लोकसेवा उपयोगी सामग्री (विषयगत) - Chaitanya News
  • 2026-05-28
  • 23:10:37
  • बिहिबार,जेठ १४, २०८३
  • लोकसेवा उपयोगी सामग्री (विषयगत)

    लोकसेवा उपयोगी सामग्री (विषयगत)

     नागरिक सचेतनाः चारित्रिक विकास, मानविय मूल्य मान्यता, नागरिक कर्तव्य र दायित्व तथा अनुशासन र सकरात्मक सोच

    नागरिक सचेतनाः

    नागरिक/चेतनाशिक्षा

    नागरिकलाई राज्यप्रति उत्तरदायी बनाई साँच्चीकैको नागरिक बनाउने तत्व हो नागरिक चेतना ।

    राज्यको राजनैतिक, आर्थिक, सामाजिक, साँस्कृतिक आदि पक्षमा हुने आम नागरिकको चासो, जागरुकताको स्थिति नै नागरिक चेतना हो ।

    त्यस्तै नागरिकहरुलाई आफ्ना हक अधिकार र राज्यप्रतिको कर्तव्य र दायित्वप्रति सचेत बनाउने, जानकारी दिने विधि वा शिक्षा नै नागरिक शिक्षा हो । नागरिकहरु जति शक्रिय हुन्छन् त्यो देशको त्यति नै विकास हुन्छ त्यति नै त्यो देशमा समृद्धि छाउँछ भन्ने मान्यता नागरिक चेतनाले राख्दछ ।

    यसको प्रमुख लक्ष्य भनेको प्रत्येक नागरिकलाई राज्य, शासन, सरकार, सरकारका क्रियाकलापको जानकारी गराउनु, चेतनास्तर बढाउनु र समग्रमा राज्यप्रति अपनत्ववोध कायम गराउँदै नागरिकलाई राज्यप्रतिको दायित्वबोध गराउनु हो ।

     

    नागरिक चेतना/शिक्षाको महत्व/आवश्यकता/उद्धेश्य:

    नागरिक शिक्षाले चेतना ल्याउँछ । चेतनाले नैतिकवान बनाउँछ । तवमात्र समृद्धिको सपना पुरा हुन्छ

    • नागरिकलाई आफ्नो अधिकार र कर्तव्यप्रति सचेत बनाउँछ ।
    • नागरिक सशक्तिकरण
    • असल नागररिक र समृद्ध राज्यको निर्माण
    • रचनात्मक आलोचना र सहयोग अभिवृद्धि गर्न सक्ने नागरिक तयार गर्छ ।
    • सरकारलाई नागरिकप्रतिउत्तरदायी तथा जवाफदेही बनाउन मद्धत गर्छ ।
    • शासनमा जनसहभागिता र आम नागरिकको चासो अभिवृद्धि गर्छ ।
    • आम नागरिकमा राष्ट्रियता र राष्ट्रप्रेमको अभिवृद्धि गर्छ ।
    • राष्ट्रिय एकता कायम गर्नमा सहयोग गर्दछ ।
    • नागरिकमा राज्यप्रति अपनत्ववोधको भावनाको विकास गर्छ ।
    • मानव अधिकार र सामाजिक न्यायको प्रवर्द्धनमा टेवा पुर्याउँछ ।
    • नागरिक सशक्तिकरण गर्दै सबल नागरिक निर्माणमा टेवा पुर्याउँछ ।
    • लोकतान्त्रिक शासनको सबलीकरण गर्छ ।
    • सुशासन प्रवर्द्धन ।
    • सरकारलाई नागरिकप्रति उत्तरदायी बनाउँछ ।
    • नागरिकमा नैतिकता र आचरणको विकास गर्छ ।

     

    नागरिक चेतना/शिक्षा का पक्षहरु वा विषयवस्तुहरु

    • राजनीतिक पक्षहरुः
    • शासन प्रणाली÷राजनीतिक प्रणालीबारे चासो ।
    • वालिग मताधिकारको प्रयोग ।
    • आवधिक निर्वाचन, मौलिक हक, मानव अधिकार प्रति जानकार ।
    • उपयुक्त प्रतिनिधिको छनौट ।
    • शासन प्रणाली,राजनीति प्रतिको ज्ञान ।
    • आर्थिक पक्ष/चेतना
    • स्रोत र साधनको मितव्ययी प्रयोग ।
    • भ्रष्टाचार विरुद्धको चेतना ।
    • कर तिर्नु ।
    • सेवा र वस्तुको गुणस्तर र मूल्यको जानकारी ।

