सूचनाको हक र पारदर्शिता
नमुना प्रश्न : सूचनाको हक भनेको के हो ? सूचनाको हकको महत्व प्रष्ट पार्नुहोस्।(२+३)
सूचनाको हक परिचय
कुनै विषयको तथ्य, तथ्याङ्क एवं जानकारी सूचना हो। प्रत्येक नागरिकले आफ्नो वा सार्वजनिक सरोकारको विषयमा सूचना माग्ने वा प्राप्त गर्ने हकलाई सूचनाको हक भनिन्छ।
- सूचनाको हक लोकतन्त्र र मानव अधिकारको आधारशीला हो।
- यसले नागरिक र राज्यबीच सुसम्बन्ध सृजना गर्ने कार्य गर्दछ।
- लोकतान्त्रिक शासन व्यवस्थाको अवधारणाको विकास सँगै सूचनाको हकको अवधारणाको पनि विकास भएको हो।
- प्रत्येक लोकतान्त्रिक मुलुकमा सूचनाको हकलाई नागरिकको महत्वपूर्ण अधिकारको रुपमा लिईन्छ।
- मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १९ ले अभिव्यक्ति र सूचनाको अधिकारलाई नैसर्गिक अधिकार मानेको छ ।
- नेपालको वर्तमान संविधानको धारा २७ मा सूचनाको हकको व्यवस्था गरिएको छ।
- सूचनाको हक सम्बन्धी संबैधानिक व्यवस्थाको प्रचलनका लागि मुलुकमा सूचनाको हक सम्बन्धी ऐन, २०६४ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ जारी गरी लागू भएका छन्।
सूचनाको हकको महत्व
जनहित र जनकल्याणको माध्यम एवं लोकतान्त्रिक शासन व्यवस्थाको मेरुदण्डको रुपमा रहेको सूचनाको हकको महत्वलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ।
- मानव अधिकारको प्रवर्धन गर्न,
- भ्रष्ट्राचार नियन्त्रण गर्न,
- आर्थिक अनुशासन कायम राख्न,
- लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढीकरण गर्न,
- विधिको शासन कायम गर्न,
- पारदर्शिताको प्रवर्धन गर्न,
- राज्यप्रति जनताको अपनत्वभाव सृजना गर्न,
- शासकको शासितप्रति उत्तरदायित्व अभिबृद्धि गर्न,
- समग्र मुलुकमा सुशासन कायम गर्न
अत : सूचनाको हक सुशासन र पारदर्शिता कायम गर्ने एक महत्वपूर्ण नागरिक अधिकार हो । यसले समस्त मुलुकको शासन प्रणालीलाई सुव्यवस्थित र मर्यादित बनाउँन सहयोग पुर्याउँदछ ।
# नमुना प्रश्न : सूचनाको हक सम्बन्धी सिद्धान्तहरुबारे छोटकरीमा चर्चा गर्दै नेपालमा सूचनाको हक कार्यन्वयनमा रहेका समस्याहरु उल्लेख गर्नुहोस् । (५)
सूचनाको हक परिचय
आफ्नो वा सार्वजनिक सरोकारको विषयमा सूचना माग्ने वा पाउने हक नै सूचनाको हक हो । लोकतन्त्रको आधारभूत स्तम्भको रुपमा सूचनाको हकलाई लिईन्छ ।
सूचनाको हकको सिद्धान्त
सूचनाको हकको सिद्धान्तलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।
+ सूचनाको हकले पारदर्शितालाई प्रवर्धन गर्दछ ।
- संरक्षणको सिद्धान्त
- मानव अधिकारको सिद्धान्त
- प्रभावकारी सेवा प्रवाहको सिद्धान्त
- गोपनियताको सिद्धान्त
- प्रकाशनको सिद्धान्त
- उपचारको सिद्धान्त
- सुशासनको सिद्धान्त
- सरल पहुँचको सिद्धान्त
- उत्तरदायित्वको सिद्धान्त
नेपालमा सूचनाको हकको कार्यन्वयनमा समस्या
नेपालमा सूचनाको हक कार्यन्वयनमा रहेका समस्याहरु देहायबमोजिमका रहेका छन् ।
- कर्मचारीमा तालिमको अभाव
- गोपनियताको संस्कृति
- नागरिक शिक्षाको कमी
- सूचना माग गर्ने र सार्वजनिक गर्ने प्रवृत्तिको कमी हुनु
- सार्वजनिक निकायमा सूचनाको अद्यवाधिक नगरिनु
- आमसञ्चार जगतको भूमिका कमजोर हुनु
- सार्वजनिक निकायमा सूचना तथा प्रविधिको प्रयोग कम हुनु
- सूचना वर्गिकरणमा समस्या रहनु
- अनियमिता र भ्रष्ट्राचारको हावी हुनु
अत : सुशासन र पारदर्शिताको आधारस्तम्भ रुपमा सूचनाको हकलाई लिईन्छ । यसको कार्यन्वयन सम्बन्धमा देखिएका समस्याहरुलाई हल गर्नै नेपालमा सूचनाको हकलाई प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।
# नमुना प्रश्न : नेपालमा के-कस्ता सूचनाहरु प्रवाह नगरिने कानूनी व्यवस्था रहेको छ ? उल्लेख गर्नुहोस्।
सूचनाको हक सम्बन्ध ऐन, २०६४ को दफा ३ को उपदफा ३ मा सार्वजनिक निकायमा देहायका सूचनाहरु प्रवाह नगरिने उल्लेख छ ।
- सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय सुरक्षा तथा शान्ति सुव्यवस्था र अन्तर्राष्ट्रिय सम्बन्धमा असर गर्ने
- अपराधको अनुसन्धान, तहकिकात तथा अभियोजनमा प्रत्यक्ष असर पार्ने
- आर्थिक, व्यापारिक, मौद्रिक, बौद्धिक सम्पत्ति र बैंकिङ गोपनियतामा आघात पार्ने
- विभिन्न जातजाती वा सम्प्रदायबीचको सुसम्बन्धमा प्रत्यक्ष असर पार्ने
- व्यक्तिगत गोपनियता र जीउज्यान, सम्पत्ति, स्वास्थ्य वा सुरक्षामा खतरा पुर्याउने ।
अत: माथि उल्लेखित सूचनाहरु प्रवाह नगरिने कानूनी व्यवस्था रहेको छ ।
# नमुना प्रश्न : पारदर्शिता भन्नाले के बुझ्नुहुन्छ ? पारदर्शिताको सिद्धान्त र आवश्यकता प्रष्ट पार्नुहोस् । (२+४+४)
पारदर्शिता
सार्वजनिक काम कारबाहीमा सरोकारवालाको सहज पहुँचलाई पारदर्शीता भनिन्छ ।
- सरकार तथा सरकारका निकायहरुले आफ्नो काम कारबाही सबैले थाहा पाउने गरी गर्ने कार्य हो पारदर्शीता ।
- पारदर्शीता लोकतन्त्र र मानव अधिकारको आधारस्तम्भ हो ।
- सूचनाको हकको कार्यान्वयनले पारदर्शीताको उद्देश्य साकार बनाउँदछ ।
पारदर्शिताका सिद्धान्तहरु
पारदर्शिताका सिद्धान्तहरुलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।
- राष्ट्रिय हितको सिद्धान्त
- गोपनियताको सिद्धान्त
- सुरक्षाको सिद्धान्त
- मानव अधिकारको सिद्धान्त
- उत्तरदायित्वको सिद्धान्त
- नागरिक सेवा र नागरिक बडापत्रको सिद्धान्त
- सूचनाको अधिकार माथि सहज पहुँचको सिद्धान्त
- न्यूनतम लागतको सिद्धान्त
- खुला सरकारको सिद्धान्त
पारदर्शिताको आवश्यकता
पारदर्शिताको आवश्यकतालाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।
