1. नेपालको संविधानमा खाद्य सम्बन्धी हक कुन धारामा व्यवस्था गरिएको छ ?
A. धारा ३१ B. धारा ३८ C. धारा ३७ D. धारा ३६
2. खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा सञ्चालक समितिमा कति जना हुने व्यवस्था छ ?
A. ३ जना B. ७ जना C. ९ जना D. १२ जना
3. जिल्ला खाद्य व्यवस्था समिति र खरिद समितिको अध्यक्ष को हुने व्यवस्था छ ?
A. जिल्ला समन्वय समितिको सभापति B . खरिद विभागको विभागीय प्रमुख
C. प्रमुख जिल्ला अधिकारी D. सम्बन्धित विभाग हेर्ने नायब कर्मचारी
4. नेपालमा कहिले देखि खाद्य दिवस मनाउन थालेको हो ?
A. वि.सं. २०३८ B. वि.सं. २०३९ C. वि.सं. २०४५ D. वि.सं. २०३६
5. विश्व व्यापार संगठन (WTO) को स्थापना कहिले भएको हो ?
A. सन् १९९५ मार्च १ B. सन् १९९५ जनवरी १
C. सन् १९९५ जनवरी ३० D. सन् १९९५ जनवरी १०
6. विश्वव्यापार संगठन (WTO) को १६४ औ राष्ट्र निम्न मध्ये कुन हो ?
A. लाईब्रेरिया B. काजकस्थान C. अफगानिस्तान D. सिसेल्स
7. विश्व प्रेस स्वतन्त्रता दिवस कहिले मनाईन्छ ?
A. मे ३ B. मे ४ C. मे ५ D. मे ६
8. तल दिइएका मध्ये कुन जिल्लाको क्षेत्रफल बराबर रहेको छ ?
A. बर्दिया र डोटी B. बर्दिया र रामेछाप
C. बर्दिया र रामेछाप D. तनहँ र डोटी
9. तलका जोडा विचार गर्नुहोस् ।
1. पाटनको कृष्ण मन्दिर – सिद्धिनरसिंह मल्ल
2. हनुमान ढोकाको मुर्ति – प्रताप मल्ल
3. भैरव मन्दिर निर्माण – भूपतिन्द्र मल्ल
माथि दिइएका जोडाहरु मध्ये कुन कुन सहि छन ।
A. १ र २ मात्र ठिक B. २ र ३ मात्र ठिक C. सबै गलत D. सबै ठिक
10. नेपाली भाषामा प्रकाशित पहिलो पत्रिका कुन हो ?
A. गोरखा भारत जीवन B. चन्द्रिका C. गोरखापत्र D. सुधासागर
11. मस्र्याङदी नदीको पौराणिक नाम देहायका मध्ये कुन हो ?
A. कर्मधारा B. शितप्रभा C. भद्रावती D. पञ्चेश्वरी
12. संयुक्त राष्ट्रसंघ (UNO) को सदस्यता लिनुपुर्व नेपालले सदस्यता लिएको संस्थाहरुको बारेमा विचार गरी सही विकल्प छनौट गर्नुहोस् ।
1, WHO 2) UNSESCO 3) UPU 4) ILO 5) FAO
A. १, २ र ३ मात्र B. १,२ र ५ मात्र C. २,३ र ४ मात्र D. All of above
13. जयपृथ्वी बहादुर सिंहलाई कहिले राष्ट्रिय विभूती घोषणा गरिएको थियो ?
A. वि.सं. २०७९ असार ७ B. वि.सं. २०७९ असार ६
C. वि.सं. २०७९ असार १० D. वि.सं. २०७९ असार ८
14. पन्ध्रौ आवधिक योजनाले लिएको दीर्घकालीन राष्ट्रिय रणनीति तलका मध्ये कुन होईन ?
A. प्राकृतिक श्रोतको संरक्षण र परिचालन तथा उत्पादनशीलताको विकास गर्ने
B. उत्पादन र उत्पादकत्व वृद्धि गर्ने
C. तीव्र, दीगो र रोजगारमुलक आर्थिक वृद्धि गर्ने
D. सुलभ तथा गुणस्तरीय सार्वजनिक सेवा सुनिश्चित गर्ने
15. सन् 2023 को सेप्टेम्बरमा सञ्चालन भएको SAFE -U-19 Football Championship कसले जित्यो ?
A. नेपाल B. पाकिस्तान C. भारत D. श्रीलंका
16. भक्तपुरको न्यातपोल मन्दिर कुन शैलीमा बनेको छ ?
A. प्यागोडा शैली B. शिखर शैली C. मुगल शैली D. राजपुत शैली
17. मुस्ताङको कोरला नाका व्यावसायिक रुपमा पुनः सञ्चालनमा कहिले आएको हो ?
A. वि.सं. २०८० कात्र्तिक २७ B. वि.सं. २०८० मंसिर २७
C. वि.सं. २०७९ कात्र्तिक २७ D. वि.सं. २०८० माघ २७
18. हेन्ली पासपोर्ट इन्डेक्स–२०२४ मा नेपाल कति औँ स्थानमा रहेको छ ?
A. ९८ औँ B. १०४ औ C. १०० औ D. १०८ औ
19. सन् 1939 को सेप्टेम्बर 1 मा पोल्याण्डमा आक्रमण भएपछि दोस्रो युद्ध शुरु भएको मानिन्छ । पोल्याण्डमा आक्रमण गर्ने देश कुन हो ?
A. बेलायत B. जापान C. फ्रान्स D. जर्मनी
20. अफ्रिका महादेशको सबैभन्दा सानो भुपरिवेष्ठित राष्ट्र कुन हो ?
A. नाईजर B. चाड C. सुडान D. ईस्वातिनि
उत्तरहरुः
1. D 11. B
2. C 12. B
3. A 13. B
4. A 14. D
5. B 15. C
6. C 16. A
7. A 17. A
8. A 18. A
9. D 19. D
10. A 20. D
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100