सप्तरी ४ (२) बाट स्वतन्त्रका अनिरुद्धकुमार सिंह यादव विजयी - Chaitanya News
  • 2026-04-27
  • 05:35:10
  • आइतबार,बैशाख १३, २०८३
  • सप्तरी ४ (२) बाट स्वतन्त्रका अनिरुद्धकुमार सिंह यादव विजयी

    सप्तरी ४ (२) बाट स्वतन्त्रका अनिरुद्धकुमार सिंह यादव विजयी

    सप्तरी– सप्तरीको प्रदेशसभा सदस्यमा सप्तरीबाट स्वतन्त्र उम्मेदवार अनिरुद्धकुमार सिंह यादव निर्वाचित भएका छन्। सप्तरी ४ (२) प्रदेश सभा सदस्यमा ९ हजार ९८५ मत ल्याएर यादव निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर ४, सप्तरीले जनाएको छ। निकट्तम प्रतिद्वन्द्वी जसपाका अभिषेक यादवले ७ हजार ९२० मत ल्याएका छन्।

    अनिरुद्ध जसपाका विद्रोही उम्मेदवार हुन्। अभिषेक जसपा नेतृ एवम् पूर्व मन्त्री रेणु यादवका छोरा हुन्। अभिषेकले उम्मेदवारी पाएपछि जसपाका केन्द्रीय सदस्य अनिरुद्धले विद्रोह गरी उम्मेदवारी दिएर जित हासिल गरेका हुन्। गत निर्वाचनमा जसपाका अभिषेकले नै ९ हजार ६०५ मत ल्याएर विजयी भएका थिए।

    अनिरुद्ध जसपा नेता एवम् पूर्व मन्त्री मृगेन्द्र सिंह यादवका भाइ समेत हुन्। जसपाको निर्णयबाट असन्तुष्ट अनिरुद्धसहितको विद्रोही पक्षले सप्तरी ४ को प्रतिनिधिसभा र दुबै प्रदेश सभामा उम्मेदवारी दिए। पार्टीको क्षेत्रीय समिति र जिल्ला समितिको सिफारिसमै नपरेका पूर्व मन्त्री रेणु यादवका छोरा अभिषेकलाई सप्तरी ४ ९२० बाट टिकट दिएपछि सप्तरीको क्षेत्र नम्बर ४ मा अनिरुद्धको समूहले सामुहिक विद्रोह गरेर उम्मेदवारी दिएको हो।

    प्रतिनिधिसभामा जसपाका बालकिशोर यादवविरुद्ध मो। कासिम मियाँ र एमालेले भाग पाएको प्रदेश सभा ४ ९१० मा महेन्द्र प्रसाद चौधरी उम्मेदवार बने। प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका चौधरी र यादव दुबै मनोनयनका बेला जसपाका केन्द्रीय सदस्य थिए। जसपाका नेता ईं। संजिबनारायण यादवले एमालेको भागमा परेको ३ (१) मा समेत स्वतन्त्रबाट उम्मेदवारी दिएर १ हजार ५४६ मत ल्याए।

    यस्तै गत प्रतिनिधि सभाको निर्वाचनमा सप्तरी १ बाट विजयी जसपाका डा। सुर्यनारायण यादवले यसपटक टिकट पाएनन्। उनका भाइ चन्द्रनारायण यादवले स्वतन्त्रबाट उम्मेदवारी दिएर २ हजार ४६८ मत बटुले। तथापि एमालेको समर्थन पाएका जसपाका नबलकिशोर साहले २३ हजार ५६४ मत ल्याएर फराकिलो अन्तरले जित हासिल गरे।

    हालसम्म सप्तरीको आठ प्रदेश सभा सदस्यमध्ये जनमत पार्टी ४, कांग्रेस, एमाले र स्वतन्त्रले एक(एक स्थानमा विजयी हासिल गरेको छ। सप्तरी ४ (१) को प्रदेस सभा सदस्यमा नेकपा ९एस० ले गोबिन्दबहादुर न्यौपाने विजयका नजिक छन्।

    सप्तरीको ४ प्रतिनिधि सभामा जसपा, जनमत र कांग्रेसका उम्मेदवार एक(एक स्थानमा निर्वाचित भएका छन्। बाँकी रहेको सप्तरी ४ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका तेजुलाल चौधरीले १० हजार ३८० मतका साथ अग्रता बढाएका छन्। चौधरीलाई जसपाका बालकिशोर यादवले ८ हजार ४१८ मतका साथ पछ्याइरहेका छन्।