काठमाडौँ– सोमबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु सनराइजर्स हैदराबादसँग २५ रनले पराजित भएको छ। टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ८७ रन बनायो। टोलीले यसअघि गत २७ मार्चमा मुम्बई इन्डियन्सविरुद्ध आफैले बनाएको २ सय ७७ रनको कीर्तिमान तोड्यो।
जवाफी ब्याटिङमा उत्रेको बैगलुरुले ७ विकेटको क्षतिमा २ सय ६२ रन बनाए पनि हार टार्न सकेन। खेलमा थुप्रै कीर्तिमानहरू भत्किए भने नयाँ कीर्तिमानहरू बने। यस्ता छन् खेलमा बनेका कीर्तिमानहरू
२८७–३ – रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्ध सनराइजर्स हैदराबादले बनाएको स्कोर। आईपीएलको इतिहासमा यो सबैभन्दा उच्च स्कोर हो। तीन हप्ताअघि हैदराबादले नै मुम्बई इन्डियन्सविरुद्ध बनाएको ३ विकेटको क्षतिमा २ सय ७७ रनको कीर्तिमान तोडिएको हो।
१ – पुरुष टी–२० खेलमा सनराइजर्स हैदाराबादले बनाएको स्कोरभन्दा पनि उच्च स्कोरको सङ्ख्या। यो स्कोरभन्दा बढी मात्र नेपालले एसियन्स गेम्समा मंगोलियाविरुद्ध ३ विकेटको क्षतिमा ३ सय १४ रन बनाएको छ।
५४९ – सोमबार हैदराबाद र बैंगलुरुले चिन्नस्वामी रंगशालामा बनाएको कूल रन। कुनै पनि टी–२० खेलमा बनेको यो सबैभन्दा धेरै रन हो। यसअघि हैदराबादमा हैदराबाद र मुम्बईको खेलमा ५ सय २३ रन बनेको थियो।
२२ – हैदराबादका ब्याटरले बैंगलुरुविरुद्ध हिर्काएको छक्काको सङ्ख्या। कुनै पनि आईपीएलको इनिङ्समा प्रहार गरिएको सबैभन्दा धेरै छक्का हो। यसअघि बैंगलुरुले सन् २०१३ मा पुणे वारियर्सविरुद्ध २१ वटा छक्का प्रहार गरेको थियो।
३८ – सोमबारको खेलमा प्रहार गरिएको कूल छक्काको सङ्ख्या। कुनै पनि टी–२० खेलमा हिर्काएको सबैभन्दा धेरै छक्काको कीर्तिमान बराबरी भएको हो। यसअघि यही सिजन हैदराबाद र मुम्बईविरुद्धको खेलमा यो रेकर्ड बनेको थियो।
८१ – दुवै टोलीले सोमबार हिर्काएको बाउन्ड्रीको सङ्ख्या। कुनै पनि टी–२० खेलमा हिर्काइएको सबैभन्दा धेरै बाउन्ड्रीको कीर्तिमान बराबरी भएको छ। यसअघि सन् २०२३ मा सेन्चुरियनमा दक्षिण अफ्रिका र वेस्ट इन्डिजविरुद्धको खेलमा यो कीर्तिमान कायम भएको थियो।
२६२–७ – बैंगलुरुले हैदराबादविरुद्ध बनाएको रन कुनै पनि टोलीले टी–२० खेलमा हार्दा बनाएको सबैभन्दा उच्च स्कोर हो। यसअघि सन् २०२३ मा वेस्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्ध सेन्चुरियनमा ५ विकेटको क्षतिमा २ सय ५८ रन बनाएको थियो।
३९ – ट्राभिस हेडलाई शतक बनाउन लागेको बलको सङ्ख्या। आईपीएलको इतिहासमा यो चौथो चाँडो शतक थियो। क्रिस गेलले सन् २०१३ मा पुणेविरुद्ध यही मैदानमा ३० बलमा कीर्तिमानी शतक हिर्काएका थिए।
हेडले बनाएको शतक हैदराबादको लागि भने सबैभन्दा चाँडो हो। यसअघि डेविड वार्नरले सन् २०१७ मा कोलकाता नाइट राइडर्सविरुद्ध ४३ बलमा शतक बनाएका थिए।
