पर्सा क्षेत्र नम्बर २ बाट कांग्रेसका अजय चौरसिया निर्वाचित - Chaitanya News
  • 2026-04-26
  • 22:33:37
  • आइतबार,बैशाख १३, २०८३
  • पर्सा क्षेत्र नम्बर २ बाट कांग्रेसका अजय चौरसिया निर्वाचित

    पर्सा क्षेत्र नम्बर २ बाट कांग्रेसका अजय चौरसिया निर्वाचित

    वीरगञ्ज– पर्सा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नेता अजयकुमार चौरसिया निर्वाचित भएका छन्। उनले जनता समाजवादी पार्टी (जसपा) का सुरेन्द्रप्रसाद कुर्मीलाई ६ हजार ६ सय मतान्तरणले पराजित गरेका हुन्। चौरसियाले २८ हजार ४५१ मत ल्याउँदा जसपाका कुर्मीले २२ हजार ४४५ मत पाए। ८६ हजार ९ सय ६६ मतदाता रहेको यस क्षेत्रमा ५९ हजार १ सय ८८ मत खसेको थियो।

    यस क्षेत्रबाट ०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट विमल श्रीवास्तवले बाजी मारेका थिए। चौरसिया श्रीवास्तवसँग पराजित भएका थिए। श्रीवास्तवले २१ हजार १६९ मत पाउँदा अजयले १९ हजार ७०४ मत पाएका थिए। पछिल्लो समय लोसपामा रहेका श्रीवास्तवले राजनीतिबाट सन्यास लिने घोषणा गरिसकेका छन्।