बागलुङ–१ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी - Chaitanya News
  • 2026-08-14
  • 15:30:38
  • शुक्रबार,साउन २९, २०८३
  • बागलुङ–१ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी

    बागलुङ–१ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी

    पोखरा– बागलुङ–१ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन्।

    बुधबार विहान सकिएको मतगणनामा केसीले २१ हजार ४५१ मत ल्याएर निर्वाचित भएका हुन्।

    यसै क्षेत्रबाट २०७४ सालमा निर्वाचित सूर्यप्रसाद पाठक भने १८ हजार ८२५ मत ल्याएर पराजित भए।

    राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १८१ र राप्रपाका लक्ष्मीप्रसाद सापकोटाले ९०३ मत पाए।