काठमाडौं– २ प्रदेशसभा (१) बाट राप्रपाका केसी विजयी - Chaitanya News
  • 2026-04-26
  • 18:50:54
  • आइतबार,बैशाख १३, २०८३
  • काठमाडौं– २ प्रदेशसभा (१) बाट राप्रपाका केसी विजयी

    काठमाडौं– २ प्रदेशसभा (१) बाट राप्रपाका केसी विजयी

    काठमाडौं– आम निर्वाचन २०७९ मा राप्रपाले जितको खाता खोलेको छ।

    काठमाडौंको क्षेत्र नम्बर २ प्रदेशसभा (१) बाट राप्रपाका सुनील केसी विजयी भएका छन्।

    प्राप्त मत परिणामअनुसार केसीले ६ हजार ५९८ मत ल्याएका छन्।

    उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवारको ५ हजार ७६ मत ल्याए । एक हजार ५२२ मतको अन्तरले केसी विजयी बनेका हुन्।

    यस क्षेत्रमा संघीय निर्वाचनमा पनि राप्रपा प्रतिस्पर्धी बनिरहेको छ।

    सो पार्टीकी उम्मेदवार कुन्ती पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमलाई पछ्याइरहेकी छन्।