काठमाडौँ– अमेरिकाका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीले बिहीबारको संसदीय सुनुवाइ समितिमा आफ्नो कार्य योजना पेस गरेका छन्।
राजदूतका रूपमा नियुक्त भएमा आफूले गर्ने काम कारबाहीको फेहरिस्तसहित उनले आफ्नो कार्य योजना समितिमा पेस गरेका हुन्।
अमेरिकामा नेपाल, नेपाली जनता र नेपाल सरकारको प्रतिनिधित्व गर्नु आफ्नो सर्वाधिक महत्वको प्राथमिक कार्य हुने रेग्मीको कार्य योजनामा उल्लेख छ ।









