काठमाडौँ– नेपाल प्रहरीका दुई जना प्रहरी नायव महानिरीक्षक(डिआइजीपी) प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजीपी)मा बढुवा सिफारिस भएका छन्। बढुवा समिति सचिवालयले सोमबार उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो।
गृह सचिवको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव र प्रहरी महानिरीक्षक (आइजिपी) सदस्य सचिव रहेको समितिले उमेश राज जोशी र भिम प्रसाद ढकाललाई बढुवा गर्न सिफारिस गरेको हो। जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज र प्रवक्तासमेत रहेका ढकाल नेपाल प्रहरी प्रधान कार्यालयको आइजिपी सचिवालयमा कार्यरत छन्।
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक९एआईजी० द्वय सन्दीप भण्डारी र मिरा चौधरी उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छन्। भण्डारी बुधवार(भोली) र चौधरी ७ गतेदेखि अवकाश हुँदै छन्। भण्डारी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत छन् भने चौधरी प्रशासन विभागमा कार्यरत छिन्।