काठमाडौं महानगरले नि:शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने - Chaitanya News
  • 2026-09-19
  • 06:15:34
  • शनिबार,आश्विन ०३, २०८३
  • काठमाडौं महानगरले नि:शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

    काठमाडौं महानगरले नि:शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

    काठमाडौं महानगरपालिकाले नि:शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । बढ्दो शैक्षिक बेरोजगार न्यूनीकरण गर्न र युवा शक्तिलाई स्वदेशमै रोक्ने उद्देश्यले परिषद्ले  कक्षा सुरु गरेको हो।

    काठमाडौं महानगरको सामाजिक विकास विभागले सूचना जारी गर्दै चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागिएको जानकारी दिएको छ । काठमाडौं महानगरले महानगरमा बसोबास गर्ने स्थायी बासिन्दाका लागि शाखा अधिकृत, नायब सुब्बा र खरिदारको को निःशुल्क कक्षा तयारी गर्ने भएको हो ।

    कक्षामा सहभागी हुन चाहनेले नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि र स्थायी बसोबास रहेको प्रमाणपत्र प्रतिलिपि सूचना जारि भएको ७ दिन भित्र पेस गर्नु पर्नेछ । साथै नासु खरिदार स्तरको तयारि कक्षामा सहभागि हुनको लागि प्रमाणपत्र तह र अधिकृत स्तरको लागि स्नातक तहको शैक्षिक प्रमाण पत्र पेस गर्नु पर्नेछ