बागलुङ क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका पौडेल विजयी - Chaitanya News
  • 2026-08-21
  • 23:03:18
  • शुक्रबार,भाद्र ०५, २०८३
  • बागलुङ क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका पौडेल विजयी

    बागलुङ क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका पौडेल विजयी

    काठमाडौं– बागलुङ निर्वाचन क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका देवेन्द्र पौडेल निर्वाचित भएका हुन्। उनले नेकपा एमालेकी मञ्जु शर्मालाई पछि पार्दै निर्वाचित भएका हुन्।

    पौडेलले शर्मालाई ४ हजार ५९९ मतले पछि पारेका हुन्। यससँगै पौडेल लगातार दोस्रोपटक प्रतिनिधिसभा सदस्यमा चुनिएका छन्।

    पौडेलले २४ हजार ७७९ मत पाउँदा शर्माले २० हजार १८० मत पाइन्।