आयरल्यान्ड‘ए’सँग अन्तिम टी–२०: टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल‘ए’ - Chaitanya News
  • 2026-06-07
  • 10:41:21
  • आइतबार,जेठ २४, २०८३
  • आयरल्यान्ड‘ए’सँग अन्तिम टी–२०: टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल‘ए’

    आयरल्यान्ड‘ए’सँग अन्तिम टी–२०: टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल‘ए’

    काठमाडौँ– टी–० सिरिजको अन्तिम खेलमा नेपाल ‘ए’ले टस हारेको छ। आयरल्यान्ड ‘ए’ले टस जितेर पहिले फिल्डीङ गर्ने भएसँगै अन्तिम खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको हो।

    नेपालले टोलीमा एक परिवर्तन गरेको छ। किरण ठगुन्नाको स्थानमा नारायण जोशीले प्लेइङ ११ मा मौका पाएका छन्। लगातार दुई खेल हारेर सिरिज गुमाईसकेको नेपालका लागि आजको खेल क्लिन स्विपबाट जोगिनका लागि महत्त्वपूर्ण रहेको छ। खेल केहीबेरपछि टियु क्रिकेट मैदानमा सुरु हुनेछ। अघिल्ला दुवै खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो।