राष्ट्रपति पौडेलले गरे नवनियुक्त प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान - Chaitanya News
  • 2026-11-20
  • 06:31:09
  • शुक्रबार,मंसिर ०५, २०८३
  • राष्ट्रपति पौडेलले गरे नवनियुक्त प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान

    राष्ट्रपति पौडेलले गरे नवनियुक्त प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान

    काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

    राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक विशेष समारोहबिच राष्ट्रपति पौडेलले शर्मालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। समारोहमा राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पद तथा गोपनीयताको शपथ ग्रहण पनि गराए।

    सिग्देललाई राष्ट्रपति पौडेलले भदौ १२ मा प्रधानसेनापति पदमा आजबाट लागु हुने गरी नियुक्त गरेका थिए। राष्ट्रपति नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ।