1. तल दिइएका झरनाहरुको अवस्थिति कुन गलत छ ?
A. चेपे नदी – मनाङ B. फुङफुङ – नुवाकोट
C. दिप्रुङ – खोटाङ D. ओडारी – ओखलढुंगा
2. क्षेत्रफलका आधारमा सानोबाट ठुलोमा राष्ट्रहरुको सही क्रम कुन हो ?
A. ब्राजिल, चीन, अमेरिका, रुस र क्यानडा B. ब्राजिल, चीन, रुस, क्यानडा र अमेरिका
C. ब्राजिल, चीन, अमेरिका, क्यानडा र रुस D. चीन, ब्राजिल, अमेरिका, क्यानडा र रुस
3. राष्ट्रिय जनगणना 2078 अनुसार 15 देखि 59 वर्षको उमेर समुहकाहरुको जनसंख्या कति रहेको छ ?
A)61.97% B) 50.61% C) 65.96% D) 61.96%
4. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
1. अमाली प्रथाको खारेजी – वि.सं. १९६५
2. गोरखा भाषा प्रकाशिनी समितिको स्थापना – वि.सं. १९६९
3. त्रिचन्द्र कलेजको स्थापना -वि.सं. १९७५
4. ऐतिहासिक मकै पर्वको घटना – वि.सं. १९८०
माथिका जोडाहरु मध्ये कुन जोडा गलत हो ?
A. १ र ४ B. २ र ३ C. १ र २ D. सबै गलत
5. भक्तपुरको न्यातपोल मन्दिर कुन शैलीमा बनेको छ ?
A. प्यागोडा शैली B. शिखर शैली C. मुगल शैली D. राजपुत शैलि
6. गोरखापत्रमा दैनिक प्रकाशनमा थप भएका नयाँ दुई भाषा कुन कुन हुन ?
A.डोटेली र बञ्जिका B.मारवाडी र डडेल्धुरा C.राणा थारु र याक्खा D.याक्खा र डडेल्धुरेली
7. नेपालमा हुलाक सेवा कहिले देखि सञ्चालन भएको मानिन्छ ?
A. वि.सं. १९३० B. वि.सं. १९२५ C. वि.सं. १९३८ D. वि.सं. १९३५
8. तल दिइएका मध्ये कुन चाहि थर्मोसेटिङ प्लाष्टिक हो ?
A) PVC B. नाईलन C. पोलिथिन D. बेकेलाईट
9.राष्ट्रिय जनगणना 2078 अनुसार कम साक्षरता दर जिल्लाको क्रम मिलाउनुहोस् ।
1.रौतहट, महोत्तरी, सर्लाही, हुम्ला र बारा
2.रौतहट, सर्लाही, महोत्तरी, हुम्ला र बारा
3.रौतहट, महोत्तरी, हुम्ला, सर्लाही र बारा
4.रौतहट, महोत्तरी, सर्लाही, बारा र हुम्ला
माथिको क्रम कुन सहि छ ।
A) 4 B) 3 C) 2 D) 1
10. दरबार हाईस्कुलमा सर्वसाधारणका लागि कहिलेदेखि खुला गरियो ?
A. वि.सं. १९२७ B. वि.सं. १९३२ C. वि.सं. १९४१ D. वि.सं. १९४२
11. रामसार कन्भेन्सन निम्न मध्ये कुन सँग सम्बन्धित छ ?
A. जैविक विविधता संरक्षण B. पर्यटन संरक्षण
C. सिमसार क्षेत्र संरक्षण D. प्रदुषण नियन्त्रण
12. जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकाको रामीडाँडालाई केन्द्र बिन्दु बनाएर भुकम्प कहिले गएको हो ?
A) 2080/7/07 B) 2080/7/17 C) 2080/7/18 D) 2080/6/17
13. सहि जोडा मिलाउनुहोस् ।
समूह I समूह II
a. राष्ट्रिय सुरक्षा परिषद् 1. धारा २१७
b. संवैधानिक परिषद् 2. धारा २८४
c. न्याय परिषद् 3. धारा २६६
d. न्यायिक समिति 4. धारा १५३
A) a1,b2,c3,d4 B) a2,b1,c4,d3 C) a3,b4,c2,d1 D) a3,b2,c4,d1
14. पैत्रिक सम्पतिमा सबै सन्तानको समान हक हुने व्यवस्था कुन मौलिक हक अन्तर्गत पर्दछ ?
A. स्वतन्त्रताको हक B.महिलाको हक C. समानताको हक D.सम्पतिको हक
15.नागरिकता सम्बन्धि विधेयक कहिले प्रमाणीकरण गरियो ?
A. २०८० जेठ १२ B. २०८० जेठ १४ C. २०८० जेठ १६ D. २०८० जेठ १७
16. तलका भनाई विचार गरि सहि उत्तर छनोट गर्नुहोस् ।
१. SAARC मा ८ सदस्य राष्ट्र रहेका छन ।
२. SAARC सामाजिक बडापत्रमा १२ ओटा धारा रहेका छन ।
३. संयुक्त राष्ट्रसंघको बडापत्रमा १११ धारा रहेका छन ।
A. सबै सहि B. १ र २ सहि C. १ र ३ सहि D. सबै गलत
17.G-20 मा पर्ने एशियाली मुलुकको समुह कुन सहि छ ?
A. भारत, जापान, इन्डोनेशिया, चीन, दक्षिण कोरिया र साउदी अरब
B. भारत, जापान, चीन, दुबई, सिंगापुर, टर्कि र साउदी अरब
C. चीन, दक्षिण कोरिया, दुबई, सिंगापुर, मकाउ र साउदी अरब
D. दुबई, सिंगापुर, मकाउ, चीन, दक्षिण कोरिया र साउदी अरब
18. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राडार परियोजना कुन देशको सहयोगमा सञ्चालित छ ?
A. जापान B. चीन C. बेलायत D. अमेरिका
19. आर्थिक सर्वेक्षण २०७९÷८० अनुसार GDP मा उत्पादन क्षेत्रको योगदान कति प्रतिशत रहेको छ ?
A) 5.3% B) 1.6% C) 0.46% D) 5.5%
20. पन्ध्रौ योजनाले योजनाको अन्तिम सम्म स्थानीय तहमा महिला प्रतिनिधित्व कति पु¥याउने लक्ष्य लिएको छ ?
A) 50% B) 55% C) 60% D) 70%
उत्तरहरु:
1. D 11. C
2. C 12. B
3. D 13. D
4. A 14. C
5. A 15. D
6. D 16. A
7. D 17. A
8. D 18. A
9. D 19. D
10. D 20. A
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100