लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-06-08
  • 02:55:20
  • आइतबार,जेठ २४, २०८३
  • लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर)

    आर्थिक विकास परिचय

    कुनै पनि क्षेत्रमा हुने सकारात्मक परिवर्तनलाई विकास भनिन्छ । विकास बहुआयामिक विषय हो ।

    • विकासका आयमहरुमध्ये एक प्रमुख आयाम आर्थिक विकास हो ।
    • आर्थिक क्षेत्रमा हुने सकारात्मक परिवर्तनलाई आर्थिक विकास भनिन्छ ।
    • समग्र आर्थिक क्षेत्रमा भएको परिमाणात्मक र गुणात्मक बृद्धिलाई नै आर्थिक विकासको रुपमा लिईन्छ।
    • यसले मानव जीवनको समग्र विकास र सोको न्यायोचित वितरणलाई जोड दिन्छ ।
    • यसको मापन मानव विकास सूचकाङ्क, लैङ्गिक विकास सूचकाङ्क र मानव गरिबी सूचकाङ्कलाई आधार मानेर गरिन्छ।

    नेपालको आर्थिक विकासका प्रमुख समस्याहरु

    नेपालको आर्थिक विकासका प्रमुख समस्याहरुलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

    • बढ्दो बेरोजगारी
    • गरिबी तथा गरिबीको दुष्चक्र
    • दक्ष जनशक्तिको कमी
    • बढ्दो भ्रष्टाचार
    • अनियन्त्रित जनसंख्या बृद्धि
    • शान्ति सुरक्षाको अभाव
    • अशिक्षा र जनचेतनाको कमी
    • वातावरण प्रदुषण
    • उद्योग व्यवसायको कमी
    • बढ्दो व्यापार घाटा

    आर्थिक विकास र आर्थिक बृद्धि बीचको भिन्नता

    मुलुकको अर्थतन्त्रमा आउने मात्रात्मक बढोत्तरी आर्थिक बृद्धि हो भने अर्थतन्त्रमा देखा पर्ने गुणात्मक बढोत्तरी आर्थिक विकास हो । यी दुवै विकासका महत्वपूर्ण अवयव हुन् । आर्थिक विकास र आर्थिक वृद्धिबीचको भिन्नतालाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

    आर्थिक वृद्धि भिन्नताको आधार आर्थिक विकास
    अर्थतन्त्रमा हुने बढोत्तरी नै आर्थिक बृद्धि हो । परिचय आर्थिक सूचकहरुमा हुने बढोत्तरी एवं त्यसको न्यायोचित वितरण नै आर्थिक विकास हो ।
    यो उत्पादनसँग सम्बन्धित छ। सम्बन्धित यो उत्पादकत्वसँग सम्बन्धित छ ।
    यो आर्थिक सूचकहरुमा हुने परिमाणात्मक परिवर्तन हो । प्रकृति यो आर्थिक सूचकहरुमा हुने गुणात्मक परिवर्तन हो ।
    यसले उत्पादनमा हुने बृद्धि सँग मात्र सम्बन्धित छ । आयाम यो आर्थिक वृद्धि सँगसँगै सामाजिक, मानवीय पक्षमा आउने सुधारसँग सम्बन्धित छ ।
    यो साधन हो । स्वरुप यो साध्य हो ।

     

    कृषि परिचय

    • जमिनको खनजोत गरी अन्नबाली, तरकारी तथा फलफूलको उत्पादन गर्ने र घाँसपातको उपयोग गरी पशुपालन गर्ने कार्यलाई कृषि भनिन्छ ।
    • खाद्यन्न तथा उद्योगका लागि कच्चा पदार्थ आपूर्ति गर्ने मूख्य क्षेत्र कृषि हो ।
    • १५ औं योजना अनुसार नेपालको कूल ग्राहस्त उत्पादनमा कृषि क्षेत्रको योगदान २७% बाट २२.३% मा पुर्‍याउने लक्ष्य रहेको छ ।
    • पन्धौ योजनामा नेपालमा कृषि क्षेत्रमा संलग्न जनशक्ति ६०.४% रहेको उल्लेख गरिएको छ ।
    • आर्थिक सर्वेक्षण अनुसार आ.ब २०७९/०८०मा कृषि क्षेत्रको GDP मा २४.१% योगदान रहने अनुमान छ ।
    • सन् २०२१ को श्रम सर्वेक्षण अनुसार कृषि क्षेत्रमा संलग्न जनशक्ति ५०.४% रहेको छ ।

    कृषि क्षेत्रको महत्व

    • जीवन निर्वाह गर्न
    • राष्ट्रिय आयमा अभिबृद्धि गर्न
    • रोजगारीको सृजना गर्न
    • खाद्यन्नको आपूर्ति गर्न
    • उद्योगको लागि आवश्यक कच्चा पदार्थ उपलब्ध गराउन
    • आम्दानी र बचत गर्न
    • व्यापारघाटा न्यूनिकरण गर्न
    • पूँजी निर्माण गर्न
    • गरिबी निवारण गर्न
    • सरकारको राजस्वमा योगदान पुर्‍याउन

         नेपालमा कृषि क्षेत्रमा देखिएका समस्या

    नेपालमा कृषि क्षेत्रमा देखिएमा समस्याहरु देहायबमोजिमका रहेका छन् ।

    • सिंचाईको अभाव रहनु
    • कृषि क्षेत्र परम्परागत प्रणालीमा आधारित रहनु
    • उर्वर भूमिमा खेतीपाती नगरी गैरकृषि प्रयोजनका लागि भूमिको प्रयुग गर्नु
    • कृषि भूमि अभिक्रमण हुनु
    • उत्पादित कृषि सामाग्रीको उचित भण्डारण हुनु नसक्नु
    • कृषि क्षेत्रमा निजी क्षेत्रको लगानी न्यून रहनु
    • दक्ष जनशक्तिको अभाव
    • उन्नत विउ बीजनको अभाव
    • अत्याधिक विषादीको प्रयोग हुनु
    • रासायनिक मलको अभाव हुनु
    • प्रविधिको न्यून प्रयोग हुनु
    • लागत महँगो हुनु

                 नेपालको कृषि क्षेत्रको विशेषता

    नेपालको कृषि क्षेत्रको विशेषताहरु देहायबमोजिमका छन् ।

    • निर्वाहमुखी कृषि प्रणाली रहेको
    • मनसुनमा आधारित कृषि प्रणाली
    • धेरै जनसंख्या कृषि क्षेत्रमा निर्भर रहेको
    • कृषि क्षेत्रमा संलग्न व्यक्तिहरु अशिक्षित रहनु
    • कूल कृषि उत्पादनमा खाद्यन्न बालीको प्रधानता रहेको
    • कृषि पेशामा लाग्नेहरु अर्धबेरोजगार रहेका

    पन्ध्रौ योजनामा कृषि सम्बन्धी सोच, लक्ष्य, उद्देश्य र रणनीति

    • सोच
    • खाद्य र पोषण सुरक्षा तथा खाद्य संप्रभुता सहितको दिगो, प्रतिस्पर्धी एवं समृद्ध कृषि अर्थतन्त्र
    • लक्ष्य
    • प्रतिस्पर्धी, जलवायु अनुकूल, आत्मनिर्भर एवम् निर्यातमुखी उद्योगको रुपमा कृषिक्षेत्रलाई रुपान्तरण गर्दै समावेशी र दिगो आर्थिक बृद्धि गर्ने
    • उद्देश्य
    • कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्वको बृद्धि गरी खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्नु
    • कृषिमा आधारित उद्योगको विकास गरी रोजगारी र आम्दानी बृद्धि गर्नु
    • व्यवसायीकरण तथा प्रतिस्पर्धात्मक क्षमता विकास गरी कृषि क्षेत्रको व्यापार सन्तुलन गर्नु
    • रणनीति
    • संघ, प्रदेश र स्थानीय तह तथा सम्बन्धित सरोकारवालासँगको समन्वय तथा सहकार्यमा कृषि सम्बन्धी नीति, कानून तथा योजना निर्माण गरी कृषिको उत्पादन र उत्पादकत्व बृद्धि गर्ने
    • कृषि क्षेत्रको उत्पादकत्व बृद्धि गर्न शिक्षा, अनुसन्धान र प्रसार पद्धतिलाई एकीकृत गर्दै प्रभावकारी बनाउने र गुणस्तरीय उत्पादन सामाग्री तथा सेवाको उपलब्धताको सुनिश्चितता गर्ने
    • कृषिमा निजी क्षेत्रको लगानी बृद्धिको उचित वातावरण सिर्जना गर्न नीति तथा संरचनागत सुधार र कार्यक्रमगत सहयोग तथा सहजीकरण गर्ने
    • कृषि पूर्वाधारको विकास, बजार सूचना प्रणालीको स्थापना, साना तथा मझौला कृषि उद्यमशीलताको विकास, खाद्य स्वच्छता तथा गुणस्तर अभिबृद्धि गर्दै प्रतिस्पर्धात्मक क्षमता बृद्धि गर्ने
    • स्थानीय सम्भाव्यताको आधारमा उत्पादनशील कृषकहरुको प्राविधिक, व्यवसायिक तथा संस्थागत क्षमता अभिबृद्धिका साथै उनीहरुको अधिकार सुनिश्चित गर्दै उत्पादन र बजारीकरणलाई नाफामूलक बनाउने
    • तुलनात्मक लाभ एवम् उच्च मूल्य बाली तथा वस्तुको बजारीकरण गरी निर्यात प्रबर्द्धन गर्ने
    • जलवायु परिवर्तन र प्रकोपबाट पर्ने नकारात्मक असर न्यूनीकरण गर्दै जलवायु अनुकूलन तथा उत्थानशील प्राङ्गारिक लगायतका कृषि प्रविधिको विकास र विस्तार गर्ने

       

    उद्योग परिचय

    पुँजी, सीप र साधनको प्रयोग गरि वस्तु तथा सेवा उत्पादन गर्ने क्षेत्र नै उद्योग हो ।

    • उद्योगलाई आर्थिक विकासको महत्वपूर्ण पक्ष मानिन्छ ।
    • आर्थिक सर्वेक्षण अनुसार आ.व २०७९/०८० मा नेपालको कूल ग्राहस्थ उत्पादनमा औद्योगिक उत्पादनको योगदान ५.३% रहने अनुमान छ।
    • आर्थिक बर्ष २०७९/८० को फागुनसम्म ८,९५७ उद्योग मध्ये ठूला, मझौला र साना उद्योगको हिस्सा क्रमश: १५.१%, २३.१% र ६१.८% रहेको छ ।

    उद्योगको महत्व

    उद्योगको महत्वालाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

    • जनताको आवश्यकता पूर्ति गर्न
    • रोजगारी सिर्जना गर्न
    • सरकारी राजस्व अभिबृद्धि गर्न
    • गरिबी न्यूनिकरण गर्न
    • प्रतिव्यक्ति आयमा बृद्धि गर्न
    • अन्तर्राष्ट्रिय व्यापार प्रबर्धन गर्न
    • साधन र स्रोतको सदुपयोग गर्न
    • मुलुकको आर्थिक विकास गर्न

     

    औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार उद्योगका प्रकारहरु

    औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार उद्योगका प्रकारहरु देहायबमोजिमका रहेका छन् ।

    • स्थीर पुँजीको आधारमा
    • लघु उद्योग
    • घर जग्गा बाहेक २० लाख रुपैयाँ सम्म स्थीर पुँजी रहेका उद्योग
    • घरेलु उद्योग
    • परम्पारागत सीप र प्रविधिमा आधारित उद्योग
    • साना उद्योग
    • लघु र घरेलु उद्योग बाहेकका १५ करोड सम्म स्थीर पुँजी भएका उद्योग
    • मझौला उद्योग
    • १५ देखि ५० करोड सम्म स्थीर पुँजी भएका उद्योग
    • ठूला उद्योग
    • ५० करोड भन्दा बढी स्थीर पुँजी भएका उद्योग
    • उद्योगबाट उत्पादन हुने वस्तु वा सेवाको प्रकृतिको आधारमा
    • उर्जामूलक उद्योग
    • उर्जा उत्पादन गर्न स्थापित उद्योग
    • उत्पादनमूलक उद्योग
    • कच्चा पदार्थको प्रयोग गरी मालवस्तु उत्पादन गर्ने उद्योग
    • कृषि तथा वन पैदावारमा आधारित उद्योग
    • कृषि र वन पैदावारमा आधारति कच्चा पदार्थको प्रयोग गरी मालवस्तु उत्पादन गर्ने उद्योग
    • खनिज उद्योग
    • खनिज प्रशोधन गरि मालवस्तुहरु उत्पादन गर्ने उद्योग
    • पूर्वाधार उद्योग
    • भौतिक पूर्वधारहरु निर्माण गरी सञ्चालन गर्ने उद्योगहरु
    • पर्यटन उद्योग
    • पर्यटन सेवा सँग सम्बन्धित उद्योगहरु
    • सूचना प्रविधि, सञ्चार प्रविधि तथा सूचना प्रसारण प्रविधिमा आधारित उद्योग
    • सूचना प्रविधिको सेवा उपलब्ध गराउने उद्योगहरु
    • सेवामूलक उद्योग
    • सेवा उत्पादन र प्रदान गर्ने उद्योगहरु

               नेपालमा उद्योग क्षेत्रमा देखिएका समस्याहरु

    नेपालमा उद्योग क्षेत्रमा देखिएका समस्याहरु देहायबमोजिमका रहेका छन् ।

    • उद्योगका लागि आवश्यक भौतिक पूर्वाधारको अभाव हुनु
    • राजनीतिक अस्थिरता हुनु
    • दक्ष जनशक्तिको अभाव हुनु
    • पुँजीको अभाव रहनु
    • कच्चा पदार्थको अभाव हुनु
    • औद्योगिक उत्पादनहरु गुणस्तरहिन हुनु
    • उद्योगपति र मजदुरबीच सुसम्बन्धको अभाव रहनु
    • वैदेशीक लगानीलाई आकर्षित गर्न नसकिनु
    • प्रविधिको अभाव रहनु
    • सरकारले औद्योगिक विकासका लागि उच्च प्राथमिकता दिन नसक्नु

     पन्धौ योजनमा उद्योगका सम्बन्धमा व्यवस्था गरिएका सोच, लक्ष्य, उद्देश्य र रणनीति

    • सोच : आर्थिक समृद्धिका लागि दिगो, रोजगारमूलक र उच्च प्रतिफलयुक्त औद्योगिक विकास
    • लक्ष्य :औद्योगिक क्षेत्रको विकास र विस्तारद्वारा राष्ट्रिय अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान बढाउने
    • उद्देश्य :
    • औद्योगिक उत्पादन बृद्धि गरी कुल ग्राहस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान बढाउनु
    • उद्योगको उत्पादन एवम् प्रतिस्पर्धात्मक क्षमता बृद्धि गरी निर्यात प्रवर्द्धन र यात व्यवस्थापन गर्नु
    • लगानीमैत्री वातावरण सृजना गरी उद्योग क्षेत्रमा स्वेदशी र वैदेशिक लगानी बढाउँदै रोजगारीको थप अवसर सृजना गर्नु

     

    • रणनीति:
    • औद्योगिक क्षेत्रको विकासका लागि नीतिगत, कानूनी र संस्थागत सुधार गर्ने
    • लगानीमैत्री वातावरण तयार गर्न प्रविधि प्रयोग, एकद्वार प्रणालीको विकास र औद्योगिक पूर्वाधार विकास गर्ने
    • उद्योग क्षेत्रलाई अन्य उत्पादनमूलक क्षेत्रको अन्तरसम्बन्धको आधारमा विकास र विस्तार गर्ने
    • खानी तथा खनिजन्य उद्योगको लागत प्रभावी र तुलनात्मक लाभका आधारमा विकास गर्ने
    • प्रतिस्पर्धी क्षमता र तुलनात्मक लाभ भएका स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगमा सार्वजनिक- निजी- सहकारी साझेदारीमा लगानी परिचालन गर्दै आयत व्यवस्थापनमा जोड दिने
    • उद्योग धन्दाको विकास र विस्तारका लागि क्षमता विकास, वित्तीय पहुँच र प्रवर्द्धनात्मक उपाय अवल्मबन गर्ने

      नमुना प्रश्न : व्यापार भनेको के हो ? व्यापारको महत्व उल्लेख गर्नुहोस् ।

       व्यापार परिचय

    • वस्तु वा सेवाको खरिदबिक्री गर्ने कार्यलाई व्यापार भनिन्छ ।
    • व्यापारलाई आन्तरिक र बाह्य गरि मुख्य दुई भागमा वर्गिकरण गर्न सकिन्छ।
    • देशभत्रै सञ्चालन गरिने व्यापार आन्तरिक व्यापार हो भने एक देशबाट अन्य देशमा गरिने व्यापार बाह्य व्यापार हो ।
    • व्यापार आर्थिक विकासको महत्वपूर्ण पक्ष हो ।
    • व्यापार क्षेत्रलाई प्रभावकारी बनाउन मुलुकमा वाणिज्य नीति, २०७२ कार्यन्वयनमा रहेको छ ।

    व्यापारको महत्व

    व्यापारको महत्वलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

    • रोजगारी सृजना गर्न
    • जनताको आवश्यकता परिपूर्ति गर्न
    • जनताको जीवनस्तर उकास्न
    • गरिबी निबारण गर्न
    • वैदेशिक मुद्रा आर्जन
    • स्थानीय श्रम र सीपको परिचालन गर्न
    • व्यापारबाट कृषि र औद्योगिक क्षेत्रको विकास गर्न
    • मुलुकको आर्थिक विकास गर्न

    नमुना प्रश्न : नेपालमा व्यापार क्षेत्रमा देखिएका समस्याहरु उल्लेख गर्नुहोस् ।

    नेपालमा व्यापार क्षेत्रमा देखिएका समस्याहरु

    नेपालमा व्यापार क्षेत्रमा देखिएका समस्याहरु देहायबमोजिमका छन् ।

    • मूल्यवृद्धिलाई नियन्त्रण गर्न नसक्नु
    • व्यावसायीले धेरै नाफा कमाउने उद्देश्यले कार्टेलिङ्ग एवं कालोबजारी गर्नु
    • औद्योगिक लगानीमा भन्दा आयत व्यापारमा व्यावसायिक आकर्षण बढ्नु
    • भारतबाट मालवस्तुको अवैध तवरले भित्र्याई व्यापार गरिनु
    • व्यापार क्षेत्रमा राजस्वको छली हुनु
    • भूपरिवेष्टित मुलुक भएकाले तेस्रो मुलुकसँग आयत निर्यात गर्दा ढुवानी खर्च बढी लाग्नु
    • अधिकांश निर्यातयोग्य वस्तुहरु आयातित कच्चापदार्थमा आधारित हुनु

    नमुना प्रश्न : पर्यटन भन्नाले के बुझ्नुहुन्छ ? मुलुकको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्व उल्लेख गर्नुहोस् ।

    पर्यटन परिचय

    • विभिन्न उद्देश्यले कुनै पनि व्यक्ति एक ठाउँबाट अर्को ठाउँमा घुमफिर गर्न जाने कार्यलाई पर्यटन भनिन्छ ।
    • विभिन्न उद्देश्यले एकठाँउबाट अर्को ठाँउमा घुमफिर गर्न जाने व्यक्ति पर्यटक हो ।
    • पर्यटकलाई खाना, वासस्थान र मनोरञ्जनका सुविधाहरु उपलब्ध गराउँदै आय आर्जन गर्ने कार्यलाई पर्यटन व्यवसाय भनिन्छ ।
    • चालु पन्ध्रौ योजनाले योजनाको अन्तिम बर्षमा विदेशी पर्यटन आगमन संख्या ३५ लाख पुर्‍याउने र कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान १०% पुर्‍याउने लक्ष्य राखेको छ ।

    पर्यटनको महत्व

    पर्यटनको महत्व देहायबमोजिम रहेका छन् ।

    • रोजगारी सृजना गर्न
    • उद्योगभन्दा एवं यातायातको विकास गर्न
    • विचारको आदानप्रदान गर्न
    • राष्ट्रिय सम्पदाको संरक्षण गर्न
    • गरिबी न्यूनिकरण गर्न
    • विदेशी मुद्रा आर्जन गर्न
    • राष्ट्रिय गौरबको अभिबृद्धि गर्न
    • मुलुकको आर्थिक विकास गर्न

    नमुना प्रश्न : नेपालमा पर्यटन उद्योगको विकासका सम्भावना र समस्याहरु उल्लेख गर्नुहोस् ।

    नेपालमा पर्यटन उद्योगका सम्भावना

    नेपालमा पर्यटन उद्योगका सम्भावनाहरु देहायबमोजिमका छन् ।

    • नेपाल साँस्कृतिक सम्पदाले धनी मुलुक रहेको
    • नेपालमा प्राचीन कला एवं परम्परा रहेको
    • विश्वको अग्लो चुचुरो सगरमाथा नेपालमा रहेको
    • गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा रहेको
    • पर्वातारोहणको लागि नेपालमा धरै हिमशिखर रहेका
    • उपयुक्त वातावरण रहेको
    • नेपाल साहसिक खेलकूदहरुका लागि उपयुक्त स्थल रहेको
    • यहाँ विविध चाडबाड, जातजाति र धर्मसंस्कृति रहेको

     

    नेपालमा पर्यटन उद्योगका समस्याहरु

    नेपालमा पर्यटन उद्योगका समस्याहरु देहायबमोजिम रहेका छन् ।

    • यातायता तथा सञ्चार सुविधाको अभाव
    • बढ्दो प्रदुषण
    • मनोरञ्जनका साधनको अभाव
    • राजनीतिक अस्थिरता
    • असुरक्षा
    • प्रचारप्रसार कमी
    • गुणस्तरिय होटेलको कमी
    • विकृति र विंसगतीमा बृद्धि
    • समन्वयको कमी
    • पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको अभाव

    नमुना प्रश्न : रोजगारी भन्नाले के बुझिन्छ ? मुलुकको आर्थिक विकासमा रोजगारीको योगदान बारे चर्चा गर्नुहोस् ।

    रोजगारी परिचय

    • व्यक्तिले आफ्नो सीप र क्षमता अनुसार काम गर्नु नै रोजगारी हो ।
    • रोजगारीले गरिबी न्यूनिकरण गर्न मद्दत गर्दछ ।
    • आय आर्जको मुख्य स्रोत नै रोजगारी हो ।
    • रोजगारलाई आन्तरिक र बैदिशिक गरि दुई भागमा विभाजन गर्न सकिन्छ ।
    • मुलुकभित्रै रोजगारमा संलग्न हुने कार्य आन्तरिक रोजगार हो भने एक मुलुकबाट अर्को मुलुकमा काम गर्नका लागि जाने कार्य बैदेशिक रोजगारी हो ।

    रोजगारीको महत्व

    रोजगारीको महत्वलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

    • गरिबी निबारण गर्न
    • आय आर्जन गर्न
    • मुलुकमा शान्ति सुरक्षा स्थापना गर्न
    • जनसंख्या नियन्त्रण गर्न
    • व्यक्तिको जीवनस्तरमा सुधार ल्याउन
    • मुलुकको राष्ट्रिय आयमा बृद्धि गर्न
    • पुँजी निर्माण गर्न
    • मुलुकको आर्थिक विकास गर्न

    नमुना प्रश्न : बैदेशिक रोजगार भन्नाले के बुझ्नुहुन्छ ? यसको महत्व उल्लेख गर्दै वैदेशिक रोजगारीले नेपालमा देखिएका समस्याहरुबारे चर्चा गर्नुहोस् ।

    बैदेशिक रोजगारी

    • एक देशबाट अर्को देशमा गई श्रम गरी आय आर्जन गर्ने नै बैदेशिक रोजगारी हो ।
    • नेपालबाट बैदेशिक रोजगारीका लागि संस्थागत रुपमा १११ र व्यक्तिगत रुपमा १७८ मुलुकका लागि खुला गरिएको छ ।
    • नेपालबाट प्रत्येक दिन १ हजार भन्दा माथि व्यक्तिहरु बैदेशिक रोजगारीका लागि जाने गर्दछन् ।
    • बैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या ४५ लाख भन्दा बढी रहेको अनुमान छ ।

    बैदेशिक रोजगारको महत्व

    बैदेशिक रोजगारको महत्वलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

    • विदेशी मुद्रा आर्जन गर्न
    • जीवनस्तर सुधार गर्न
    • मुलुकको आर्थिक विकास गर्न
    • अपराध नियन्त्रण गर्न
    • मुलुकको राष्ट्रिय आय बृद्धि गर्न

    बैदेशिक रोजगारका समस्याहरु

    • पारिवारिक विचलन
    • कृषियोग्य जमिन बाँझो रहनु
    • गाँउमा बृद्ध र बालबालिका मात्र रही समस्या सिर्जना हुनु
    • युवा शक्तिको अभाव
    • नेपालीलाई विदेशमा विभिन्न समस्याहरु सिर्जना हुनु
    • विदेशमा तोकिएबमोजिमका तलब भत्ता प्राप्त नहुनु
    • म्यानपावरहरुबाट ठगिनु

    विकासको पूर्वधार

    • कुनै पनि क्षेत्रमा हुने सकारात्मक परिवर्तनलाई विकास भनिन्छ ।
    • विकासका आधारभूत पक्षहरुलाई विकासका पूर्वाधार भनिन्छ ।
    • देशको आर्थिक तथा सामाजिक विकासका निम्ति उपलब्ध गराईने आधारभूत सेवा सुविधालाई विकासका पूर्वाधार भनिन्छ ।
    • शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार जस्ता विषयवस्तुहरु विकासका पूर्वाधार हुन् ।
    • विकासका पूर्वाधारहरु विकासका पूर्वशर्त हुन् ।

    विकासका पूर्वाधारको महत्व

    विकासका पूर्वधारका महत्वहरु देहायबमोजिमका छन् ।

    • विकास निर्माणका कार्यलाई सञ्चालन गर्न
    • विकास निमार्णका कार्यहरु द्रुत रुपमा सञ्चालन गर्न
    • मानवीय दक्षता अभिबृद्धि गर्न
    • रोजगारीको सृजना गर्न
    • गरिबी निबारण गर्न
    • सञ्चार प्रणालीलाई प्रभावकारी बनाउन
    • मुलुकमा विद्यमान स्रोत र साधनको अधिकतम् परिचालन गर्न
    • मानिसका लागि चाहिने अत्यावश्यक वस्तुहरुको उपलब्धता गराउ
    • स्वस्थ्य जनशक्तिको निर्माण गर्न
    • ढुवानी प्रणालीलाई व्यवस्थित गर्न
    • चेतनशील नागरिक निर्माण गर्न
    • मुलुकको आर्थिक वृद्धि र विकास गर्न

    अत : विकासका पूर्वधार मुलुकको विकासका पूर्व शर्त हुन् । यिनीहरुको उचित प्रबन्धबीना विकास निर्माणका गतिविधिहरु सञ्चालन गर्न सकिँदैन । मुलुकको विकासमा यिनीहरुको मूख्य देन रहन्छ ।

    नमुना प्रश्न : नेपालमा विकासका पूर्वाधारहरुका विकास हुन नसक्नुका कारणहरु उल्लेख गर्नुहोस् । (५)

