काठमाडौँ बन्यो विश्वकै प्रदूषित सहर - Chaitanya News
  • 2026-11-20
  • 04:28:48
  • बिहिबार,मंसिर ०४, २०८३
  • काठमाडौँ बन्यो विश्वकै प्रदूषित सहर

    काठमाडौँ बन्यो विश्वकै प्रदूषित सहर

    काठमाडौँ– राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर बनेको छ। काठमाडौँको हावाको गुणस्तर अत्यन्त अस्वास्थ्यकर बनेको हो।

    विश्वभर प्रदूषणको अवस्थालाई निगरानी गर्ने वेबसाइट आईक्यू एयरका अनुसार बुधबार बिहान काठमाडौँको हावाको स्तर खराब बन्दै २६४ अङ्कमा पुगेको छ।

    काठमाडौँपछि छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्ली दोस्रो प्रदूषित सहर रहेको छ। त्यस्तै, बंगलादेशको राजधानी ढाका तेस्रो स्थानमा र पाकिस्तानको लाहोर सहर चौथो स्थानमा छ। पाँचौँ स्थानमा इराकको राजधानी बगदाद रहेको छ।