यस्तो छ चीनका लागि प्रस्तावित राजदूत ओलीको कार्ययोजना (पूर्णपाठसहित) - Chaitanya News
  • 2026-11-20
  • 05:57:06
  • शुक्रबार,मंसिर ०५, २०८३
  • यस्तो छ चीनका लागि प्रस्तावित राजदूत ओलीको कार्ययोजना (पूर्णपाठसहित)

    यस्तो छ चीनका लागि प्रस्तावित राजदूत ओलीको कार्ययोजना (पूर्णपाठसहित)

    काठमाडौँ– संसदीय सुनुवाइ समितिको बैठकमा चीनका लागि प्रस्तावित राजदूत डा.कृष्णप्रसाद ओलीले आफ्नो कार्ययोजना पेस गरेका छन्। आज (आइतबार) बसेको समितिको बैठकमा उनले आफ्नो कार्ययोजना पेस गरेका हुन्।

    नेपालको स्वाधीनता, राष्ट्रिय सुरक्षा, अक्षुण्णता, दिगो शान्तिका लागि कूटनीतिक सम्बन्धलाई सुदृढ गर्ने, राष्ट्रिय स्वार्थलाई सर्वोपरि राखेर अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा सहयोग र सहकार्य अघि बढाउने लगायतका उनको कार्ययोजनामा उल्लेख छ।

    यसैगरी अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूमा चीनका तर्फबाट प्रतिनिधित्व गर्ने पदाधिकारीहरूसँग नेपाललाई सहयोग पुर्‍याउन समन्वय र सहकार्य गर्ने पनि उनको कार्ययोजनामा उल्लेख छ।

    यस्तै नेपालका विभिन्न क्षेत्रहरूमा लगानी प्रवर्द्धन गर्न पहल गर्ने, बेइजिङमा रहेको दूतावासलाई व्यवस्थित गर्नेलगायत पनि कार्ययोजनामा उल्लेख छ।