1. सौर्यमण्डलको सबैभन्दा ठुलो उपग्रह कुन हो ?
A. बृहस्पति B. टाईटिनिया C. ट्रीटोन D. गेनिमेड
2.संयुक्त राष्ट्र संघ दिवस कहिले मनाईन्छ ?
A. २४ अक्टोबर B. २५ अक्टोबर C. २६ अक्टोबर D. २७ अक्टोबर
3. 15th योजनाको दिर्घकालीन लक्ष्यहरुबारे कुन जोडा गलत छ ?
A. ईन्टरनेटमा पहँच प्राप्त जनसंख्या – ८० प्रतिशत
B. प्रतिव्यक्ति विद्युत खपत – ३५०० पधज
C. पर्यटकको बसाई दर – २४ दिन
D. निर्वाचनमा मतदाताको सहभागिता – ७२
4. प्रधान मध्यान्ह रेखालाई काटेर जाने देशहरुमा निम्न मध्ये कुन देश पर्र्दैन ?
A. फ्रान्स B. स्पेन C. माली D. केन्या
5. तल दिइएका जोडाहरु मध्ये कुन गलत छ ?
A. दिगर्चा – दोलखा B. मनिका ताल – सिराहा
C. रुक्चे ताल – गोरखा D. बसेरी पोखरी – जुम्ला
6. संघ, प्रदेश र स्थानीय तह वीचको अधिकारको बारेमा कुन ठीक छन ?
A. सुपुर्दगी सन्धी र पारस्परिक कानूनी सहायता – संघको एकल
B. खानी अन्वेषण र व्यवस्थापन – संघ र प्रदेशको साझा
C. कृषि सडक – ३ तहको साझा
D. सुकुम्वासी व्यवस्थापन – प्रदेशको एकल अधिकार
7. निम्न मध्ये मदन पुरस्कार नपाउने कृति कुन हो ?
A. खुसी B. ऐना C. करिया D. अलिखित
8. २९ औ एशियाली खेलकुद प्रतियोगिता, २०२३ मा सबैभन्दा धेरै पदक जित्ने राष्ट्र कुन हो ?
A. भारत B. जापान C. दक्षिण कोरिया D. चीन
9. दिइएको मध्ये संस्थापक सदस्य राष्ट्र बढी भएको संस्था कुन हो ?
A) SAARC B) BIMSTEC C) ASEAN D) EU
10. जोडा मिलाउनुहोस् ।
आविष्कार आविष्कारक
a. फाउन्टेन पेन 1. गुग्लिल्यो मार्कोनी
b. वायरलेस टेलिगा्रफ 2. जेम्स वाट
c. स्टीम ईन्जिन 3. माईकल फराडे
d. डायनामो 4. वाटरमेन
A) a2,b3,c4,d1 B) a4,b2,c3,d1 C) a4,b1,c2,d3 D) a4,b3,c1,d2
11. सन् १९९७ मा शनि ग्रहको अध्ययनको लागि अमेरिकाले पठाएको अन्तरिक्ष यान कुन हो ?
A. क्यासिनी B. गलिलियो C. लुना – १० D. भेगा I
12. क्षेत्रफलका आधारमा ठूलो देखि साना महादेशहरुको क्रमशः मिलाउनुहोस् ।
A. उत्तर अमेरिका, दक्षिण अमेरिका, अन्टार्कटिका, युरोप र अष्ट्रेलिया
B. उत्तर अमेरिका, अन्टार्कटिका, दक्षिण अमेरिका, युरोप र अष्ट्रेलिया
C. दक्षिण अमेरिका, उत्तर अमेरिका, अन्टार्कटिका, युरोप र अष्ट्रेलिया
D. उत्तर अमेरिका, दक्षिण अमेरिका, अन्टार्कटिका, अष्ट्रेलिया र युरोप
13. ढोरपाटन शिकार आरक्ष कुन कुन जिल्लाको भाग मिलाएर बनेको छ ?
A. धनकुटा, बाग्लुङ, म्याग्दी B. रुकुम, बाग्लुङ, म्याग्दी
C. रुकुम, बाग्लुङ, धनकुटा D. रुकुम, धनकुटा , म्याग्दी
14. संवैधानिक अंगको प्रमुख कुन हुँदैन ?
A. लोकसेवा आयोगको अध्यक्ष B. महालेखा परिक्षक
C. महान्यायधिवक्ता D. समावेशी आयोगको अध्यक्ष
15. विश्वको सगरमाथा आरोहण गर्ने पासाङ ल्हामु कति औ महिला हुन ?
A. १५ औ B. १६ औ C. १७ औ D. १८ औ
16. नेपाल सँग सन् २०२३ डिसेम्बर ५ मा हवाई सम्झौता गर्ने ४१ औ मुलुक कुन हो ?
A. रोमनिया B. रुवाण्डा C. जर्मनी D. अष्ट्रलिया
17. नेपालको संविधान अनुसार संकटकाल घोषणा गर्ने अधिकार कसलाई रहेको हुन्छ ?
A. राष्ट्रपति B. उपराष्ट्रपति C. प्रधानमन्त्री D. मन्त्रिपरिषद
18. राष्ट्रिय जनगणना, २०७८ अनुसार तलका भनाई विचार गर्नुहोस् ।
१. ऋणात्मक जनसंख्या वृद्धिदर भएका गाउँपालिका संख्या २५० वटा रहेको छ ।
२. महिला घरमूली भएको परिवार ३१.५५ प्रतिशत रहेको छ ।
३. कम जनसंख्या भएको जाति नुराङ ३६ जना रहेका ।
A. १ मात्र सहि B. २ मात्र सहि C. ३ मात्र सहि D. सबै सहि
19. सन् २०२३ मार्च ५ मा नियुक्त सार्क का पन्ध्रौ महासचिव गोलाम सरवार कुन देशका नागरिक हुन ?
A. बंगलादेश B. अफगानिस्तान C. श्रीलंका D. पाकिस्तान
20. सन् २०२३ मा विश्वको सबैभन्दा बढी स्मार्टफोन बेच्ने कम्पनी कुन हो ?
A, SAMSUNG B) Apple C) Oppo D) HUWAI
उत्तर:
1. D 11. A
2. A 12. A
3. C 13. B
4. D 14. C
5. D 15. C
6. A 16. B
7. C 17. A
8. D 18. D
9. A 19. A
10. C 20. B
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100