टी–२० अभ्यास खेलअन्तर्गत नेपालले आज आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दै - Chaitanya News
  • 2026-06-07
  • 05:47:40
  • आइतबार,जेठ २४, २०८३
  • टी–२० अभ्यास खेलअन्तर्गत नेपालले आज आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दै

    टी–२० अभ्यास खेलअन्तर्गत नेपालले आज आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दै

    काठमाडौँ–– नेपाल आज टी–२० अभ्यास खेलअन्तर्गत आयरल्यान्ड ‘ए’सँग दोस्रो अर्थात् अन्तिम खेल खेल्ने भएको छ।

    कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ। दुई खेलको सिरिजमा नेपाल १(० ले अगाडि छ। आज दोस्रो अर्थात् अन्तिम अन्तिम खेल हुन लागेको हो।

    सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्याण्ड वोल्भ्सलाई पराजित गरेको हो। आयरल्याण्ड वोल्भ्सले दिएको १२२ रनको लक्ष्य पछाएको नेपालले १६।१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।

    आयरल्यान्ड ए को टोली:

    निल रक (कप्तान), पिटर मुर, रस आदिर,केड कार्माइकल, ग्यारेथ डेलानी, स्टीफन डोहेनी, म्याथ्यु फस्टर, फिन हृयान्ड, गेभिन होई, म्याथ्यू हम्फ्रेज, थोसम मेयस, लियाम म्याककार्थी, जेम्श म्याकुलम, मोर्गन टोप्पिङ र बेन हृवाइट।

    नेपालको टोली:

    रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी, अभिनाश बोहरा र आकाश चन्द।