आजको मौसम: यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना - Chaitanya News
  • 2026-05-04
  • 06:49:48
  • सोमबार,बैशाख २१, २०८३
  • आजको मौसम: यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

    आजको मौसम: यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

    काठमाडौँ– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागको मौसम मुख्यतया सफा रहेको छ।

    आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरू साथै बाँकी पहाडी भू–भागको एक(दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।