     

    ग) सामाजिक साँस्कृतिकपक्ष/चेतना

    • सामाजिक न्यायको प्रबद्र्धन ।
    • शिक्षा, स्वास्थ्य जस्ता सेवाको प्रयोग ।
    • प्रशासनिक पक्षः
    • आफुले प्राप्त गर्ने सेवा, सेवाको प्रकृति प्राप्त गर्ने तरिका आदि ।
    • वातावरणीय पक्ष
    • जलवायु परिवर्तन, प्रदुषण यसले पार्ने असर, समाधानमा आफ्नो भुमिका

    च) विकासात्मक चेतनाः विकास निर्माणका हरेक पक्ष र त्यसमा आफ्नो भुमिका ।

    ता –

    • जवाफदेहिता र उत्तरदायित्व
    • पारदर्शिता
    • मितव्यितता
    • कार्यदक्षता
    • प्रभावकारीता
    • विश्वसनीयता
    • सहभागिता
    • औचित्यता
    • शिघ्रता
    • नियमितता

    नेपालमा नागरिक चेतनाको अवस्था

    • सबल पक्षहरु
    • नेपालको संविधानमा मौलिक हक र नागरिकका कर्तव्यको व्यवस्था
    • पाठ्यक्रमहरुमा नागरिक चेतना सम्बन्धि विषयवस्तु समावेश
    • स्थानिय शासनको माध्यमद्धारा जनसहभागितालाई बढावा दिईएको
    • सञ्चार क्षेत्रको विस्तार
    • बढ्दो साक्षरता
    • बढ्दो जनचासो
    • सामाजिक सञ्जालको बढ्दो प्रयोग
    • सरकार बाहेक अन्य क्षेत्रको नागरिक चेतना अभिवृद्धिमा भुमिका ।

    दुर्बल पक्षहरुः

    • कर्तव्यप्रति बेवास्ता गर्दै अधिकार मात्र खोज्ने प्रवृत्ति बढ्दै जानु ।
    • नागरिक चेतनाको विषय राज्यको प्राथमिकतामा नपर्नु ।
    • रुढिबादी र परम्परागत अन्धविश्वास कायमै हुनु ।
    • राजनैतिक सँस्कृतिको अभाव ।
    • राज्यप्रतिको उदासिनता ।
    • नागरिकको व्यक्तिवादी प्रवृत्ति ।
    • मानव अधिकारको उल्लंघन र दण्डहिनता ।
    • वर्तमान युवा पुस्तामा राष्ट्रियता, आफ्नो जिम्मेवारीको बोधमा कमी हुँदै जानु ।
    • नागरिक शिक्षाका औपचारिक तथा अनौपचारिक माध्यमहरुको प्रभावकारी प्रयोग नगरिनु ।

    नागरिक चेतना कसरी प्रवाह गर्ने ? वा नागरिक चेतनाका माध्यमहरु

    क¬) औपचारीक शिक्षा मार्फत

    ख) समाजमा सहभागी भएर

    ग) आम सञ्चार माध्यमबाट

    घ) सामाजिक सशक्तिकरण

    ङ) विभिन्न संघसँस्थाको माध्यमबाट

    च) नागरिकलाई कर्तव्यवोध बनाए।

    छ) युवा पुस्तालाई विभिन्न सेवा सुविधा, उपलब्ध गराएर

     

    नागरिक चेतनाका प्रवर्द्धक

    • सरकार
    • विभिन्न सरकारी तथा गैरसरकारी निकायहरु
    • राजनीतिक दल
    • धार्मिक सम्प्रदाय
    • विभिन्न खालका मिडियाहरु
    • विभिन्न राजनीतिक,सामाजिक,प्रशासनिक, व्यवसायिक अभियानहरु
    • सामुदायिक एवं सामाजिक सँस्थाहरु
    • घर,परिवार, विद्यालय आदि ।

