1. तलका भनाई विचार गर्नुहोस् ।
१. वातावरण क्षेत्रको सबैभन्दा ठुलो पुरस्कार Blue Planet Award हो ।
२. Global 500 पुरस्कार पाउने पहिलो नेपाली डा. कृष्ण्कुमार पाण्डे हुन ।
३. क्योटो प्रोटोकलमा सन् १९९८ मा हस्ताक्षर भएको थियो ।
४. UNEP को प्रधानकार्यालय केन्याको नैरोवीमा रहेको छ ।
A. १ र २ ठिक B. २ र ३ मात्र ठिक C. १ र ४ मात्र ठिक D. सबै ठिक
2. नेपालले पहिलो कुन ठाउँमा राजदुतावास खोलेको थियो ?
A. जापान B. बेलायत C. अमेरिका D. भारत
3. नेपाल र चीन बिच सीमा सम्बन्धि प्रोटोकलमा कहिले हस्ताक्षर भएको थियो ?
A. सन् १९७९ B. सन् १९७० C. सन् १९६९ D. सन् १९७५
4. जोडा मिलाउनुहोस् ।
भनाई नाम
a. म नै राज्यु हु 1. नेपोलियन
b. भ्रष्ट चर्चलाई नष्ट गरिदेउ 2. लुई चौधौँ
c. मानिस स्वतन्त्र जन्मिन्छ तर सर्वत्र साङ्लोले बाधिन्छु 3. भोल्तेयर
d. यदि रुसो नभएको भए फ्रान्सको राज्यक्रान्ति हुने थिएनु 4. रुसो
A) a2,b3,c1,d4 B) a4,b3,c1,d2 C) a2,b3,c1,d4 D) a2,b3,c4,d1
5. प्रथम विश्व युद्धमा सर्वप्रथम कुन देशले कुन देशमाथि आक्रमण गरेको थियो ?
A. अष्ट्रियाले सर्विया माथि B. जर्मनीले सर्विया माथि
C. अमेरिकाले सर्विया माथि D. बेलायतले सर्विया माथि
6. तलका भनाई विचार गर्नुहोस् ।
१. नेपालको संक्षिप्त वृतान्तु का लेखक बाबुराम आचार्य हुन ।
२. किरातवंशका प्रथम राजा यलम्बर हुन ।
३. अभागी राजा भनेर जयप्रकाश मल्ललाई चिनिन्छ ।
४. झ्यालमा रङ्गिन सिसा राख्ने चलन चलाउने राजा रणजीत मल्ल हुन ।
A. १ र २ मात्र सहि B. ३ र ४ मात्र सहि C. १, २ र ३ मात्र सहि D. सबै सहि
7. खड्ग निशाना छापलाई कहिले चन्द्रशमशरले निशाना छापमा परिवर्तन गराएका थिए ?
A. वि.सं. १९६३ B. वि.सं. १९६४ C. वि.सं. १९६५ D. वि.सं. १९६६
8. चर्खा प्रचारमा रोक लगाउने प्रधानमन्त्री को हुन ?
A. चन्द्रशमशेर B. वीरशमशेर C. जुद्धशमशेर D. भीमशमशेर
9. नेपाल सरकारले कहिले लखन थापालाई प्रथम सहिद घोषणा गरेको हो ?
A. वि.सं. २०७१ असोज ३ B. वि.सं. २०७३ असोज ३
C. वि.सं. २०७४ असोज ३ D. वि.सं. २०७२ असोज ३
10.तलका भनाई विचार गर्नुहोस् ।
१. अमेरिका क्रिस्टोफर कोलम्बसले पत्ता लगाएका हुन ।
२. तिब्बत पत्ता लगाउने व्यक्ति ओडोरिक हुन ।
३. अष्ट्रेलिया पत्ता लगाउने व्यक्ति कोर्निलिस डेबल हुन ।
A. १ र २ मात्र सहि B. २ र ३ सहि C. सबै सहि D. सबै गलत
11. तल दिइएका भनाईहरु मध्ये कुन गलत छ ?
