शरद ऋतुमा हिमाल आरोहण अनुमति दिन सुरु - Chaitanya News
  • 2026-05-25
  • 10:15:41
  • सोमबार,जेठ ११, २०८३
  • शरद ऋतुमा हिमाल आरोहण अनुमति दिन सुरु

    शरद ऋतुमा हिमाल आरोहण अनुमति दिन सुरु

    काठमाडौँ– सरकारले शरद ऋतुमा हिमाल आरोहण गर्नेहरूका लागि अनुमति दिन सुरु गरेको छ। पर्यटन विभागका अनुसार यस सिजनका लागि अहिलेसम्म १२ टोलीका लागि १३२ जनाले परमिट पाइसकेका छन्।

    सबैभन्दा धेरै मनास्लु हिमाल (८,१६३ मिटर) मा १० टोलीका १२० जनाले आरोहण अनुमति पाएको विभागको तथ्यांक छ। पुथा हिउँचुली (७,२४६ मिटर) मा १ टोलीका ७ जना र अन्नपूर्ण चौथो (७५२५ मिटर) मा १ टोलीका ५ जनाले आरोहण अनुमति लिएको समेत विभागले जनाएको छ।

    विभागका अनुसार यो सिजनका लागि १ करोड ३० लाख ९६ हजार २६४ रुपैयाँ रोयल्टी उठेको छ। यस सिजनमा अमेरिकाका २०, जापानका १७, बेलायतका १५, चीनका १३ जनाले आरोहण अनुमति लिएका छन्। नेपालका एक जनाले मात्र अनुमति लिएको विभागले जनाएको छ। यो सिजनमा सगरमाथा बाहेकका हिमालमा आरोहण बढी हुन्छ।