1. तलका भनाईहरु बारे विचार गर्नुहोस् ।
१. प्रतिनिधिसभा निर्वाचन २०७९ दुई चरणमा भएको हो ।
२. संघीय संसदको राष्ट्रिय सभामा ५९ जना सदस्य रहन्छन ।
३. संघीय प्रतिनिधि सभामा तिन जना सदस्य राष्ट्रपतिबाट मनोनयन हुन्छन ।
A. १ मात्र सहि B. २ मात्र सहि C. ३ मात्र सहि D. सबै सहि
2. राष्ट्रिय झण्डा सम्बन्धि व्यवस्था नेपालको संविधानको कुन धारामा रहेको छ ?
A. धारा ७ B. धारा ८ C. धारा ११ D. धारा १३
3.तलका कथन अध्ययन गर्नुहोस् ।
१. नेपाल सन् २०२४ देखि २०२६ को लागि संयुक्त राष्ट्र संघीय मानव अधिकार परिष्दको सदस्यमा निर्वाचित भएको छ ।
२. ग्ल्इ को दिगो विकास समाधान नेटवर्कद्धारा प्रकाशित विश्व खुसी सुचकांकमा नेपाल २०२३ मा ७८ औ स्थानमा छ ।
A. १ ठिक २ बेठिक B. १ बेठिक २ ठिक C. दुवै बेठिक D. दुबै ठिक
4. तलका भनाई विचार गरि सहि विकल्प छान्नुहोस् ।
१. शे- फोक्शुण्डो राष्ट्रिय निकुञ्ज डोल्पा र मुगु जिल्लामा अवस्थित छ ।
२. UNO गुणस्तर चिन्ह प्राप्त गर्ने पहिलो नगरपालिका तिलोत्तमा नगरपालिका हो ।
३. Asia – Co-operation Dialogue (ACD) को नेपाल ३४ औ सदस्य राष्ट्र हो ।
A. १ र २ सहि B. १ र ३ सहि C. २ र ३ सहि D. सबै सहि
5. प्रत्येक आमाले आफ्ना बच्चा र बिरुवालाई बराबर ममता प्रदान गर्नुपर्दछ । भन्ने नाराका साथ शूरु भएको वातावरण संरक्षण अभियान कुन हो ?
A. क्योटो प्रोटोकल B. अर्थ समिट C. ग्रीन बेल्ट मूभमेण्ट D. चीपको आन्दोलन
6.निम्न कथनहरु अध्ययन गर्नुहोस् ।
१. MCCसंयुक्त राज्य अमेरिकाको एक गैरसरकारी संस्था हो जसले आर्थिक बृद्धिबाट विश्वव्यापी गरिबी घटाउन काम गरिरहेको छ ।
२. मिलिनियम च्यालेन्ज कर्पोरेसन MCC प्रतिनिधि सभाबाट वि.सं. २०७७ साल फागुन १५ गते अनुमोदन भएको हो ।
A. १ ठिक २ बेठिक B. १ बेठिक २ ठिक C. सबै ठिक D. सबै बेठिक
7. पेरिटो मोरिनो हिमनदी कुन महादेशमा अवस्थित रहेको छ ?
A. अफ्रिका B. अन्टार्कटिका C. दक्षिण अमेरिका D. अष्टेलिया
8. निम्न मध्ये कुन जोडा गलत छ ?
नदी विलय हुने ठाउँ
A. नाईल – भूमध्यसागर
B. अमेजन – आन्ध्र महासागर
C. मिसिसिपी – ब्लाक सी
D. भोल्गा – क्यास्पियन सागर
9. चागुँनारायण मन्दिरको निर्माण कुन राजाले गरेका हुन ?