    नागरिक चेतनाका सिद्धान्तहरुः

    • सामुदायिकताको सिद्धान्त
    • मानव अधिकारको सिद्धान्त
    • नैतिकताको सिद्धान्त
    • सहयोगको सिद्धान्त
    • कानुनी राज्यको सिद्धान्त
    • उत्तरदायित्वको सिद्धान्त
    • निष्पक्षताको सिद्धान्त
    • सहभागिताको सिद्धान्त
    • स्वशासनको सिद्धान्त

     

    चारित्रिक विकास

    चरित्रः

    चरित्र भन्नाले चालचलन, व्यवहार, जिन्दगीमा गरिने कामकाज, आचरणहुन्। चरित्र भन्ने शब्द नैतिक विषय सँग सम्बन्धित छ ।चरित्र व्यक्तिमा अन्तरनिहित प्रतिबद्धता हो जसले आफुभित्र विद्यमान सदगुण, सदविचार र असल शैलीको महशुसद्धारा सबै प्रति असलभावको विकास गर्छ ।चारित्रिक विकासले कुनै पनि व्यक्तिको शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकासमा सहयोग पुर्याउँछ।

    चारित्रिक विकास

    चारित्रिक भन्नाले चरित्र सम्बन्धी, स्वभाव भन्ने बुझिन्छ । तसर्थ कुनै पनि व्यक्तिको चालचलन, व्यवहार, कार्यशैली  र आचरणलाई सुधार गर्नु नै चारित्रिक विकास हो । चारित्रिक विकास समय र परिस्थितिको क्रमिक परिवर्तन सँगसँगैनैतिकताको नियमित अवलम्बन र गलत व्यवहारहरू माथिको विजयबाट हुँदै जान्छ ।यस्तो चारित्रिक विकास विभिन्न प्रवचन, नैतिक शिक्षा, तालिम, गोष्ठी, विद्यालयको शिक्षा र घरको वातावरणबाट विकास हुने गर्द्छ ।

    चारित्रिक विकासका पूर्वशर्तहरु

    • ईमान्दारिता
    • नैतिकता
    • सदाचारिता
    • आज्ञाकारिता
    • प्रतिवद्धता
    • आत्म अनुशासन
    • जवाफदेहिता र उत्तरदायित्व
    • करुणा र सेवाभाव

     

    चारित्रिक विकासको महत्व आवश्यकता

    • व्यक्तिमा नैतिकता, सदाचारिता, ईमान्दारिताको प्रवर्द्धन गर्न
    • असल र सक्षम नागरिक निर्माण गर्न
    • सभ्य र समुन्नत समाजको निर्माण गर्न
    • सुशासनको प्रवर्द्धन गर्दै नागरिक सन्तुष्टी कायम गर्न
    • व्यक्तिहरुमा सकरात्मक सोच र अनुशासनको विकास गर्न
    • समाजमा द्वन्द्व आउन नदिन र आइहाले तुरुन्त व्यवस्थापन गर्न
    • सामाजिक सद्भभाव र राष्ट्रिय एकता कायम गर्न
    • नागरिकलाई नागरिकका कर्तव्य वोध गराउन
    • सामाजिक विकृति, विसंगतिको न्यूनिकरण गर्न
    • प्रत्येक व्यक्तिमा करुणा र सेवाभावको विकास गर्न
    • नागरिकमा जवाफदेहिता र उत्तरदायित्व प्रवर्द्धन गर्न
    • समाजमा शान्ति, सुव्यवस्था, अमन, चयन कायम गर्न
    • व्यक्तिमा व्यक्तिगत सीप, क्षमता, असल मूल्य, मान्यता विकास गरी उनिहरुको सर्वांगिन विकास गर्न र समाज निर्माणमा टेवा पुर्याउन ।

     

