करण केसीले लिए हङकङको पहिलो विकेट - Chaitanya News
  • 2026-06-07
  • 02:36:02
  • शनिबार,जेठ २३, २०८३
  • करण केसीले लिए हङकङको पहिलो विकेट

    करण केसीले लिए हङकङको पहिलो विकेट

    काठमाडौँ– एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार जारी खेलमा नेपाली बलर करण केसीले हङकङको पहिलो विकेट लिएका छन।

    करणले हङकङको ओपनर ब्याट्सम्यान मार्टिन कोट्जीलाई आठ रनको ब्यक्तिगत स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा क्याच गराए। नेपालले टस जिती हङकङको पहिले ब्याटिङको निम्तो दिएको हो। २.१ ओभरमा कोट्जी आउट हुँदा हङकङकले १२ रन बनाएको छ।

    वर्षाका कारण खेल निर्धारित समयभन्दा केही ढिलो सुरु भएको हो। जारी प्रतियोगितामा नेपालले खेल्न लागेको यो तेस्रो खेल हो। यसअघि नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो।