आयरल्यान्ड ‘ए’ विरुद्ध नेपालले आज पहिले ब्याटिङ गर्ने - Chaitanya News
  • 2026-06-07
  • 05:48:42
  • आइतबार,जेठ २४, २०८३
  • आयरल्यान्ड ‘ए’ विरुद्ध नेपालले आज पहिले ब्याटिङ गर्ने

    आयरल्यान्ड ‘ए’ विरुद्ध नेपालले आज पहिले ब्याटिङ गर्ने

    काठमाडौँ– नेपालको राष्ट्रिय टोलीले सोमबार खेलिने आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो टी– २० क्रिकेटमा पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो।

    यसअघि सोमबार खेलिएको पहिलो खेलमा नेपालले भ्रमणकारी टोली आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो। आयरल्यान्ड ‘ए’ सँग दुईवटा टी–२० खेलेर नेपाली राष्ट्रिय टोली भारतमा त्यहाँको घरेलु क्लबसँग त्रिकोणात्मक शृङ्खला खेल्न त्यसतर्फ प्रस्थान गर्नेछ।

    भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय टोलीले गुजरात र बरोडाको टोलीसँग त्रिकोणात्मक शृङ्खला खेल्नेछ। त्यसपछि नेपालको ‘ए’ टोलीले घरेलु मैदानमा आयरल्यान्ड ‘ए’ सँग टी–२० र एकदिवसीय शृङ्खला खेल्नेछ।