रुपन्देही–३ अपडेट : पछि परे गृहमन्त्री खाँण - Chaitanya News
  • 2026-10-13
  • 00:57:01
  • सोमबार,आश्विन २६, २०८३
  • रुपन्देही–३ अपडेट : पछि परे गृहमन्त्री खाँण

    रुपन्देही–३ अपडेट : पछि परे गृहमन्त्री खाँण

    रुपन्देही– रुपन्देही–३ मा गृहमन्त्री बालकृष्ण खाँण पछि परेका छन्।

    मंगलबार विहानसम्मको मतगणनामा राप्रपाका दीपक बोहराले चार हजार १७० मतसहित अग्रता लिएका छन्। उनलाई नेकपा एमालेले समर्थन गरेको छ।

    त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रहेका गृहमन्त्री खाँणले तीन हजार ९१९ मत पाएका छन्। गृहमन्त्री खाँणलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित सत्ता गठबन्धनमा रहेका दलको समर्थन छ।