- भ्रष्टाचार र अनियमितता अन्त्य गर्न
- सार्वजनिक पदाधिकारीलाई काम, कर्तव्य र अधिकार प्रति सचेत बनाउन
- नागरिक अधिकारको रक्षा गर्न
- लोकतन्त्रलाई सुदृढीकरण गर्न
- स्वतन्त्र, निपष्क्ष, तटस्थ र जनमुखी प्रशासन यन्त्र निर्माण गर्न
- कानूनको शासन स्थापना गर्न
- मानव अधिकारको प्रवर्धन गर्न
- राष्ट्र निर्माण र राज्यलाई सबलीहरण गर्न
- सामाजिक न्याय स्थापना गर्न
- सुशासन कायम गर्न
अत: पारदर्शिता सुशासनको आधार स्तम्भ हो । यसले सार्वजनिक सेवा प्रवाहलाई जनमैत्री र प्रभावकारी बनाउन मद्दत गर्दछ ।
# नमुना प्रश्न : सूचनाको हक र पारदर्शिता बीचको अन्तरसम्बन्ध प्रष्ट पार्नुहोस् ।(५)
सूचनाको हक र पारदर्शिता
आफ्नो र सार्वनजिक सरोकारको बिषयमा सूचना माग्ने वा पाउने हक नै सूचनाको हक हो भने सार्वजनिक कामकारबाहीलाई खुला र सरोकारवाला व्यक्तिको पहुँचयोग्य बनाउने कार्य नै पारदर्शिता हो । यी दुवै सुशासनका आधारस्तम्भ हुन् ।
सूचनाको हक र पारदर्शीता बीचको अन्तरसम्बन्ध
सूचनाको हक र पारदर्शीता एक अर्काका पूरक अवधारणा हुन् ।यी दुई बीचमा रहेको अन्तरसम्बन्धलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ।
- सूचनाको हकले
- सूचनाको हकले सार्वजनिक पदाधिकारीलाई सूचना दिन बाध्य बनाएर र नागरिकले मागेका सूचना दिन बाध्य बनाएर पारदर्शीता कामय राख्न सहयोग पुर्याउँदछ ।
- नागरिकको सूचनामाथिको पहुँच सुनिश्चित गरेर पारदर्शीता कायम गर्न मद्दत गर्दछ ।
- सूचनाताको संरक्षण गरेर सरकारी निकायहरुमा पारदर्शीता प्रवर्धन गर्दछ ।
- पारदर्शीताले
- सार्वजनिक निकायको कामकारबाहीलाई खुला र पारदर्शी बनाएर
- सूचना माथि नागरिकको सहज पहुँच बनाएर
- नागरिक सचेतना र सशक्तिकरण प्रवर्धन गरेर
- नागरिकलाई आफ्नो जिम्मेवारी र कर्तव्यबोध गरेर सूचनाको हक प्रवर्धन गर्दछ।
अत: सूचनाको हक कार्यन्वयनको महत्वपूर्ण माध्यम पारदर्शीता भएकाले यी दुईलाई एक अर्काको पूरकको रुपमा लिईन्छ।
# नमुना प्रश्न : नेपालमा पारदर्शिता सम्बन्धमा रहेका व्यवस्थाहरु उल्लेख गर्नुहोस् ।(५)
पारदर्शिता परिचय
सार्वजनिक कामकारबाहीहरु खुला र जनमैत्री बनाउने कार्य नै पारदर्शिता हो । पारदर्शिता लोकतन्त्रको आधार स्तम्भ हो ।
नेपालमा पारदर्शिता सम्बन्धमा रहेका व्यवस्थालाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।
- नीतिगत तथा कानूनी व्यवस्था
- नेपालको संविधान
- निजामती सेवा ऐन, २०४९ र नियमावली, २०५०
- सूचनाको हक सम्बन्धी ऐन, २०६४ र नियमावली, २०६५
- सुशासन (व्यवस्थापन र सञ्चालन ) ऐन, २०६४ र नियमावली, २०६५
- राष्ट्रसेवक कर्मचारीहरुको आचरणसम्बन्धी निर्देशिका, २०६८
- चालु पन्ध्रौ योजना
- चालु बजेट
- संस्थागत व्यवस्था
- अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको कार्यालय लगायतका संवैधानिक निकाय
- राष्ट्रिय सूचना आयोग
- संघीय, प्रादेशिक मन्त्रालय एवं स्थानिय निकायहरु
- कार्यगत व्यवस्था
- वि.सं २००८ साल देखि नै बजेट पारित गर्ने गरिएको
- सूचनाको हकलाई मौलिक हकको रुपमा राखिएको
- अदालतमा बहस खुलारुपमा हुने गरेको
- सूचना अधिकारीको व्यवस्था
- राजपत्रको व्यवस्था
- सूचनापाटीको व्यवस्था
- नागरिक बडापत्रको व्यवस्था
- प्रवक्ताको व्यवस्था
अत: पारदर्शिता कायम गर्न नेपालमा विभिन्न नीतिगत, संस्थागत एवं कार्यगत व्यवस्थाहरु रहेका छन् ।
#नमुना प्रश्न : विद्युतीय शासन भन्नाले के बुझिन्छ ? विद्युतीय शासनका उद्देश्यहरु प्रष्ट पार्नुहोस् ।(२+३)
विद्युतीय शासन
- मुलुकको शासकीय क्रियाकलापहरुलाई प्रविधिमा आबद्ध गर्ने कार्यलाई विद्युतीय शासन भनिन्छ ।
- विद्युतीय शासन राज्य संचालनको नवीन अवधारणा हो।
- आधुनिक प्रविधि तथा कम्प्यूटर प्रणाली र विशेष गरी वर्तमान सूचना तथा सञ्चार प्रविधिको विकास एवं विस्तारसँगै विद्युतीय शासन प्रणालीको अवधारणाको विकास भएको हो।
- सुशासन र पारदर्शीताको पूर्वसर्तको रुपमा विद्युतीय शासनलाई लिईन्छ। यसको सीमाविहिन र बहुआयामिक दायरा रहेको हुन्छ ।
- विशेषगरी सन् २००० को दशकदेखि संसारभर शासन, विकास र सेवा प्रवाहमा विद्युतीय शासनलाई अवलम्बन गरिएको पाईन्छ ।
- यसले सार्वजनिक सेवालाई आधुनिकीकरण गर्न तथा नागरिक र सरकारबीचको सम्बन्ध तथा जनसम्पर्कलाई फराकिलो तथा सुमधुर बनाउन मद्दत गर्दछ।
- सर्वप्रथम तत्कालीन अमेरिकी उपराष्ट्रपति एल गोरले सन् 1993 मा E- Governance शब्दको शुरुवात गरेका थिए ।
- तत् पश्चात् सन् 1999 मा तत्कालीन अमेरिकी राष्ट्रपति बिल व्लिन्टनले Government Paperwork Elimination Act, 1998 को घोषणा गरेपछि विद्युतीय शासनबारे नयाँ शिराबाट बहस शुरु भएको थियो।
- नेपालमा सन् 2004 को Telecommunication Policy र
- सन् 2010 को IT Policy ले विद्युतीय शासनको विकासमा महत्वपूर्ण भूमिका खेलेको पाईन्छ ।
विद्युतीय शासनको उद्देश्य
सुशासन र जनउत्तरदायी शासन व्यवस्थाको आधारस्तम्भको रुपमा रहेको विद्युतीय शासनका उद्देश्यहरुलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।
- सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनु,
- विधिको शासन कायम गर्नु,
- मानव अधिकारको संरक्षण गर्नु,
- राज्यप्रति जनअपनत्वभाव विकास गर्नु,
- भ्रष्टाचार नियन्त्रण गर्नु,
- सरकारलाई पारदर्शी र उत्तरदायी बनाउनु,
- चेतनशील समाजको निर्माण गर्नु,
- गरिबी न्यूनीकरण गर्नु,
- रोजगारीको सिर्जना गर्नु
- मुलुकको चौतर्फी विकास गर्नु,
- सामाजिक द्वन्द्वको न्यूनीकरण गर्नु,
- संविधान र कानून प्रतत्त नागरिक अधिकारको संरक्षण गर्नु।
अत: विद्युतीय शासन शासन प्रणालीको नवीनतम् अवधारणा हो । यसले सार्वजनिक सेवाप्रवाहलाई छिटो छरितो बनाई मुलुकमा सुशासन कायम गर्न मद्दत गर्दछ ।
# नमुना प्रश्न : नेपालमा विद्युतीय शासनको अवस्थाबारे चर्चा गर्नुहोस् । (१०)
विद्युतीय शासन
मुलुकको शासकीय क्रियाकलाप विद्युतीय उपकरण मार्फत सञ्चालन गर्ने परिपाटी नै विद्युतीय शासन हो । विद्युतीय शासनले सार्वजनिक सेवा प्रवाहलाई जनमैत्री बनाउ सहयोग पुर्याउँदछ ।
नेपालमा बिद्युतीय शासनको अवस्था
नागरिकमैत्री शासनको रुपमा बुझिने बिद्युतीय शासनको नेपालमा रहेको अवस्थालाई देहायबोजिम उल्लेख गर्न सकिन्छ ।
नेपालमा विद्युतीय शासन सम्बन्धमा देहाय बमोजिमका कानून एवं नीतिहरुको व्यवस्था गरिएको छ ।
- नेपालको संविधान
- चालु पञ्चबर्षीय योजना
- विद्युतीय कारोबार ऐन, २०६३
- विद्युतीय कारोबार नियमावली, २०६४
- सूचनाको हक सम्बन्धी ऐन, २०६४
- सूचनाको हक सम्बन्धी नियमावली, २०६५
- सुशासन ( व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४
- सुशासन ( व्यवस्थापन तथा सञ्चालन ) नियमावली, २०६५
- सूचना तथा सञ्चार प्रविधि नीति, २०७२
- आम सञ्चार नीति, २०७३
- ब्रोड व्याण्ड नीति २०७०
- दूर सञ्चार नीति, २०६०
- संस्थागत अवस्था
नेपालमा विद्युतीय शासन सम्बन्धमा देहाय बमोजिमका संस्थागत व्यवस्थाहरु रहेका छन् ।
- संघ, प्रदेश तथा स्थानीय तीन वटै सरकार
- सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
- उच्च स्तरीय सूचना प्रविधि आयोग
- राष्ट्रिय सूचना प्रविधि केन्द्र
- सूचना तथा सञ्चार विकास आयोजना
- सूचना विभाग
- सूचना प्रविधि पार्क
- IT Council
- Computer Association of Nepal (CAN )
- Nepal Academy of Science and Technology ( NAST)
- व्यवहारिक अवस्था
विद्युतीय शासन सम्बन्धमा नेपालमा देहायबमोजिमका कार्यहरु संचालन गरिएको पाईन्छ।
- हरेक सरकारी कार्यालयहरुमा Web Site को व्यवस्था गरिएको,
- बैंकहरुले ईन्टरनेटमा आधारित बैंकिङ्ग प्रणाली लागू गरेका,
- मुलुकमा प्रविधि मैत्री जनशक्तीको उत्पादनमा बृद्दी हुँदै गएको,
- सरकारी कार्यलयहरुमा कम्प्यूटर, ईमेल, फ्याक्सको प्रयोग बढ्दै गएको,
- मुलुकमा मोबाईल र ईन्टरनेट जस्ता प्रविधिहरुको प्रयोग र पहुँचको दायरा फराकिलो हुँदै गएको,
- सार्वजनिक निकायहरुमा कर्मचारी भर्दा गर्दा कम्प्यूटर दक्षताको जाँच गर्ने गरिएको
नेपालमा विद्युतीय शासनमा देखिएका समस्याहरु
- दक्ष जनशक्तीको अभाव
- प्रभावकारी नीति तथा कार्यविधिको अभाव
- प्रविधिको अभाव
- दिगो उर्जाको अभाव
- ईन्टरनेट सेवामा गुणस्तरियताको अभाव
- साईबर सुरक्षाको अवस्था कमजोर हुनु
- सार्वजनिक निकायमा रहेका कर्मचारीहरुलाई पर्याप्त तालिमको अभाव हुनु
- प्रविधिको खोज तथा अनुसन्धाको अवस्था कमजोर हुनु
- मुलुकको आर्थिक स्रोत र साधनको अभाव हुनु
- सबै क्षेत्रमा विद्युतीय प्रविधिमैत्री शासनको प्रबन्ध गर्न नसकिनु
अत : अझैपनि नेपालमा सार्वजनिक सेवा प्रवाह गर्दा पूर्ण रुपमा विद्युतीय शासन अवलम्बन गर्न सकिएको छैन । मुलुकमा विद्युतीय शासन अवलम्बन गर्न आवश्यक पूर्वाधारको उचित प्रबन्ध गरी विद्युतीय शासन मैत्री मुलुकको रुपमा नेपाललाई रुपान्तरण गर्न सबै सरोकारवाला पक्षहरुको उचित ध्यान जानुपर्ने देखिन्छ ।
# नमुना प्रश्न : विद्युतीय शासनका सीमा, चुनौती र दुर्बल पक्षबारे चर्चा गर्नुहोस् । (१०)
विद्युतीय शासन
मुलुकमा सार्वजनिक सेवा प्रवाहलाई विद्युतीय उपयकरको प्रयोग गरी सञ्चालन गर्ने कार्य नै विद्युतीय शासन हो । विद्युतीय शासनले मुलुकमा पारदर्शिता कायम गरी भ्रष्टाचार नियन्त्रण गर्न सहयोग पुर्याउँदछ ।
विद्युतीय शासनका सीमाहरु
- विद्युतको आपूर्ति भएको हुनुपर्ने
- सेवाग्राही र सेवा प्रदायक दुवैमा विद्युतीय साक्षरता भएको हुनुपर्ने
- लोकतान्त्रिक शासन व्यवस्था र खुला सरकार हुनुपर्ने
- भौतिक रुपमा नभई सूचनामूलक सेवा प्राप्त गर्न सकिने
नेपालमा विद्युतीय शासनको सन्दर्भमा देखिएका चुनौती
विद्युतीय शासनको सन्दर्भमा नेपालमा देखा परेका चुनौतीलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ।
- राजनीतिक स्थिरता कायम गर्नु
- दक्ष जनशक्तिको अभाव पूर्ति गर्नु
- भ्रष्टाचार नियन्त्रण गर्नु
- परिवर्तन विरोधी मनोबृत्ति न्यूनिकरण गर्नु
- आर्थिक स्रोतको अभाव निराकरण गर्नु
- चेतनाको अभिबृद्धि गर्नु
- गरिबी र बेरोजगारी न्यूनिकरण गर्नु
विद्युतीय शासनका दुर्बल पक्षहरु
विद्युतीय शासनका दुर्बल पक्षहरुलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।
- खर्चिलो हुने,
- दक्ष जनशक्तिको आवश्यकता पर्ने
- गरिबी र अशिक्षा भएको मुलुकमा प्रभावकारी नहुने,
- प्रविधिको प्रयोगले विभिन्न स्वास्थ्य समस्या देखा पर्ने,
- प्रदुषणमा बृद्धि हुने,
- मानवीय सृजनात्मक क्षमतामा ह्रास आउन सक्ने
अत : विद्युतीय शासनका सकारात्मक र नकारात्मक दुवै पक्षहरु रहेका हुन्छन् । यसका नकारात्मक पक्षलाई न्यूनिकरण गर्दै विद्युतीय शासनलाई प्रभावकारी रुपमा अवलम्बन गर्नु आजको आवश्यकता हो ।
# नमुना प्रश्न : नेपालमा विद्युतीय शासनका सम्भाबना र विद्युतीय शासनलाई प्रभावकारी बनाउने उपायहरु उल्लेख गर्नुहोस् ।
विद्युतीय परिचय
शासन व्यवस्थालाई प्रविधिमैत्री बनाउने कार्य नै विद्युतीय शासन हो । विद्युतीय शासनले जनताको आधारभूत आवश्यकता प्रभावकारी ढङ्गले परिपूर्ति गर्न सहयोग पुर्याउँदछ ।
नेपालमा विद्युतीय शासनका सम्भावना
- नेपालको संविधान र चालु पञ्चबर्षीय योजना विद्युतीय शासनमैत्री रहेका
- विद्युतीय कारोबार ऐन, २०६३, विद्युतीय कारोबार नियमावाली, २०६४, सूचनाको हक सम्बन्धी ऐन, २०६४ र नियमावली २०६५, सुशासन( व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ र नियमावली, २०६५ र सूचना तथा सञ्चार प्रविधि नीति, २०७२ ले विद्युतीय शासनलाई प्रवर्धन गर्ने कार्य गरेका
- हरेक सरकारी कार्यालयहरुमा Web Site को व्यवस्था गरिएको,
- बैंकहरुले ईन्टरनेटमा आधारित बैंकिङ्ग प्रणाली लागू गरेका,
- मुलुकमा प्रविधि मैत्री जनशक्तीको उत्पादनमा बृद्दी हुँदै गएको,
- सरकारी कार्यलयहरुमा कम्प्यूटर, ईमेल, फ्याक्सको प्रयोग बढ्दै गएको,
- मुलुकमा मोबाईल र ईन्टरनेट जस्ता प्रविधिहरुको प्रयोग र पहुँचको दायरा फराकिलो हुँदै गएको,
विद्युतीय शासनलाई प्रभावकारी बनाउने उपाय
विद्युतीइ शासनलाई प्रभावकारी बनाउने उपायहरु देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।
- प्रविधिमैत्री जनशक्तिको विकास गर्ने
- शिक्षा र साक्षरताको विस्तार गर्ने
- प्रविधिको खोज, अनुसन्धान र विकास गर्ने
- मुलुकको आर्थिक विकास गर्ने
- दीगो उर्जाको विकास र विस्तार गर्ने
- विज्ञान र प्रविधिको विकास गर्ने
- मुलुकमा औद्योगिकीकरण गर्ने
- वैदेशिक लगानी प्रवर्धन गर्ने
अत: विद्युतीय शासनको ठूलो सम्भावना नेपालमा रहेको देखिन्छ । नेपालमा अत्याधुनिक प्रविधिको विकास र विस्तार गर्दै विद्युतीय शासनलाई मूर्तता दिनु सबै सरोकारवाला पक्षहरुको मुख्य दायित्व हो ।
# नमुना प्रश्न : विद्युतीय अपराधबारे छोटकरीमा चर्चा गर्नुहोस् । (५)
विद्युतीय अपराध
विद्युतीय साधनको प्रयोग गरी गरिने अपराधलाई विद्युतीय अपराध भनिन्छ ।
- यो संगठित अपराधको एक रुप हो
- विद्युतीय अपराध नियन्त्रण सम्बन्धमा विद्युतीय कारोकार ऐन, २०६३ र विद्युतीय कारोबार नियमावली, २०६४ कार्यन्वयनमा रहेको छन् ।
- विद्युतीय अपराधमा देहायका कसूरहरु पर्दछन् ।
- विद्युतीय संरचना एवं उपकरणमा क्षती पुर्याउने
- विद्युतीय संरचना तथा प्रणाली उपर अनधिकृत प्रवेश गर्ने
- विद्युतीय उपकरण तथा सफ्टवेवर चोरी गर्ने
- विद्युतीय उपकरण तथा संरचना तथा प्रणालीमा भाईरस संप्रेषण गर्ने
- विद्युतीय संरचना तथा प्रविधि प्रयोग गरी आतङ्क फैलाउने, अश्लिल चित्र प्रदर्शन गर्ने, नक्कली तथा कीर्ते कार्य गर्ने र विद्युतीय अपराधिक समूह सृजना गर्न जस्ता अपराध गर्ने
अत: विद्युतीय अपराधले विद्युतीश शासनलाई नकारात्मक असर पुर्याउने हुँदा यसलाई निराकरण गर्न सबैको समन्वयात्मक प्रयासको आवश्यकता देखिन्छ ।
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamul, Kathmandu
Contact No. 01-4792427, 9851246100, 985114610
Post Views: 358