1. निम्न जोडाहरु विचार गर्नुहोस् ।
साहित्यकार प्रथम कृति
1. भानुभक्त आचार्य – बालकाण्ड
2. मोतीराम भट्ट – गजेन्द्र मोक्ष
3. सिद्धिचरण श्रेष्ठ – उर्वशी
4. पारिजात – मुटुको व्यथा
A. १ र ४ गलत B. ४ गलत C. ३ गलत D. १ र ३ गलत
2. नेवार जातिको पुरोहितलाई देउभाजु भनिन्छ भने कुन जातिको पुरोहितलाई गुरुवा भनिन्छ ?
A. राई B. मगर C. थारु D. तामाङ
3. सुगौलि सन्धि हुनु पुर्व नेपालको क्षेत्रफल कति थियो ?
A. २०५९१७ वर्ग कि.मि B. २०४९१७ वर्ग कि.मि
C. २०६९१७ वर्ग कि.मि D. २०७९१७ वर्ग कि.मि
4. सर्वप्रथम हरितगृह प्रभाव भएको भनी पत्ता लगाउने वैज्ञानिक को हुन ?
A. शेरउड रोल्याण्ड B. रर्वट एङस C. आर्थिनस D. वेरिन जिन फेरियर
5.जलवायु परिवर्तनका प्रभावबारे विश्वको ध्यानकर्षण गर्न नेपालमा बसेको मन्त्री परीषद्को बैठक कालापत्थरमा कुन जिल्लामा बसेको थियो ?
A. सोलुखुम्बु B. संखुवासभा C. कास्की D. ललितपुर
6. निम्न महादेशहरु मध्ये सबैभन्दा धेरै भुपरिवेष्ठित देशहरु अवस्थित भएको महादेश कुन हो ?
A. एसिया B. युरोप C. अष्ट्रेलिया D. अफ्रिका
7. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार सेवा क्षेत्रको योगदान कति रहेको छ ?
A) 64.2% B) 63.4% C) 61.4% D) 62.4%
8. पन्ध्रौ योजनाको अन्त्य सम्म १५ वर्ष माथिको साक्षरता दर कति प्रतिशत पु¥याउने लक्ष्य रहेको छ ?
A. ८० प्रतिशत B. ९३ प्रतिशत C. ९५ प्रतिशत D. १०० प्रतिशत
9. नेपालमा जनक शिक्षा सामाग्री केन्द्रका लागि वैदेशिक सहयोग गर्ने मुलुक कुन हो ?
A. बेलायत B. चीन C. भारत D. अमेरिका
10. तल दिईएका भनाई विचार गर्नुहोस् ।
१. प्रतिनिधिसभा तर्फ २ निर्वाचन क्षेत्र भएका जिल्ला २१ वटा छन ।
२. ६ वटा निर्वाचन क्षेत्र भएको एक जिल्ला मोरङ हो ।
३. सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको प्रदेश बागमति हो ।
माथि दिइएका भनाईहरु कुन कुन सहि छन ।
A. १ मात्र B. २ मात्र C. ३ मात्र D. सबै ठिक
11. चुरे पर्वत श्रेणीको सबैभन्दा कम फराकिलो भाग कुन जिल्लामा रहेको छ ?
A. ललितपुर B. मकवानपुर C. दाङ D. कैलाली
12. नेपालको इतिहासमा कुन शाहकालिन राजाको पालामा त्रैशान रहेको थियो ?
A. गिर्वाणयुद्ध शाह B. पृथ्वीनारायण शाह
C. रण ब. शाह D. त्रिभुवन वीर विक्रम शाह
13. तल दिईएका भनाई विचार गर्नुहोस् ।
१. नेपालको राजदरबार हनुमान ढोकाबाट नारायणहिटी त्रिभुवन विक्रम शाहको पालामा सारिएको हो ।
२. बहुदलिय शासन प्रणालीको घोषणा राजा विरेन्द्रको पालामा भएको हो ।
A. १ सहि २ गलत B. १ गलत २ सहि C. सबै गलत D. सबै ठिक
14. निम्नलिखित भनाईहरु विचार गर्नुहोस् ।
१. ब्रिक्सको पहिलो सम्मेलन, २००९ मा रियो द जेनेरियोमा भएको थियो ।
२. ब्रिक्सको सातौ सम्मेलन २०१५ मा रुसको उफामा भएको थियो ।
३. दक्षिण अफ्रिका ब्रिक्स समूहमा अन्तिममा प्रवेश भएको थियो ।
A. १ र २ मात्र ठिक B. २ र ३ मात्र ठिक C. १ र ३ मात्र ठिक D. सबै ठिक
15.जोडा मिलाउनुहोस् ।
a. प्रमुख अंग 1. जिम्मा जमानी परिषद्
b. कार्यकारी अंग 2. सुरक्षा परिषद्
c. प्रशासनिक अंग 3. महासभा
d. सफल अंग 4. सचिवालय
A) a3,b1,c2,d4 B) a1,b2,c3,d4 C) a3,b2,c4,d1 D) a4,b1,c3,D2
16.Rota Virus द्धारा कुन रोग लाग्दछ ?
A) Japanese Encephalitis B) Measles C) Tuberculosis D) Diarrhea
17. जापानिज ईन्सेफलाईटिस विरुद्धको खोप नेपालमा कहिले दिन थालिएको हो ?
A. सन् २००० B. सन् २००२ C. सन् २००३ D. सन् २००४
18. दिगो विकासका लक्ष्य सम्बन्धि कुन जोडा गलत छ ?
A. सबैका लागि खानेपानी तथा सरसफाईको उपलब्धता – ६
B. दिगो उपभोग र उत्पादनको सुनिश्चितता – १२
C. जलवायु परिवर्तनका असर विरुद्धका कार्य – १५
D. समुद्र र समुद्री किनारको संरक्षण र दिगो उपयोग – १४
19. देहायका मध्ये कुन ग्रहले आफ्नो अक्षमा घुम्न १० घण्टा ३० मिनेट लगाउछ ?
A. बृहस्पति B. शनि C. अरुण D. वरुण
20. ताराहरुको रङ फरक फरक हुनुको कारण के हो ?
A. पृथ्वी र ताराहरु बीचको दुरी B. सूर्यबाट ताराहरुको दुरी
C. ताराहरुमा रहेको ग्यास D. ताराहरुको तापक्रम
उत्तरहरुः
1. B 11. B
2. C 12. A
3. B 13. B
4. C 14. B
5. A 15. C
6. B 16. D
7. D 17. D
8. C 18. C
9. D 19. B
10. D 20. D
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 242