    सार्वजनिक प्रशासक वा कर्मचारीमा हुनुपर्ने चरित्रहरु

    • सार्वजनिक सेवा प्रवाहलाई आफ्नो महत्वपूर्ण कर्तव्य ठान्ने
    • नैतिकता, ईमान्दारिता, सदाचारिता र व्यवसायिकता
    • अनुशासन र समयपालना
    • सेवाग्राहीसँग सभ्य र मर्यादित व्यवहार गर्नेउनिहरुको सन्तुष्टिको कदर गर्ने
    • सार्वजनिक स्रोत साधनको सदुपयोग गर्ने
    • सेवा प्रवाह प्रक्रियालाई सरल र सहज बनाउने
    • नीति र कानूनको प्रभावकारी कार्यान्वयन गर्ने
    • समाज र राष्ट्रमा उदाहरणीय व्यक्तित्व बन्ने,कानूनले वर्जित गरेका क्रियाकलाप नगर्ने
    • आफ्ना सहकर्मीसँग सहयोगी र राम्रो सम्बन्ध राख्ने
    • सँधै सकरात्मक सोच राख्ने
    • पारदर्शी, निष्पक्ष व्यवहार
    • प्रभावकारी कार्य सम्पादन

    नेपालमा नागरिकहरु चरित्रवान बन्न नसक्नुका कारणहरु

    • नैतिक शिक्षाको अभाव
    • घर र समाजबाट चरित्र र चारित्रिक विकासबारे ज्ञान नदिईनु
    • अराजकता र दण्डहिनता
    • नागरिक चेतनाको कमी
    • मानविय मूल्य मान्यतामा ह्रास आउनु
    • अपारधको राजनीतिकरण र राजनीतिको अपराधिकरण
    • गलत विदेशी संस्कृतिको अन्धाधुन्ध अनुशरण
    • मुहान मानिने उच्च राजनीतिक र प्रशासनिक नेतृत्वमा नै सदाचारिता र ईमान्दारिता नहुनु
    • व्यक्तिमा स्वार्थ लोभ दुराचार भ्रष्टाचार जस्ता अनैतिक पक्ष हावि हुँदै जानु
    • अध्यात्मिक ज्ञान ध्यान प्रवचनमा कमी हुँदै जानु।

    मानविय मूल्य मान्यता

    मानविय मूल्य र मान्यता भन्नाले यस्ता सिद्धान्तहरु हुन् जसले हाम्रो जिवनका क्रियाकलाप र निर्णयलाई निर्देशित गर्दछन् ।असल मानिस बन्नका लागि उसमा हुनुपर्ने आधारभूत सकरात्मक गुणहरुको समग्रता नै मानविय मूल्य मान्यता हुन्।यस्ता मानविय मूल्य र मान्यता व्यक्तिको चारित्रिक विकासका आधार समेत हुन् । मानविय मूल्य मान्यताले एक असल मानवको निर्माणमा भूमिका निर्वाह गर्छ अन्ततः यसले सभ्य र समुन्नत राष्ट्र निर्माणमा सहयोग गर्दछ ।

    केही मानविय मूल्य र मान्यताहरु

    • विश्वास
    • आदर र सम्मान
    • दया माया करुणा
    • रेखदख
    • सकरात्मक सोच
    • अनुशासन
    • आज्ञापालन
    • नैतिकता ईमान्दारिता सदाचारिता
    • कर्तव्यनिष्ठता
    • निश्पक्ष
    • सत्यको वकालत गर्ने
    • शान्ति र अहिंसामा विश्वास
    • सहयोगी

    मानविय मूल्य मान्यताको महत्व

    • समतामूलक समाजको निर्माण गर्न
    • असल नागरिकको पहिचान दिलाउन
    •  समयसापेक्ष समाजलाई परिवर्तन एवं रुपान्तरण गर्न
    • सामाजिक न्यायको प्रवर्द्धन गर्न
    • नागरिकमा राज्यप्रतिको दायित्व र अपनत्व बोध गराउन
    • नागरिकलाई आफु र समाजप्रतिको कर्तव्यबोध गराउन
    •  नेपालीहरुबीच आपसी सद्भाव, सहयोग र एकताको भावना विकास गर्न
    •  राष्ट्रिय एकता प्रवर्द्धन गर्न
    •  शान्ति, बन्धुत्व, भाईचारा, नैतिकता, सदाचारिता, सुसंस्कार कायम गर्न
    • सुशासन कायम गर्न
    • मानव जीवनलाई माया, प्रेम, दया, शान्ति र अहिंसाप्रति प्रतिवद्ध बनाउन
    • बहुधार्मिक, बहुजातिय, बहुसांस्कृतिक, बहुभाषिक समुदायबीच आपसी समभाव र सहिष्णुता कायम गर्न

     

