आज नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’सँग भिड्दै - Chaitanya News
  • 2026-07-28
  • 02:00:50
  • सोमबार,साउन ११, २०८३
  • आज नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’सँग भिड्दै

    आज नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’सँग भिड्दै

    काठमाडौँ– नेपाल ‘ए’ले पहिलो टी–२० अभ्यास खेलमा आज आयरल्यान्ड ‘ए’सँग खेल्दैछ। खेल दिउँसो १ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ।

    नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीच समान तीन टी–२० र एक दिवसीय सिरिज हुनेछ। आयरल्यान्ड ‘ए’ नेपालको सिनियर टोलीसँग दुवै खेलमा पराजित भएको थियो। सिनियर टोली भने आज फ्रेन्डसिप कप खेल्न भारततर्फ जाँदैछ।

    नेपालको कप्तानी विनोद भण्डारी र आयरल्यान्डको निल रकले गर्नेछन्। एसीसी प्रिमियर कप र टी–२० विश्वकप अघि युवा खेलाडीलाई ‘ए’ टोलीमा सानदार प्रदर्शन गर्दै सिनियर टोलीको ढोका खोल्ने अवसर हुनसक्छ।

    नेपाल ‘ए’को टी–२० टोलीमा सिनियर टोलीबाट खेलेका विनोद, लोकेश बम, देव खनाल, पवन सरार्फ, आरिफ शेख, बसिर अहमद लगायतका खेलाडी छन्।