    विकासका पूर्वधार परिचय

    • मुलुकको विकासका लागि नभई नहुने आधारभूत तत्वहरुलाई विकासका पूर्वाधार भनिन्छ ।
    • विकासका पूर्वाधार मुलुकको विकासको मेरुदण्ड हो ।

    नेपालमा विकासका पूर्वाधाहरुको विकास हुन नसक्नुका कारणहरु देहायबमोजिमका रहेका छन्।

    • दक्ष जनशक्ति अभाव
    • विकट भौगोलिक अवस्था
    • जनचेतना र शिक्षाको कमी
    • पर्याप्त पुँजीको अभाव
    • राजनीतिक अस्थिरता
    • शान्ति सुरक्षाको अभाव
    • अत्याधिक भ्रष्टाचार
    • उच्च गरिबी र बेरोजगारी
    • आधुनिक प्रविधिको अभाव
    • खोज तथा अनुसन्धानको अभाव

    अत : नेपालमा पूर्वाधारको विकासको सन्दर्भमा देखिएका समस्याहरुलाई समाधान गर्दै मुलुकको विकास र समृद्धिमा विशेष पहल गर्न सरोकारवालाहरुले ध्यान दिनुपर्ने देखिन्छ ।

          नमुना प्रश्न : शिक्षा भन्नाले के बुझिन्छ ? शिक्षाको आवश्यकताबारे प्रष्ट पार्नुहोस् ।

    शिक्षा परिचय

    • मानिसलाई ज्ञान, सिप र चेतना दिलाउने माध्यमलाई शिक्षा भनिन्छ ।
    • शिक्षाले दक्ष र निपूर्ण जनशक्ति निर्माण गर्न सहयोग पुर्‍याउँदछ ।
    • मुलुकको विकासको महत्वपूर्ण पूर्वाधारको रुपमा शिक्षालाई लिईन्छ ।
    • समाजलाई सकारात्क दिशामा परिवर्तन गर्ने शसक्त माध्यम शिक्षा हो ।
    • राष्ट्रिय जनगणना,२०७८ अनुसार ५ बर्षमाथि उमेर समूहको नेपालमा कूल साक्षरता दर ७६.२% रहेको छ जस अन्तर्गत पुरुष साक्षरता ८३.६% र महिला साक्षरता ७९.४% रहेको छ।

    शिक्षाको आवश्यकता

    • मुलुकको आर्थिक विकास गर्न
    • दक्ष जनशक्तिको निर्माण गर्न
    • सामाजिक चेतना अभिबृद्धि गर्न
    • रोजगारीको सिर्जना गर्न
    • गरिबी निबारण गर्न
    • उद्यमशीलताको विकास गर्न
    • व्यक्तिमा क्षमता, नम्रता र शिष्टता अभिबृद्धि गर्न
    • अन्धविश्वास र रुढीबादी परम्पराको अन्त्य गर्न
    • सामाजिक एकता प्रवर्दन गर्न
    • राज्यप्रति चिन्तनशील नागरिकको निर्माण गर्न

    अत : शिक्षा समाज र मुलुक रुपान्तरणको सशक्त माध्यम शिक्षा हो ।

       नमुना प्रश्न : नेपालका शिक्षा क्षेत्रमा देखिएका समस्याहरु उल्लेख गर्नुहोस् ।

    शिक्षा व्यक्तिलाई चेतना प्रदान गर्ने सशक्त माध्यम शिक्षा हो । यसलाई विकासको सबैभन्दा महत्वपूर्ण पूर्वाधार मानिन्छ । नेपालमा यसका समस्याहरु देहायबमोजिमका रहेका छन् ।

    • सबै नागरिकलाई शिक्षाको अवसर प्रदान गर्न नसकिनु
    • सरकारी विद्यालयको शिक्षाको गुणस्तर अपेक्षित रुपमा राम्रो हुन नसक्नु
    • निजी विद्यालयमा न्यून आय हुनेहरुको पहुँच नहुनु
    • प्राविधिक शिक्षाको प्रभावकारी रुपमा विकास गरिन नसकिनु
    • शिक्षित जनशक्तिलाई रोजगारी दिलाउन नसकिनु
    • अझै पनि धरै नागरिक निरक्षर रहनु
    • शिक्षा क्षेत्रमा दक्ष जनशक्तिको अभाव हुनु
    • सामयसान्दर्भिक रुपमा पाठ्यक्रमलाई परिमार्जन गर्न नसकिनु
    • सरकारी विद्यालयमा पठनपाठन प्रकृया प्रभावकारी हुन नसक्नु
    • शिक्षा क्षेत्रमा साधन र स्रोतको अभाव रहनु
    • शिक्षण पेशामा मेधावी जनशक्तिलाई आकर्षित गर्न नसकिनु

    नमुना प्रश्न : स्वास्थ्य भन्नाले के बुझिन्छ ? स्वास्थ्यको महत्वबारे उल्लेख गर्नुहोस् ।

    स्वास्थ्य परिचय

    • व्यक्तिको शारिरीक, मानसिक तथा सामाजिक सुस्थितिको अवस्थालाई स्वास्थ्य भनिन्छ।
    • यो नागरिकको मानसिक तथा शारिरीक सु-संगठन सँग सम्बन्धित छ।
    • स्वास्थ्यले निरोगी र कर्मठ जनशक्ति निर्माण गर्न सहयोग पुर्‍याउँदछ।
    • पन्ध्रौ योजनाको मध्यावधी समीक्षा अनुसार आ.व २०७८/०७९ मा नेपालमा औषत आयु ७०.८ बर्ष छ ।
    • पन्ध्रौ योजनाले औषत आयु ७२ बर्ष पुर्‍याउने लक्ष्य राखेको छ ।

