धुलिखेल– साहित्यकार एवं कवि डा. नवराज लम्सालले समृद्धिका लागि विभिन्न क्षेत्रका व्यक्तिले आफ्नो जिम्मेवारी कुसलतापूर्वक पुरा गर्नुपर्ने बताएका छन्। सबैले आफ्नो जिम्मेवारी पुरा गरेमात्रै त्यसले राम्रो नतिजा दिनसक्ने लम्साल बताउँछन्।
![]()
चैतन्य एकेडेमीद्वारा धुलिखेलको लज रिसोर्टमा आयोजना गररेको हरित अर्थतन्त्र र तीन तहका सरकारबीचको समन्वय विषयक १२औं राष्ट्रिय नीति संवादमा भाषा, साहित्य, संस्कृति र समृद्धि विषयमा बहस गर्दै डा। लम्सालले कला, साहित्य र संस्कृतिका क्षेत्रमा पनि समृद्धिको आवश्यकता रहेको औल्याएका छन्। साहित्यिक चेतले समृद्धिको यात्रालाई सघाउने उनले बताए।
‘साहित्यकि चेतले आफूलाई सुद्धिकरण गरेर लैजान झकझक्याउने काम गर्छ। मान्छेले दीर्घजीवी दिव्यजोति खोज्नुपर्छ,’ उनले भने।
![]()
लम्सालले पछिल्लो दिनमा कला, साहित्य ओझेलमा पर्दै गएको बताए। ‘हाम्रो अध्यात्मिक पाटोले हिमालय, रुख, माटो, पानी, हावालाई देउता देख्ने संस्कृति हो। पछिल्ला दिनमा हामीले रुखलाई देउता देख्न छोड्यौं, हावालाई पवन देउता देखेनौं, पानीलाई पानी मात्र देख्यौं जल देखेनौं,’ उनले भने, ‘यसले संस्कृति मासिँदै गएको छ। र, सांस्कृतिक विकासको बाधक हो।’
मान्छेमा आफ्नो संस्कृतिको रक्षा गर्दै बाच्न चाहने संस्कृतिको अन्त्य हुँदै गएकोप्रति उनले चिन्ता व्यक्त गरेका छन्। यसका साथै प्राज्ञिक क्षेत्रमा राजनीति हाबी हुँदै जानु पनि गलत भएको लम्साल बताउँछन्।
युनिभर्सिटीको प्रोफेसरले भिसि हुन चाहदा नाती उमेरको अखिल वा नेविसंघको नेतालाई रक्सी ख्वायर भनसुन गर्न लगाउने प्रवृतिले बौद्धिक क्षेत्र तहसनहस भइरहेको उनले बताए। २०४६ साल भन्दा पहिले प्रज्ञाप्रतिष्ठानमा प्राज्ञ हुन लाएक व्यक्तिहरू पुग्ने गरेको भए पनि पछिल्लो समय राजनीतिक संरक्षण हुन थालेको उनले बताए। ‘२०४६ साल भन्दा पहिलेका प्राज्ञका तस्बिर देख्दा शीर निहुराउन मन लाग्छ। कहिलेका प्राज्ञका तस्किर देख्दा कठै भन्न मन लाग्छ,’ उनले भने। उनले प्राज्ञिक क्षेत्रमा राजनीति हाबी भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
माननीय अर्थमन्त्री श्री विष्णु पौडेलको प्रमुख आतिथ्यमा आयोजना भएको यस कार्यक्रममा, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा। विश्व पौडेल लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश प्रसाद मैनाली, डा। हिरामणी घिमिरे, नेपाल सरकारका पूर्व मुख्य सचिव डा।विमल कोईराला, साहित्यकार एवं कवि डा। नवराज लम्साल र पूर्व मन्त्रीहरु, सांसद, नेताहरु, प्रतिष्ठित उधमिहरु लगायत विज्ञ व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।
![]()