धनगढी– धनगढी उपमहानगरपालिका–५ शिवनगरमा रहेको चैतन्य पाठशालाले तेक्वान्दो प्रशिक्षक शेर बहादुर सिंहलाई चैतन्य खेल साधना पुरस्कार २०८० प्रदान गरेको छ।
चैतन्य पाठशालाले (सोमवार) आयोजित २३ औं वार्षिकोत्सव समारोहमा तेक्वान्दो प्रशिक्षक सिंहलाई चैतन्य खेल साधना पुरस्कार २०८० प्रदान गरेको हो।
प्रमुख अतिथि प्रदेश सभा सदस्य डा। तारा जोशी, बिशिष्ट अतिथि मदन पुरस्कार बिजेता महाकाव्यकार डा।नवराज लम्सालले कदर पत्र र दोसल्ला सहित तेक्वान्दो प्रशिक्षक सिंहलाई चैतन्य खेल साधना पुरस्कार २०८० प्रदान गरे।
चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले सुदूर पश्चिममा तेक्वान्दो खेलको विकासमा अतुलनीय योगदान पुर्याए वाफत सिंहलाई चैतन्य खेल साधना पुरस्कार २०८० प्रदान गरिएको बताए।
चैतन्य पाठशालाले वार्षिकोत्सव समारोहमा तेक्वान्दो प्रशिक्षक सिंह सहित समाजका बिभिन्न बिधा र क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको थियो।