A. उद्यदेव B. नरेन्द्रदेव C. मानदेव D. अंशुवर्मा
10. जोडा मिलाउनुहोस् र कोडबाट सहि उत्तर छान्नुहोस् ।
a. कलाकार अरनिको चिन प्रस्थान 1. वि.सं. २०३७ बैशाख २० गते
b. द्रव्य शाहद्धारा गोरखा राज्यको स्थापना 2. वि.सं. १७२७
c. प्रताप मल्लद्धारा रानीपोखरीको निर्माण 3. वि.सं. १६१६ भाद्र २५ गते
d. ऐतिहासिक जनमत संग्रह भएको 4. वि.सं. १३१०
A) a4,b3,c1,d2 B) a4,b3,c2,d1 C) a3, 4,c2,d1 D) a1,b2,c3,d4
11. चन्द्रमाको परिक्रमा गर्ने पहिलो अन्तरिक्ष यान कुन हो ?
A) Luna – 10 B) Viking -1 C) Eagle D) Apollo – 11
12. विश्वको जनसंख्या कहिले ८ अर्व पुग्यो ?
A) 2023 नोभेम्बर 15 B) 2023 सेप्टेम्बर 15 C) 2022 सेप्टेम्बर 15 D) 2022 नोभेम्बर 15
13. .थारु सांस्कृतिक सङग्रहालय कहाँ रहेको छ ?
A. परासी, नवलपरासी B. ठाकुरद्धार , नवलपरासी
C. लमही, दाङ D. ठाकुरद्धार, बर्दिया
14. आर्थिक सर्वेक्षण २७९/८० अनुसार सेवा क्षेत्रको योगदान कति रहेको छ ?
A) 64.2% B) 63.4% C) 61.4% D) 62.4%
15. पन्ध्रौ योजनाको अन्त्य सम्म १५ वर्ष माथिको साक्षरता दर कति प्रतिशत पु¥याउने लक्ष्य रहेको छ ?
A. ८० प्रतिशत B. ९३ प्रतिशत C. ९५ प्रतिशत D. १०० प्रतिशत
16. नेपालमा जनक शिक्षा सामाग्री केन्द्रका लागि वैदेशिक सहयोग गर्ने मुलुक कुन हो ?
a. बेलायत B. चीन C. भारत D. अमेरिका
17. नेपाल सरकार र ने.क.पा माओवादी बीच विस्तुत शान्ति सम्झौतामा हस्ताक्षर भएको हो ?
A. वि.सं. २०६३ मंसिर ५ B. वि.सं. २०६४ जेठ ४
C. वि.सं. २०६४ जेठ ५ D. वि.सं. २०६३ मंसिर ४
18. निम्न भनाई मध्ये कुन गलत छ ?
A. म्याग्नाकार्टामा हस्ताक्षर गर्ने राजा जोन द्धितीय हुन ।
B. म्याग्नाकार्टा सन् १९२६ जुन १५मा जारि भएको हो ।
C. भ्रष्ट चर्चलाई नष्ट गरिदेऊ भन्ने साहित्यकार भोल्तेयर हुन ।
D. विश्वकै पहिलो लिखित संविधान अमेरिकी संविधान हो ।
19. भारतमा अहिंसामा आधारित असहयोग आन्दोलन कहिले देखि सुरु भएको हो ?
A. सन् १९१८ B. सन् १९१९ C. सन् १९२० D. सन् १९२१
20. भित्रि मधेशका जिल्लाहरु ठुलो देखि सानो क्रम मिलाउनुहोस् ।
A. दाङ, सिन्धुली, सुर्खेत, मकवानपुर, चितवन, उद्यपुर, नवलपरासी
B. दाङ, सुर्खेत, सिन्धुली, मकवानपुर, चितवन, उद्यपुर, नवलपरासी
C. दाङ, सिन्धुली, मकवानपुर, सुर्खेत, चितवन, उद्यपुर, नवलपरासी
D. दाङ, सिन्धुली, सुर्खेत, चितवन, मकवानपुर, उद्यपुर, नवलपरासी
उत्तरहरुः
1. B 11. A
2. B 12. D
3. D 13. D
4. D 14. D
5. C 15. C
6. A 16. D
7. C 17. A
8. C 18. B
9. C 19. C
10. B 20. A
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100