    मानविय मूल्य मान्यताका समस्याहरु

    • अझै पनि जातीय छुवाछुत, भेदभाव र बहिष्करणको अवस्था रहेको छ
    • सत्य र अहिंसाको भावना मर्दै गएको
    • शान्ति र सद्भावको अवस्था कमजोर रहेको
    • अपराधका नयाँ नयाँ शृंखला बढ्दै गएको
    • जाति, धर्म एवं क्षेत्रिय सम्प्रदाय जस्ता विषयमा राजनीतिकरण हुने गरेको
    • हिंसा, हत्या, बलात्कार, यौनदुर्व्यवहार जस्ता घटना बढ्दै गएको
    • भ्रष्टाचार मौलाएको
    • नैतिकता, एवं लोकतान्त्रिक मूल्य मान्यतामा ह्रास आएको
    • मानवीयतामा दिनप्रतिदिन ह्रासआउँदै गएको
    • विकृति, विसंगति एवं सामाजिक विचलन बढ्दै गएको
    • दया माया र प्रेमको भावनमाह्रास आएको
    • नैतिकता र सादाचारयुक्त कार्यसंस्कृति अभाव रहेको
    • राष्ट्रिय एकता, भ्रातृत्व, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ताको सम्मानमा एकरुपता कायम हुने अवस्था कमजोर रहेको अवस्था छ ।

    नागरिकका कर्तव्यः

    कुनै पनि व्यक्तिले नगरि नहुने कामलाई कर्तव्य भनिन्छ । नैतिक अथवा कानूनी दायित्व नै कर्तव्य हुन् ।कर्तव्य घरप्रति परिवार प्रति समाज प्रति र राज्यप्रति हुन सक्छ। कुनै पनि देशका नागरिकले उक्त देशप्रति निर्वाह गर्ने जिम्मेवारीको समष्टिगत रुप नै नागरिकका राज्यप्रतिको कर्तव्य हो । कर्तव्य अधिकार सँगसँगै आउँछ । कर्तव्य विनाको अधिकार र अधिकार बिनाको कर्तव्यको कुनै अर्थ रहँदैन । जस्तैःजन्मेपछि खान पाउनु बालबालिकाको अधिकार हो । खान दिनु बाबुआमाको कर्तव्य हो ।

     

    नेपालको संविधान बमोजिम नागरिकका कर्तव्यहरुः

    ४८. नागरिकका कर्तव्यः प्रत्येक नागरिकका कर्तव्य देहाय बमोजिम हुनेछन्ः–

    (क) राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु,

    ख)संविधान र कानूनको पालना गर्नु

    ग)  राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु

    घ) सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु

     

    यी बाहेक नागरिकका अन्य कर्तव्यहरु

    • मताधिकारको प्रयोग गर्नु ।
    • सरकारलाई कर तिर्नु ।
    • राष्ट्रिय झण्डा, राष्ट्रिय गान र राष्ट्रिय चिन्हहरुप्रति सम्मान र गर्व गर्नु ।
    • राष्ट्रका खातिर बलिदानी गरेका शहीदहरुप्रति सम्मान गर्नु ।
    • आफ्नो अधिकार र कर्तव्यप्रति सजग रहनु ।
    • लोकतान्त्रीक मूल्य, मान्यता र देशको शासन व्यवस्थाप्रति सम्मान गर्नु
    • राष्ट्रप्रमुख र राज्यप्रमुख लगायतका व्यक्तित्वहरुको सम्मान गर्नु
    • राज्यका विकास निर्माणका क्रियाकलापमा सहभागिता जनाउनु ।
    • राज्यका गलत कामको खवरदारी र राम्रो कामको पैरवी गर्नु ।
    • अनियमितता , भ्रष्टाचार, कालोबजारी जस्ता अनुचित गतिविधि विरुद्ध आवाज उठाउनु
    • विपद् व्यवस्थापनमा सहभागिता जनाउनु

     

