीमा राखिएको छ।

    कर्णाली प्रदेशका सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख तथा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा र डोटी जिल्ला पनि उच्च जोखिमको रेड जोनमा छन्।