काठमाडौं –६ बाट स्वतन्त्र पार्टीका शिशिर खनालको जित सुनिश्चित - Chaitanya News
  • 2026-08-14
  • 15:30:38
  • शुक्रबार,साउन २९, २०८३
  • काठमाडौं –६ बाट स्वतन्त्र पार्टीका शिशिर खनालको जित सुनिश्चित

    काठमाडौं –६ बाट स्वतन्त्र पार्टीका शिशिर खनालको जित सुनिश्चित

    काठमाडौं– काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालको जित सुनिश्चित भएको छ।

    खनालका प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनालले भन्दा उनले ४ हजार ९७७ बढी मत ल्याएका छन्।

    यो मतान्तर अब गन्न बाँकी (४ हजार २९१ मत) मतभन्दा बढी हो। पछिल्ल मतपरिणाम अनुसार खनालले १२ हजार ७६४ मत प्राप्त गरेका छन्।

    खनालका प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनालले ७ हजार ७८७ मत ल्याएका छन्।

    तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका भीमसेनदास प्रधानले ७ हजार ३८० मत प्राप्त गरेका छन्।