1. विशाल जीव डाईनोसरुहरुको उत्पति र लोप कुन कालमा भएको हो ?
A. नवजीव महाकल्प B. पुराजीव महाकल्प C. प्रिक्याम्ब्रियन महाकल्प D. मध्यजीव महाकल्प
2. तलका कथनहरु बरे विचार गर्नुहोस् ।
१. सर्वप्रथम अन्तरिक्षमा पठाइएको जनावर लाईका नामक कुकुर हो ।
२. पहिलो कृतिम उपग्रह निर्माण गर्ने देश रुस हो ।
३. अन्तरिक्षमा जाने पहिलो भारतीय अन्तरिक्ष यात्री राकेश शर्मा हुन ।
A. १ र ३ ठिक २ बेठिक B. सबै बेठिक C. सबै ठिक D. १ र २ ठिक ३ बेठिक
3. पृथ्वीको कुन वायुमण्डलीय तहमा ओजोन तह रहेको छ ?
A. निम्न मण्डल B. समताप मण्डल C. तापीय मण्डल D. मध्य मण्डल
4. जोडाहरु विचार गर्नुहोस् ।
महादेश सबैभन्दा सानो देश
१. यूरोप – भ्याटिकन सिटी
२. अफ्रिका – सेन्ट किट्स एण्ड नेविस
३. अष्ट्रेलिया – नाउरु
४. दक्षिण अमेरिका – ट्रिनिडाड
माथि दिइएका जोडाहरुमा कुन जोडा सहि छन ?
A. १ र २ मात्र B. २ र ३ मात्र C. १, २ र ३ मात्र D. १, ३ र ४ मात्र
5. होचो हिमालय -Lesser Himalaya_ भनेर नेपालको कुन पर्वतलाई चिनिन्छ ?
A. चुरे पर्वत B. महाभारत पर्वत C. मध्यभूमि D. हिमालय पर्वत
6. निम्न जिल्लाहरुको भौगोलिक अवस्थितिको आधारमा पूर्वबाट क्रमशः पश्चिममा मिलाउनुहोस् ।
A. मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला B. मुस्ताङ, मनाङ, डोल्पा, मुगु र हुम्ला
C. मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला र मुगु D. मनाङ, डोल्पा, मुस्ताङ, हुम्ला र मुगु
7. अमेरिकाद्धारा जापानको हिरोसिमा शहरमा Little boy नामक एटम बम प्रहार कहिले भएको थियो ?
A. सन् १९४५ अगष्ट ९ B. सन् १९४५ अगष्ट ६
C. सन् १९४५ सेप्टेम्बर ९ D. सन् १९४५ अप्रिल ९
8. निम्न मध्ये कुन जोडा गलत छ ?
A. औद्योगिक क्रान्तिको सुरुवात भएको देश – बेलायत
B. स्टिम ईन्जिनका आविष्कारक – जाने के
C. सेफ्टि ल्याम्पका आविष्कारक – हम्फ्रि डेभी
D. आधूनिक फ्याक्ट्रिका पिता – रिचर्ड आर्कराईट
9. लडाई र वीरगति प्राप्त गर्नेको जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a. काजि कालुपाडे 1. कान्तिपुर
b. भक्ति थापा 2. देउथल
c. रणजोरसिँह थापा 3. अल्मोडा
d. तुलाराम पाण्डे 4. कीर्तिपुर
A) a1,b2,c3,d4 B) a2,b4,c3,d1 C) a2,b4,c1,d3 D) a4,b2,c3,d1
10. कल्प ग्रन्थु कृतिका लेखक देहायका मध्ये को हुन ?
A. कुमार नगरकोटी B. नयनराज पाण्डे C. अभि सुवेदी D. युग पाठक
11. विनायो बाजा कुन जातिमा प्रचलित छ ?
A. राई B. शेर्पा C. धिमाल D. तामाङ
12.G-7 को ५० औ सम्मेलन कहाँ आयोजना हुनेछ ?
A. अमेरिका B. जापान C. इटाली D. जर्मनी
13.तल दिइएका भनाईहरु मध्ये कुन गलत छ ?
A. लिच्छवीकालमा विदेशमा व्यापार गर्ने व्यापारीलाई नाईके सार्थवाह भनिन्थ्यो ।
B. लिच्छवी कालमा विवाह सम्बन्ध विच्छेद सम्बन्धि काम गर्ने अडडा शुल्ली हो ।
C. प्रथम प्रमाणिक राजा तथा अभिलेख राख्ने राजा मानदेव हुन ।
D. बोधिसत्वका अवतार राजा अंशुवर्मा महाराजधिराजको उपाधि ग्रहण गर्ने प्रथम थिए ।
14. परराष्ट्र नीति सञ्चालनमा निम्न मध्ये कुन पर्दैन ?
A. पञ्चशीलको सिद्धान्त B. संयुक्त राष्ट्रसंघको बडापत्र
C. आर्थिक कूटनीतिक D. अन्तर्राष्ट्रिय कानून
15. सुन्तलालाई नेपालको राष्ट्रिय फल घोषणा कहिले गरिएको हो ?
A. २०८० चैत्र २० गते B. २०८० चैत्र २५ गते C. २०८० चैत्र १८ गते D. २०८० चैत्र ३० गते
16. निम्नलिखित अन्तर्राष्ट्रिय सम्मेलन कुन क्षेत्रसँग सम्बन्धित छन । पत्ता लगाई सही उत्तर कोडबाट छान्नुहोस् ।
अन्तर्राष्ट्रिय सम्मेलनहरु सम्बन्धित क्षेत्र
a. मोन्ट्रियल प्रोटोकल, 1987 1. बसाई सराई गर्ने जीवहरुको संरक्षण
b. द्ययलल कन्भेन्सन 1979 2. हानिकारक फोहोर को देशहरुका बीचमा हुने ओसार पसार कम
c. वासेल कन्भेन्सन 3. ओजन क्षयीकरण तत्वहरु
d. रोटेर्डम कन्भेन्सन 1998 4. हानिकारक रासयनिक र कीटनाशक सम्बन्धि अन्तर्राष्ट्रिय व्यापार सहमति
A) a3,b1,c2,d4 B) a2,b3,c4,d1 C) a1,b4,c3,d2 D) a4,b2,c1,d3
17. आर्थिक सर्वेक्षण, २०७९/०८० अनुसार नेपालको आर्थिक वृद्धिदर कति रहेको छ ?
A) 12.6% B) 6% C) 10.6% D) 2.16%
18. नेपालमा संविधानलाई मुल कानूनको रुपमा कति साल देखि स्थापित गरिएको हो ?
A. वि.सं. २०१५ B. वि.सं. २००४ C. वि.सं. २०४७ D. वि.सं. २०१९
19. अन्तर्राष्ट्रिय युवा वैज्ञानिक पुरस्कार २०२३ प्राप्त गर्ने नेपाली को हुनुहुन्छ ?
A. भैरब बहादुर थापा B. डा. घनश्याम ज्ञवाली
C. लील बहादुर क्षेत्री D. दुर्गा प्रसाद श्रेष्ठ
20. नेपाल गायन जगतका उज्जवल नक्षत्र योगेश वैद्यको निधन कहिले भएको हो ?
A. वि.सं. २०८० माघ ४ B. वि.सं. २०८० माघ ५
C. वि.सं. २०८० माघ ७ D. वि.सं. २०८० माघ ८
उत्तरहरुः
1. D 11. A
2. C 12. C
3. B 13. B
4. D 14. C
5. B 15. D
6. A 16. A
7. B 17. D
8. B 18. A
9. D 19. B
10. A 20. B
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100