    स्वास्थ्यको महत्व

    स्वास्थ्यको महत्वलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

    • निरोगी नागरिकको निर्माण गर्न
    • वातावरण संरक्षण गर्न
    • फोहोरमैला व्यवस्थापन गर्न
    • सरुवा रोगहरुलाई नियन्त्रण गर्न
    • सामुदायिक स्वास्थ्यको प्रवर्दधन गर्न
    • नागरिकलाई पोषणयुक्त खाद्यन्नको सुनिश्चितता गर्न
    • उपभोक्ता स्वास्थ्यलाई प्रभावकारी बनाउन
    • शारिरीक एवं मानसिक रुपमा स्वस्थ र चेतनशील नागरिकको निर्माण गर्न
    • सबै नागरिकलाई स्वास्थ्य सुविधा उपलब्ध गराउन

    नमुना प्रश्न :नेपालका स्वास्थ्यसँग सम्बन्धित समस्याहरु उल्लेख गर्नुहोस् ।

    व्यक्तिलाई स्वस्थ र तन्दरुस्त बनाउने कार्य नै स्वास्थ्य हो । स्वास्थ्यले सकारात्मक र क्षमतावान जनशक्तिको निर्माण गर्दछ । नेपालमा यसका समस्याहरु देहायबमोजिमका रहेका छन् ।

    • सुविधासम्पन्न अस्पतालको अभाव हुनु
    • दक्ष जनशक्तिको अभाव
    • स्वास्थ्य सुविधामा सबै नागरिकको सहज पहुँच नहुनु
    • सरुवा रोगको व्यापकता
    • धेरै बालबालिकाहरु कुपोषणको शिकार हुनु
    • उच्च मातृमृत्युदर र शिशुमृत्युदर हुनु
    • स्वास्थ्यसँग सम्बन्धित चेतनाको कमी
    • अन्धविश्वास र रुढीबादी परम्परा
    • महँगो उपचार प्रणाली
    • न्यून औषत आयु

    नमुना प्रश्न : यातायात भन्नाले के बुझिन्छ ? यसको महत्व उल्लेख गर्नुहोस् ।

    यातायात परिचय

    • मानव तथा अन्य सरसामानहरु एक- एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउन मद्दत गर्ने सडक, रेल, हवाई सेवा लगायतका माध्यमहरुलाई यातायात भनिन्छ ।
    • यातायातले मानवका लागि अत्यावश्यक वस्तुहरु ओसारपासार गर्न मद्दत गर्दछ।
    • मुलुकको विकास र समृद्धिको महत्वपूर्ण पक्ष यातायात हो ।
    • यातायातलाई अति महत्वपूर्ण विकासको पूर्वाधार मानिन्छ ।

    यातायातको महत्व

    यातायातको महत्वलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

    • मानवका लागि आवश्यक वस्तु तथा सेवाहरु सहज रुपमा ढुवानी गर्न
    • मुलुकमा रहेको स्रोत र साधनको उच्चतम् परिचालन गर्न
    • व्यापार व्यवसायलाई प्रवर्धन गर्न
    • मुलुकमा औद्योगिकीरण गर्न
    • मुलुकमा रोजगारी सृजना गर्न
    • गरिबी निबारण गर्न
    • जनताको आवश्यकताहरु परिपूर्ति गर्न
    • मुलुकको चौतर्फि विकास गर्न

    नमुना प्रश्न : नेपालमा यातायात क्षेत्रमा देखिएका समस्याहरु उल्लेख गर्नुहोस् ।

    • सडक यातायात जोखिमयुक्त हुनु
    • वस्तुनिष्ठ रुपमा अध्ययन नगरी सडकहरुको निमार्ण गरिनु
    • यातायातमा स्वचालित एवं बैंज्ञानिक भाडादर कायम गर्न नसकिनु
    • यातायात क्षेत्रमा प्रभावकारी नीति एवं कानूनको अभाव रहनु
    • यस क्षेत्रमा विद्यमान कानून एवं नीतिहरुको प्रभावकारी रुपमा परिपालना नहुनु
    • रेल यातायातलाई विकास र विस्तार गर्न नसकिनु
    • पुराना सवारी साधनलाई प्रतिस्थापन गर्न नसकिनु
    • यातायात क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहनु
    • यातायात क्षेत्रमा राज्यको नियमन प्रभावकारी नहुनु

          नमुना प्रश्न : सञ्चारको परिचय दिँदै यसको महत्व उल्लेख गर्नुहोस् ।

    सञ्चार परिचय     

    • एक पक्षबाट अर्को पक्षका सूचना एवं जानकारीको आधान प्रदान गर्ने कार्य नै सञ्चार हो ।
    • रेडियो, टेलिभिजन, ईन्टरनेट, पत्रपत्रिका आदि सञ्चारका साधनहरु हुन् ।
    • पन्ध्रौ योजनाको मध्यावधी समीक्षा अनुसार आ.व २०७८/७९ मा नेपालमा ईन्टरनेटको पहुँच प्राप्त जनसंख्या ८५% रहेछ ।
    • सञ्चारलाई महत्वपूर्ण विकासको पूर्वाधारको रुपमा लिईन्छ ।

    सञ्चारको महत्व

    • सूचना र खबरको आदनप्रदान गर्न
    • सामाजिक चेतना अधिबृद्धि गर्न
    • नागरिक शिक्षा प्रवाह गर्न
    • नागरिकहरुबीच सुसम्बन्ध स्थापना गर्न
    • विकास निर्माणमा समझदारी कायम गर्न
    • सामाजिक द्वन्द्व न्यूनिकरण गर्न
    • समाजमा रहेका कुरीति र कुसंस्कारलाई नियन्त्रण गर्न
    • पारदर्शिता कायम गर्न
    • भ्रष्टाचार नियन्त्रण गर्न

