एनसेलले पायो नवीकरण शुल्क ४ किस्तामा बुझाउने सुविधा - Chaitanya News
  • 2026-11-20
  • 05:57:08
  • शुक्रबार,मंसिर ०५, २०८३
  • एनसेलले पायो नवीकरण शुल्क ४ किस्तामा बुझाउने सुविधा

    एनसेलले पायो नवीकरण शुल्क ४ किस्तामा बुझाउने सुविधा

    काठमाडौं– दूरसञ्चार सेवा प्रदायक एनसेलले नवीकरण शुल्क ४ किस्तामा बुझाउने सुविधा पाएको छ। हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

    ‘एनसेललाई अनुमति पत्र नवीकरण वापतको शुल्क ४ किस्तामा बुझाउन दिने निर्णय भएको छ,’ सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भने, ‘दोस्रो किस्तादेखि अन्तिम किस्तासम्म बाँकी रहेको रकममा १० प्रतिशत ब्याजदर पनि बुझाउनुपर्नेछ।’