1. सन् १९८३ मा गठन भएको दिगो विकास सम्बन्धित पहिलो आयोगको नाम कुन हो ?
A. बु्रटल्याण्ड आयोग B. स्टकहोम आयोग
C. हेलसिन्कि आयोग D. कोप आयोग
2. देहायका भनाई विचार गर्नुहोस् ।
१. पृथ्वीको जुम्ल्याहा ग्रह भनेर शुक्रलाई चिनिन्छ ।
२. शनि ग्रह ग्यालिलियोले पत्ता लगाएका हुन ।
३. एकापट्टि तातो र अर्को पट्टि चिसो हुने ग्रह बुध हो ।
A.१ र २ ठिक B. २ र ३ ठिक C. सबै ठिक D. ३ बेठिक
3. बृहस्पति ग्रहका उपग्रह देहायका मध्ये कुन कुन हुन ?
A. फोबोस र डिमस B. गेनिमेड र लिडा C. टाईटन र फोबे D. टिट्रोन र लिडा
4. निम्न मध्ये कुन भनाई ठिक छ ?
१. भूकम्पको अध्ययन गर्ने विषयलाई सिस्मोलोजी भनिन्छ ।
२. लाभा निस्कने कचौरा जस्तो प्वाललाई पेटी भनिन्छ ।
३. आन्ध्र महासारले युरोप, एशिया र अफ्रिका महादेशलाई छुट्याउदछ ।
A. १ र २ ठिक B. १ र ३ ठिक C. सबै ठिक D. सबै बेठिक
5. आन्ध्र महासागरको सबैभन्दा गहिरो भाग कुन हो ?
A. मारियाना टे«न्च B. जाभा टेन्च C. मोली द्धिप D. प्युट्र्रोरिको द्धिप
6. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a. फर्पिङ जलविद्युत 1. निजी क्षेत्र
b. कालीगण्डकी ‘ए’ 2. बेलायत सरकार
c. मध्य मस्र्याङ्दी 3. नेपाल सरकार
d. खिम्ती जलविद्युत 4. जर्मन सरकार
5. एडीवी
A) a2,b1,c3,d5 B) a1,b5,c4,d3 C) a2,b5,c4,d3 D) a2,b5,c4,d1
7. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a. आयोजना तथा परियोजना 1.प्रदेशको अधिकार
b. गुठी व्यवस्थापन 2.साझा अधिकार
c. एफ.एम सञ्चालन 3.संघको अधिकार
d. विपद व्यवस्थापन 4.स्थानीय तहको अधिकार
A) a1,b2,c3,d4 B) a3,b1,c4,d2 C) a2,b3,c4,d1 D) a4,b2,c1,d3
8.क्षेत्रफलका हिसावले सानोबाट ठूलो सार्क राष्ट्र क्रम कुन हो ?
A.माल्दिभ्स, भुटान, नेपाल, श्रीलंका, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, भारत
B.भुटान,माल्दिभ्स, नेपाल, श्रीलंका, बंगलादेश, अफगानिस्तान, पाकिस्तान, भारत
C.माल्दिभ्स, भुटान, श्रीलंका, नेपाल, बंगलादेश, अफगानिस्तान, पाकिस्तान, भारत
D.माल्दिभ्स, भुटान, श्रीलंका, बंगलादेश, नेपाल, अफगानिस्तान, पाकिस्तान, भार
9. संयुक्त राष्ट्रसंघका (United Nation’s Organization) परिवेक्षक निम्न मध्ये कुन कुन हुन ?
A. होली सी र म्यानमार B. होली सी र स्टेट अफ प्लालेस्टाईन
C. यूरोपियन युनियन र स्टेट अफ प्लालेस्टाईन D. होली सी र यूरोपियन युनियन
10. युरोपियन युनियन (EU) Inner Six भित्र देहायका मध्ये कुन देश पर्दैन ?
A. जर्मनी B. नेदरल्याण्ड C. आयरल्याण्ड D. बेल्जियम
11.राष्ट्रिय जनगणना,2078 अनुसार तलका जोडा विचार गर्नुहोस् ।
1. नेपालको जनसंख्या वृद्धिदर – 0.92%
2. बिजूली बाल्ने – 92.2 %
3. मानिस बसाई सरेको जनसंख्या – 32%
माथि दिइएका जोडाहरु कुन कुन ठिक छन ।
A) 1 and 2 B) 1 and 3 C) 2 and 3 D) All of above
12. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
समुह I समुह II
a. WWF 1. सन् १९७२ जुन ५
b. CITIES 2. सन् १९६१ अप्रिल २९
c. IUCN 3. सन् १९४८ अक्टोबर
d. UNEP 4. सन् १९७५ जुलाई १
A) a2,b4,c1,d3 B) a2,b4,c3,d1 C) a4,b1,c3,d2 D) a3,b4,c1,d2
13.Global – 500 पुरस्कार कुन क्षेत्रमा काम गरेबापत दिईन्छ ?
A. जनसंख्या नियन्त्रण B. लागु औषध विरुद्धको अभियान
C. वातावरण संरक्षण D. निरक्षरता उन्मुलन
14.बौद्ध धर्मका महावीर मध्ये ताम्राशिला महाविहार कुन देशमा अवस्थित रहेको छ ?
A. पाकिस्तान B. भारत C. श्रीलंका D. थाईल्याण्ड
15. 96औ ओस्कर अवार्डका लागि नेपालबाट सिफारिस भएको फिल्म कुन हो ?
A) ऐनाको झ्यालको पुतली B) हल्कारा C. बुलबुल D. कालो पोथी
16. राष्ट्रिय जनगणना २०७८ नतिजा अनुसार सबै भन्दा बढी र कम जनसंख्या वृद्धिदर भएको प्रदेश कुन हो ?
A. बागमति र गण्डकी B. बागमति र लुम्बिनी
C. गण्डकी र बागमती D. बागमति र कर्णाली
17. तलका समुह I र समुह II बिच जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a. थर्मामिटर 1. गुग्लिल्लिो मार्कोनी
b. साईकल 2. कर्कप्याट्रिक मेकमिलन
c. डाईनामो 3. माईकल फराडे
d. रेडियो 4. ग्यालिलियो ग्यालिली
A) a4,b2,c3,d1 B) a1,b2,c3,d4 C) a3,b2,c4,d1 D) a2,b1,c3,d4
18. सबै भन्दा पहिला स्थापना भएको औद्योगिक क्षेत्र कुन हो ?
A. हेटौडा B. बालाजु C. पाटन D. बुटवल
19. छिन्नमस्ता भगवतीको मन्दिर सप्तरी जिल्लामा पर्दछ भने गढीमाईको मन्दिर कुन जिल्लामा पर्छ ?
A. सुनसरी बारा B. बारा C. पर्सा D. संखुवासभा
20. देहायका मध्ये कुन कुन भिटामिन (Vitamin) पानीमा घुल्दछन ?
A) B and C B) A and D C) B and K D) a and b both
Answers:
1. A 11. D
2. C 12. B
3. B 13. C
4. B 14. C
5. D 15. B
6. D 16. A
7. B 17. A
8. C 18. B
9. B 19. B
10. C 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 488