१ – आईपीएलमा हैदराबाद एक पटकभन्दा बढी २५० प्लस रन बनाउने पहिलो टोली बन्यो। लगत्तै बैंगलुरु पनि दोस्रो टोली बन्यो। टी–२० मा सर्रे (३), योर्कसायर (२), चेक रिपब्लिक (२) र सोमरसेट (२) एक पटकभन्दा बढी २ सय ५० प्लस रन बनाउने टोली हुन्।
४ – हैदराबादविरुद्ध बैंगलुरुका चार जना तीव्र गतिका बलरले ५० वा सोभन्दा बढी रन खर्चिए। रिस टोप्लीले ६८ रन, यश दयालले ५१ रन, लोकी फर्गुसनले ५२ रन र विजयकुमार भिसाकले ६४ रन खर्चिएका थिए। कुनै पनि पुरुष टी–२० खेलमा चारजना बलरले एकै इनिङ्समा ५० वा सोभन्दा रन खर्चिएको यो पहिलो अवसर थियो। यसअघि एकै इनिङ्समा दुई जनाभन्दा बढी बलरहरूले यति धेरै रन खर्चिएका थिएनन्।
४ – हैदराबादको इनिङ्समा भएको ५० वा सोभन्दा बढी रनको साझेदारी। ओपनरहरुले शतकीय साझेदारी गरेका थिए। एउटै टी–२० इनिङ्समा चारवटा ५० वा सोभन्दा बढी रनको साझेदारी भएको यो दोस्रो अवसर हो। यसअघि सन् २००८ मा कोलाकाताले बैंगलुरुविरुद्ध नै यो उपलब्धि हासिल गरेको थियो।
७ – सोमबार बैंगलुरुमा भएका ५० वा सोभन्दा बढी रनका साझेदारी। यसअघि कुनै पनि टी–२० खेलमा ५ वटाभन्दा बढी यस्तो साझेदारी भएको थिएन।
१३ – बैंगलुरुविरुद्ध आईपीएलमा बनाइएको शतकको सङ्ख्या। कुनै पनि टोलीविरुद्ध आईपीएलमा बनेका सबैभन्दा धेरै शतक हो। दोस्रो स्थानमा १२ वटा शतकसहित मुम्बई छ।
७६ – हैदराबादले पावरप्लेमा बनाएको रनको सङ्ख्या। आईपीएलको इतिहासमा प्वारप्लेमा उनीहरूले बनाएको तेस्रो ठुलो स्कोर हो। यसअघि उनीहरूले मुम्बईविरुद्ध ८१ र चेन्नईविरुद्ध ७७ रन बनाएका थिए। एउटै आईपीएल सिजनमा पावरप्लेमा ७५ रनभन्दा बढी बनाउने हैदराबाद एक्लो टोली हो।
१४.६ – हैदराबादलाई २ सय रन बनाउन लागेको ओभरको सङ्ख्या। आईपीएलमा यो तेस्रो चाँडो हो। यसअघि मुम्बईविरुद्ध हैदराबादले नै १४.४ ओभरमा २ सय रन पूरा गरेको थियो। सबैभन्दा चाँडो २ सय रन बनाएको कीर्तिमान भने बैंगलुरुको नाममा छ। बैंगलुरुले आफ्नै घरेलु मैदानमा किंग्स इलेभेन पञ्जाबविरुद्ध सन् २०१६ मा १५ ओभरको खेलमा १४।१ ओभरमा २ सय रन पूरा गरेको थियो।
हैदराबादका ब्याटरले बैंगलुरुविरुद्ध हिर्काएको छक्काको सङ्ख्या। कुनै पनि आईपीएलको इनिङ्समा प्रहार गरिएको सबैभन्दा धेरै छक्का हो। यसअघि बैंगलुरुले सन् २०१३ मा पुणे वारियर्सविरुद्ध २१ वटा छक्का प्रहार गरेको थियो।
३८ – सोमबारको खेलमा प्रहार गरिएको कूल छक्काको सङ्ख्या। कुनै पनि टी–२० खेलमा हिर्काएको सबैभन्दा धेरै छक्काको कीर्तिमान बराबरी भएको हो। यसअघि यही सिजन हैदराबाद र मुम्बईविरुद्धको खेलमा यो रेकर्ड बनेको थियो।
८१ – दुवै टोलीले सोमबार हिर्काएको बाउन्ड्रीको सङ्ख्या। कुनै पनि टी–२० खेलमा हिर्काइएको सबैभन्दा धेरै बाउन्ड्रीको कीर्तिमान बराबरी भएको छ। यसअघि सन् २०२३ मा सेन्चुरियनमा दक्षिण अफ्रिका र वेस्ट इन्डिजविरुद्धको खेलमा यो कीर्तिमान कायम भएको थियो।
२६२र७ – बैंगलुरुले हैदराबादविरुद्ध बनाएको रन कुनै पनि टोलीले टी–२० खेलमा हार्दा बनाएको सबैभन्दा उच्च स्कोर हो। यसअघि सन् २०२३ मा वेस्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्ध सेन्चुरियनमा ५ विकेटको क्षतिमा २ सय ५८ रन बनाएको थियो।
३९ – ट्राभिस हेडलाई शतक बनाउन लागेको बलको सङ्ख्या। आईपीएलको इतिहासमा यो चौथो चाँडो शतक थियो। क्रिस गेलले सन् २०१३ मा पुणेविरुद्ध यही मैदानमा ३० बलमा कीर्तिमानी शतक हिर्काएका थिए।
हेडले बनाएको शतक हैदराबादको लागि भने सबैभन्दा चाँडो हो। यसअघि डेविड वार्नरले सन् २०१७ मा कोलकाता नाइट राइडर्सविरुद्ध ४३ बलमा शतक बनाएका थिए।
१ – आईपीएलमा हैदराबाद एक पटकभन्दा बढी २५० प्लस रन बनाउने पहिलो टोली बन्यो । लगत्तै बैंगलुरु पनि दोस्रो टोली बन्यो। टी–२० मा सर्रे (३), योर्कसायर (२), चेक रिपब्लिक (२) र सोमरसेट (२) एक पटकभन्दा बढी २ सय ५० प्लस रन बनाउने टोली हुन्।
४ – हैदराबादविरुद्ध बैंगलुरुका चार जना तीव्र गतिका बलरले ५० वा सोभन्दा बढी रन खर्चिए। रिस टोप्लीले ६८ रन, यश दयालले ५१ रन, लोकी फर्गुसनले ५२ रन र विजयकुमार भिसाकले ६४ रन खर्चिएका थिए। कुनै पनि पुरुष टी–२० खेलमा चारजना बलरले एकै इनिङ्समा ५० वा सोभन्दा रन खर्चिएको यो पहिलो अवसर थियो। यसअघि एकै इनिङ्समा दुई जनाभन्दा बढी बलरहरूले यति धेरै रन खर्चिएका थिएनन्।
४ – हैदराबादको इनिङ्समा भएको ५० वा सोभन्दा बढी रनको साझेदारी। ओपनरहरुले शतकीय साझेदारी गरेका थिए। एउटै टी–२० इनिङ्समा चारवटा ५० वा सोभन्दा बढी रनको साझेदारी भएको यो दोस्रो अवसर हो। यसअघि सन् २००८ मा कोलाकाताले बैंगलुरुविरुद्ध नै यो उपलब्धि हासिल गरेको थियो।
७ – सोमबार बैंगलुरुमा भएका ५० वा सोभन्दा बढी रनका साझेदारी। यसअघि कुनै पनि टी–२० खेलमा ५ वटाभन्दा बढी यस्तो साझेदारी भएको थिएन।
१३ – बैंगलुरुविरुद्ध आईपीएलमा बनाइएको शतकको सङ्ख्या। कुनै पनि टोलीविरुद्ध आईपीएलमा बनेका सबैभन्दा धेरै शतक हो। दोस्रो स्थानमा १२ वटा शतकसहित मुम्बई छ।
७६ –हैदराबादले पावरप्लेमा बनाएको रनको सङ्ख्या। आईपीएलको इतिहासमा प्वारप्लेमा उनीहरूले बनाएको तेस्रो ठुलो स्कोर हो। यसअघि उनीहरूले मुम्बईविरुद्ध ८१ र चेन्नईविरुद्ध ७७ रन बनाएका थिए। एउटै आईपीएल सिजनमा पावरप्लेमा ७५ रनभन्दा बढी बनाउने हैदराबाद एक्लो टोली हो।
१४.६ – हैदराबादलाई २ सय रन बनाउन लागेको ओभरको सङ्ख्या। आईपीएलमा यो तेस्रो चाँडो हो। यसअघि मुम्बईविरुद्ध हैदराबादले नै १४.४ ओभरमा २ सय रन पूरा गरेको थियो। सबैभन्दा चाँडो २ सय रन बनाएको कीर्तिमान भने बैंगलुरुको नाममा छ। बैंगलुरुले आफ्नै घरेलु मैदानमा किंग्स इलेभेन पञ्जाबविरुद्ध सन् २०१६ मा १५ ओभरको खेलमा १४.१ ओभरमा २ सय रन पूरा गरेको थियो। एजेन्सी