काठमाडौँ– आयरल्यान्ड ‘ए’सँगको दोस्रो तथा अन्तिम टी–२० खेलमा नेपाल ७१ रनले विजयी भएको छ। त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले मंगलबार आइरिस टोलीमाथि शानदार जीत हात पार्यो।
आयरल्यान्ड ‘ए’ले निर्धारित १८।३ ओभरमा सबै विकेट गुमाएर १२७ रन जोड्यो। आइरिस टोलीलाई अन्तिम ५ ओभरमा ९१ रन आवश्यक थियो। आयरल्यान्डविरुद्ध नेपालका कुशल मल्लले अलराउन्ड प्रदर्शन गरे। उनले बलिङतर्फ ३ ओभरमा १५ रन खर्चिएर ३ विकेट हात पारे।
त्यसअघि उनले ब्याटिङमा १३ बलमा ३४ रन जोडेका थिए। सोमपाल कामीले पनि २।३ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिए। कुशल भुर्तेल, विवेक यादव र करण केसीले पनि एक(एक विकेट हात पारे।
त्यसअघि नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९८ रन जोडेको थियो। गुल्शन झाले ४६, रोहित पौडेलले ३३, कुशल भुर्तेलले २५ र सन्दीप जोराले २१ रन बनाएका थिए। नेपालले पहिलो खेल ६ विकेटले जितेको थियो।