    अनुशासन

    नैतिक र कानूनी रुपमा गर्न हुने कार्य गर्ने र गर्न नहुने कार्य नगर्नु नै अनुशासन हो । यो कुनै पनि व्यक्तिले आँफू र अन्यलाई निश्चित सर्त र सीमाभित्र बाँध्नु हो । अर्थात अनर्थ, अनैतिक कामहरुबाट आफुलाई रोक्नु हो ।त्यसैलै अनुशासन एक नैतिक र कानूनी बन्धन हो । कुनै पनि व्यक्ति वा समूहले नैतिक सामाजिक र कानूनी रुपमा प्रचलित मूल्य वा आचारसंहिता भित्र स्वयंलाई बाँध्नु नै अनुशासन हो। यो मानव जातिको सर्वोत्तम गुण हो ।नेपालको निजामती सेवा ऐन २०४९ मा कर्मचारीले पालना गर्नुपर्ने आचरणमा  कर्मचारीले अनुशासनमा रही आफ्नो कर्तव्य इमानदारी र तत्परताको साथ पालन गर्नु पर्नेकुरा उल्लेख गरिएको छ।

     

    सकरात्मक सोच

    कुनै पनि व्यक्तिमा रहेको रहेको असल चारित्रिक गुण वा विशेषता नै सकरात्मक सोच हो ।आशावादी प्रवृत्ति नै सकरात्मक सोच हो।जस्तोसुकै अवस्थामा पनि राम्रो सोच र विचार राख्नु नै सकरात्मक सोच हो ।सकरात्मक सोचले तनाव व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ।सकरात्मक सोचले कुनै पनि व्यक्ति र संगठनमा सकरात्मक उर्जाको प्रवाह गरी व्यक्ति र संगठनलाई सफलताक गन्तव्यमा पुर्याउँछ ।भनिन्छ हामी जस्तो खान्छौं, त्यस्तै हुन्छौं । जस्तो सोच्छौं, त्यस्तै देखिन्छौं ।तसर्थ आँफैमा राम्रो देखिन र सम्पूर्ण समाजमा राम्रो हुन सकरात्मक सोच राख्नुपर्छ।

     

    संगठनमा/ निजामती सेवामा अनुशासन र सकरात्मक सोचको महत्व आवश्यकताः

    • संगठनको लक्ष्य प्राप्तिमा सबै कर्मचारीहरुलाई सामूहिक रुपमा उन्मुख गर्न
    • कर्मचारीलाई जिम्मेवार र जवाफदेही बनाउन
    • संगठनमा हुने अनियमितता भ्रष्टाचार जस्ता गलत प्रवृत्तिहरुलाई निरुत्साहन गर्न
    • कर्मचारीको आचरणगत व्यवहारमा सुधार ल्याउन
    • संगठनका सबै सदस्यहरुबीच सुमधुर सम्बन्ध काय गर्न
    • व्यक्तिगत आत्मसम्मान र सन्तुष्टिको अभिवृद्धि गर्न
    • नैतिकता र सदाचारिताको विकास गर्न
    • आफ्ना हकप्रति सचेत हुँदै कर्तव्य निर्वाहमा अभिप्रेरित हुन
    • सेवाग्राहीसँगको सम्बन्ध सुमधुर बनाउन
    • सभ्य र सुसंस्कृत समाजको निर्माण गर्न

     

    नागरिकमा अनुशासन र सकरात्मक सोचको विकास हुन नसक्नुका कारणहरु

    • नैतिक शिक्षाको कमी
    • उच्च नेतृत्वमा नै सदाचारिता ईमान्दारिता व्यवसायिकताको अभाव
    • नागरिक चेतनाको अभाव
    • कानूनको प्रभावकारी कार्यान्वयन नहुनु
    • दण्डहिनता र अराजकता
    • व्यक्तिमा लोभ लालच दुराचार र भ्रष्टाचारको मनोवृत्ति रहनु
    • असल राजनीतिक सामाजिक सांस्कृतिक संस्कारको अभाव
    • मानविय मूल्य मान्यता संवेदनाको कदर गर्ने संस्कृतिको अभाव
    • अनुशासनमा रहे कर्तव्य निर्वाह गर्नुपर्छ भन्ने गलत धारणा
    • समाजमा सम्पत्तिलाई महत्व दिईनु र गलत तरिकाले सम्पति आर्जन गरेतापनि उसको समाजमा सम्मान र मर्यादा रहने गलत संस्कार रहनु
    • वालवालिकमा घर परिवार र विद्यालय देखि सकरात्मक सोच अनुशासन र नैतिकताका कुरामा ध्यान नदिईनु ।
    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100