दुई टी–२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ए र नेपालबीच पहिलो खेल - Chaitanya News
  • 2026-06-07
  • 07:53:58
  • आइतबार,जेठ २४, २०८३
  • दुई टी–२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ए र नेपालबीच पहिलो खेल

    दुई टी–२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ए र नेपालबीच पहिलो खेल

    काठमाडौँ– दुई टी–२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ए र नेपालबीच पहिलो खेल हुदैँछ।

    खेल टी–यु क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ। नेपालले दोस्रो खेल भने मंगलबार खेल्दैछ। टी–२० आई र टी–२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हुनेछ। नेपाल ए र आयरल्यान्ड ए बीच भने समान तीन टी–२० र एकदिवसीय अभ्यास खेल हुनेछन्।

    आयरल्यान्ड ए को टोली
    निल रक (कप्तान), पिटर मुर, रस आदिर,केड कार्माइकल, ग्यारेथ डेलानी, स्टीफन डोहेनी, म्याथ्यु फस्टर, फिन हृयान्ड, गेभिन होई, म्याथ्यू हम्फ्रेज, थोसम मेयस, लियाम म्याककार्थी, जेम्श म्याकुलम, मोर्गन टोप्पिङ र बेन हृवाइट।

    नेपालको टोली
    रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी, अभिनाश बोहरा र आकाश चन्द।