A. कुमेरु महासागरको आकार वृत्ताकार रहेको छ । B. आल्पस पर्वतमाला युरोप महादेशमा पर्दछ ।
C. लाभा निस्किने कचौरा जस्तो प्वाललाई डाईक भनिन्छ । D. युरोपको डेन्युव नदी ७ राष्ट्र भएर बग्दछ ।
12. जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
a. महेन्द्र ताल 1. रानी पोखरी
b. कपिल ताल 2. फोक्सुडो
c. निर्जिव ताल 3. घोडाघोडी
d. विष्णुतीर्थ ताल 4. राराताल
A) a3,b4,c1,d2 B) a4,b3,c1,d2 C) a4,b2,c3,d1 D) a4,b3,c2,d1
13. तलका भनाई विचार गर्नुहोस् ।
१. नेपाल सँगै सदस्यता पाउने सार्क मुलक श्रीलंका हो ।
२. संयुक्त राष्ट्रसंघको पहिलो विशिष्टकृत संस्था FAO हो ।
३. पहिलो पटक सार्क अवार्ड पाउने जियाउर रहमान हुन ।
A. १,२ मात्र सहि B. २,३ मात्र सहि C. १,३ मात्र सहि D. सबै सहि
14. युरोपेली मौद्रिक संस्था (EMI) को प्रधान कार्यालय कहाँ रहेको छ ?
A. नेदरल्याण्डको हेग B. जर्मनीको फ्रान्कफर्ट
C. बेल्जियमको ब्रसेल्स D. ईण्डोनेसियाको जकार्ता
15. अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) ले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर कति प्रतिशत हुने प्रक्षेपण गरेको छ ?
A. ५ प्रतिशत B. ७.८ प्रतिशत C. ८ प्रतिशत D. ४ प्रतिशत
16. वैज्ञानिक र आविष्कारको बारेमा गलत जोडा छनौट गर्नुहोस् ।
A. टेलिभिजन – जे.एल.बेयर्ड
B. सलाई – नील बोहर
C. एक्सरे मेसिन – विल्हेम कोनराड रोएन्टजेन
D.Helicopter – Igor Sikorsky
17. भिटामिन C को कमिले लाग्ने रोग निम्न मध्ये कुन हो ?
A. बेरिबेरि B. रतन्धो C. स्कर्भी D. रिकेट्स
18. जोडा मिलाउनुहोस् ।
केन्द्रको नाम प्रधान कार्यालय
a. सार्क कृषि केन्द्र 1. पाकिस्तान
b. सार्क क्षयरोग तथा HIV AIDS केन्द्र 2. भारत
c. सार्क विपद् व्यवस्थापन केन्द्र 3. श्रीलंका
d. सार्क उर्जा केन्द्र 4. बंगलादेश
e. सार्क सांस्कृतिक केन्द्र 5. नेपाल
A) a4,b5,c3,d1,e2 B) a4,b1,c3,d5,e2 C) a4,b5,c1,d2,e3 D) a4,b5,c2,d1,e3
19. संयुक्त राष्ट्रिय शान्ति मिसनमा सहभागी १९ राष्ट्रका सैनिकको संयुक्त सैन्य अभ्यास कहिले सुरु भएको हो ?
A. वि.सं. २०८० फागुन १० B. वि.सं. २०८० माघ १०
C. वि.सं. २०८० माघ ८ D. वि.सं. २०८० फागुन ८
20. विश्व आर्थिक स्वतन्त्रता सूचकांक २०२३ मा नेपालको स्थान कतिमा रहेको छ ?
A. १७५ औ B. १४२ औ C. १०८ औ D. १०० औ
उत्तरहरुः
1. D 11. C
2. B 12. D
3. A 13. C
4. D 14. B
5. A 15. A
6. D 16. B
7. A 17. C
8. D 18. D
9. D 19. D
10. A 20. B
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100