कथा वाचन तथा धार्मिक अनुष्ठानका लागि विस्तृत आचारसंहिता सार्वजनिक - Chaitanya News
  • 2026-05-25
  • 10:30:17
  • सोमबार,जेठ ११, २०८३
  • कथा वाचन तथा धार्मिक अनुष्ठानका लागि विस्तृत आचारसंहिता सार्वजनिक

    कथा वाचन तथा धार्मिक अनुष्ठानका लागि विस्तृत आचारसंहिता सार्वजनिक

    काठमाडौँ– कथा वाचन तथा धार्मिक अनुष्ठानका लागि विस्तृत आचारसंहिता सार्वजनिक गरिएको छ। लामो गृहकार्यपछि राष्ट्रिय कथा व्यास समाजले धार्मिक कथा वाचनमा विकृति–विसंगति बढ्न थालेपछि यसलाई मर्यादित बनाउन पहिलो पटक आचारसंहिता ल्याएको हो।

    हिन्दु धर्मशास्त्रका गुरुहरूको साझा संस्था राष्ट्रिय कथा व्यास समाजले पारित गरेको आचारसंहितामा धार्मिक अनुष्ठान सम्बन्धी २० वटा, मुहुर्तसम्वन्धी ५ वटा, सत्संगात्मक प्रवचनसम्बन्धी ८ वटा, संस्थासम्बन्धी पाँच वटा र विविध ६ वटा बुँदाहरू उल्लेख छन्। यो आचार संहिता कथा व्यास समाजले पारित गरेको दिनदेखि नै लागू हुनेछ।

    हालै पशुपति मन्दिरमा आयोजित कोटीहोम कथा वाचक र विधि विधानबारे थुप्रै विवादहरू उब्जेका थिए। मुख्य आयोजक विजय कृष्णमुर्ति नै सबैभन्दा बढी विवादमा परे। प्रहरीले उनलाई धरपकड प्रयाससमेत गरेको थियो। यसबाट धार्मिक अनुष्ठान तथा कथा वाचनमा आचारसंहिताको आवश्यकता महसुस भएको थियो।

    पछिल्लो समय पर्याप्त शास्त्रीय अध्ययन र योग्यताविना जो पनि कथा वाचक बन्ने र कथा वाचनका क्रममा मनगढन्ते गफ दिने प्रवृत्ति बढेपछि समाजले तदारुकता देखाएको एक सदस्यले बताएका छन्।