    नमुना प्रश्न : नेपालमा सञ्चार क्षेत्रमा रहेका समस्याहरु उल्लेख गर्नुहोस् ।

    • पूर्वाधारको विकासमा कमी
    • डिजिटल साक्षरता न्यून
    • भौगोलिक विकटता
    • साधन र स्रोतको अभाव
    • सञ्चार क्षेत्रमा दक्ष जनशक्तिको अभाव
    • सञ्चारका साधनहरु विशेषगरी शहरी क्षेत्रमा मात्र केन्द्रित हुनु
    • खोज तथा अनुसन्धानमुलुक सञ्चार प्रणालीको विकास नहुनु
    • स्पष्ट नीति र कार्यविधिको अभाव

    नमुना प्रश्न :विद्युतको परिचय दिँदै यसको महत्व उल्लेख गर्नुहोस् ।

    विद्युत परिचय

    • विद्युत एक किसिमको उर्जा हो जसमार्फत ताप र प्रकाश उत्पन्न गर्न सकिन्छ ।
    • नेपाल जलस्रोतको दोस्रो धनी मुलुक मानिन्छ ।
    • नेपालबाट ८३,००० मेगावाट जलविद्युत उत्पादन गर्न सकिन्छ ।
    • आर्थिक तथा प्राविधिक हिसाबले नेपालमा करिब ४२,००० मेगावट विद्युत उत्पादन गर्न सकिन्छ ।
    • १५ औं योजनाको मध्यावधी समीक्षा अनुसार आ.व २०७८/०७९ सम्म विद्युतमा पहुँच प्राप्त जनसंख्या ९३% रहेको र सो योजनाको अन्त्यसम्म विद्युतको पहुँच प्राप्त जनसंख्या १००% पुर्‍याउने लक्ष्य रहेको छ ।
    • आर्थिक सर्वेक्षण अनुसार २०७९ फागुनसम्म विद्युतमा पहुँच प्राप्त जनसंख्या ९५% रहेको छ ।

    विद्युतको महत्व

    • खाना पकाउन
    • बत्ति बाल्न
    • उद्योग धन्दा सञ्चालन गर्न
    • यातायात सञ्चालन गर्न
    • सञ्चारका साधनहरु सञ्चालन गर्न
    • विकासका क्रियाकलापहरु सञ्चालन
    • रोजगारी सृजना गर्न
    • गरिबी निबारण गर्न
    • उर्जाको माग सम्बोधन गर्न
    • जनताका आवश्यकताहरु परिपूर्ति गर्न

    नमुना प्रश्न : नेपालमा विद्युत क्षेत्रमा देखिएका समस्याहरु उल्लेख गर्नुहोस् ।

    • आवश्यक मात्रामा प्रसारण लाईनको कमी
    • विद्युत आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न नसकिनु
    • विद्युत चुहावटलाई पूर्ण रुपमा नियन्त्रण गर्न नसकिनु
    • दक्ष जनशक्तिको अभाव
    • बढ्दो भ्रष्टाचार
    • विद्युत उत्पादनका लागि निर्माणाधीन आयोजनाहरु समयमै सम्पन्न नहुनु
    • अझै पनि विद्युतको अभाव देखिनु
    • निर्माणाधीन आयोजनाहरुमा विभिन्न अबरोधहरु सिर्जना हुनु

     नमुना प्रश्न : खानेपानीको महत्व उल्लेख गर्दै यस सम्बन्धमा नेपालमा देखिएका समस्याहरु उल्लेख गर्नुहोस् ।

    खानेपानी परिचय

    सामान्यतया  पिउन, खानापकाउन र अन्य प्रयोजनका लागि प्रयोग गरिने पानी नै खानेपानी हो ।खानेपानी मानिसको लागि अत्यावश्यक तत्व हो । स्वच्छ खानेपानीको अभावका मानिसलाई विभिन्न प्रकारका रोगहरु लाग्दछन् । यसको महत्वलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ । पन्ध्रौ योजनाको मध्यावधी समिक्षा अनुसार आ.व. २०७८/७९ सम्ममा आधारभूत खानेपानी पुगेको जनसंख्या ९५% रहेको छ । आर्थिक सर्वेक्षण, २०७९/०८० अनुसार २०७९ फागुनसम्ममा आधारभूत खानेपानीको पहुँच पुगेको जनसंख्या ९४.९३%  र उच्च र मध्यस्तरको खानेपानी सेवाको पहुँच पुगेको जनसंख्या २५.८१% रहेको छ ।

    खानेपानीको महत्व

    खानेपानीको महत्वलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

    • मानिसलाई पिउन
    • सरसफाईको लागि
    • स्वास्थ्य अवस्था राम्रो बनाउन
    • रोगबाट बच्नको लागि
    • सागसब्जी र फलफुल पखाल्नको लागि
    • नुहाउन र कपडा सफा गर्न

    नेपालमा खानेपानीमा देखिएका समस्याहरु

    • सबै जनतालाई खानेपानी सेवा उपलब्ध गराउन नसकिनु
    • शुद्ध खानेपानी दिलाउन नसकिनु
    • खानेपानी आयोजना समयमै सम्पन्न नहुनु
    • दिगो र सुरक्षित खानेपानी उपलब्ध नहुनु
    • वनजंगलको विनाश भएर र जलवायु परिवर्तनका कारण खानेपानीका स्रोतहरु सुक्दै जानु
    • यस क्षेत्रको लागि पर्याप्त बजेटको अभाव रहनु
    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100